आइतबार, भदौ २३ गते २०८१    
images
images

अर्थमन्त्रीलाई बैंकरले भने- ढुकुटीमा पैसा थुप्रियो, तरलता कहाँबाट व्यवस्थापन गर्नु?

images
शुक्रबार, कात्तिक २६ २०७८
images
images
अर्थमन्त्रीलाई बैंकरले भने- ढुकुटीमा पैसा थुप्रियो, तरलता कहाँबाट व्यवस्थापन गर्नु?
images
images

काठमाडौं- वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले बढ्दो आयात नियन्त्रण गर्न सरकारलाई सुझाव दिएका छन्। अर्थमन्त्री जनार्दन शर्मासँगको छलफलमा उनीहरूले उच्च आयातले विदेशी विनिमय सञ्चिति र तरलता व्यवस्थापनमा समस्या परेको भन्दै त्यसको नियन्त्रण हुनुपर्ने बताएका हुन्। 

images
images
images

अर्थ मन्त्रालय, नेपालल राष्ट्र बैंक र बैंकका प्रमुख कार्यकारी सम्मिलित त्रिपक्षीय बैठकमा उनीहरूले तरलता अभाव हुनुमा सरकार दोषी रहेको पनि उल्लेख गरेका छन्। 'पुँजीगत खर्च कमजोर हुँदा विद्यमान समस्या देखिएको यथार्थतालाई हामीले छलफलका क्रममा उठाएका छौँ,' एक बैंकरले भने।

सरकारले राजस्व संकलन गरे पनि खर्च गर्न नसकेको र आन्तरिक ऋण समेत उठाउँदा ढुकुटीमा पैसा थुप्रिएको उनीहरूको भनाइ छ। 'पैसा सरकारले तानिरहेको छ, बजार प्यानिक हुनुको मुख्य कारण यही हो,' एक प्रमुख कार्यकारी अधिकृतले भने।  

चालु वर्षको पहिलो ३ महिनामा गत वर्षको तुलनामा आयात उच्च देखिएकाले आयातमा बैंकको ऋण धेरै प्रयोग भएको र विदेशी विनिमय सञ्चिति पनि प्रभावित बनेको उनीहरूको धारणा थियो। 

images

वित्तीय क्षेत्रमा हाल कायम रहेको समस्या बारे अर्थमन्त्रीले बैंकरबाट धारणा मागेका थिए। राष्ट्र बैंकका अधिकारीहरूले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको प्रमुख आर्थिक सूचक र वित्तीय क्षेत्रमा जम्मा भएको निक्षेप तथा कर्जा लगानीबारे प्रस्तुतीकरण दिएका थिए।


प्रकाशित : शुक्रबार, कात्तिक २६ २०७८१२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend