शुक्रबार, जेठ ४ गते २०८१    
images
images
कलंकी-धोवीखोला चक्रपथ विस्तार

‘साइट क्लियर’ नभइ ठेकेदार नआउने, प्राधिकरण पोल नसारिदिने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
images
images
‘साइट क्लियर’ नभइ ठेकेदार नआउने, प्राधिकरण पोल नसारिदिने

चक्रपथ विस्तार अन्तर्गत दोस्रो खण्ड कलंकी-धोवीखोला खण्डको काम अझै सुरु हुन सकेको छैन। चीन सरकारको अनुदानमा निर्माण हुन लागेको दोस्रो खण्ड प्राधिकरणले पोल समयमै नहटाउँदा निर्माण कम्पनी आउन आनाकानी गरिरहेको छ। 

images
images

काठमाडौं- चक्रपथ विस्तार अन्तर्गत दोस्रो खण्ड कलंकी-धोवीखोला खण्डको काम अझै सुरु हुन सकेको छैन। चीन सरकारको अनुदानमा निर्माण हुन लागेको दोस्रो खण्ड प्राधिकरणले पोल समयमै नहटाउँदा निर्माण कम्पनी आउन आनाकानी गरिरहेको छ। 

images
images
images

२०७५ माघमा विस्तारित कोटेश्वर-कलंकी खण्ड हस्तारन्तरण गरेलगत्तै दोस्रो खण्ड विस्तारको सम्झौता भएको थियो। तर सडक निर्माणको ठेक्का पाएको चीनको सांघाइ कन्स्ट्रक्सन ग्रुपले साइट क्लियर नभइ निर्माणका लागि नआउने सन्देश दिएको छ।

images

निर्माण कम्पनी सांघाइ कन्स्ट्रक्सन ग्रुपले नेपाल आएपछि मात्र डिजाइन फाइनल गर्ने बताएको छ। निर्माण कम्पनीलाई नेपाल आएर डिजाइनको काम गर्न आग्रह गरेपनि साइट क्लियर नभइ नआउने बताएको चक्रपथ विस्तार आयोजना प्रमुख अर्जुन सुवालले बताए।

images
images

‘चिनियाँ पक्ष पोल नहटेको भन्दै आउन मानिरहेको छैन। सामाखुशी महाराजगञ्ज क्षेत्रमा विजुलीका १०/१२ वटा पोल सार्न बाँकी छ,’ सुवालले भने, ‘निर्माता पक्ष भने पूर्ण रुपमा साइट क्लियर नभइ नआउने भनेको छ।’

images
images

पहिलो चरणमा साइट क्लियर नहुँदै काम थाल्दा निर्माण कम्पनीले केही समस्या झेलेको थियो। दोस्रो चरणमा पनि त्यस्तै समस्या नआओस् भनेर चिनियाँ कम्पनीले पूर्ण साइट क्लियरको सर्त राखेको उनको भनाइ छ।

दोस्रो चरणमा कस्तो डिजाइनमा सडक निर्माण गर्ने भन्ने समेत टुंगो लागेको छैन। पहिलो खण्डको डिजाइनमा विभिन्न समस्या देखिएको थियो। निर्माता कम्पनीले डिजाइन सच्याएर सडक बनाउने सहमति जनाएको थियो।

साइट क्लियर नभइ कम्पनी निर्माणका लागि नआउने भनेकाले कम्पनी आएको ६ महिनाभन्दा बढी समयपछि मात्र निर्माणको काम सुरु हुने आयोजनाको भनाइ छ।

आयोजनाले रुख कटान सकेको एक वर्षभन्दा बढी भइसकेको छ। काटिएका रुखबाट पाइटा पलाएर पुनः रुख काट्न अनुमति लिनुपर्ने अवस्था आउन सक्ने आयोजना प्रखुम सुवालको भनाइ छ। विद्युतका पोल सार्न प्राधिकरणले करिब तीन वर्षमा समेत पोल नसार्दा निर्माता कम्पनी आउन नसकेको उनको जिकिर छ। 

यता विद्युत प्राधिकरण भने आयोजनाको आरोप स्वीकार्न तयार छैन। प्राधिकरणले आफ्नो तर्फबाट गर्ने काम सकिसकेको नेपाल विद्युत प्राधिकरणका क्षेत्रीय प्रमुख श्रीराम पाण्डेले बताए। 

आयोजनाले पोल नसरेको भनेको महाराजगञ्ज सामाखुसी खण्डमा ४\५ वटा पोल सार्न बाँकी रहेको प्राधिकरण महाराजगञ्ज वितरण केन्द्रका प्रमुख शिवराम यादवको भनाइ छ। ‘आयोजनाले भनेजस्तो समस्या महाराजगञ्ज क्षेत्रमा समस्या छैन। इसान बाल अस्पतालमा लगिएको पोल मात्र हटाउन बाँकी छ,’ यादवले भने, ‘अस्पतालको विद्युत प्रवाह संवेदनशिल भएकाले केही समय लागेको हो। अबको दुई दिनमा त्यो क्षेत्रको पोल हटिसक्छ।’

आयोजनाले भनेजस्तो प्राधिकरणका कारण काम नरोकिएको प्राधिकरणको भनाइ छ। सडकको डिइलाई फोन गरेर काम अघि बढाउन आग्रह गर्दा चिनियाँ निर्माता कम्पनी आएपछि मात्र निर्माणको काम अघि बढ्यो बताएको यादवको जिकिर छ।

सडक विस्तार गरिने क्षेत्रमध्ये सबैभन्दा जटिल मानिएको महाराजगञ्जको मुआब्जा वितरण सकिएको आयोजनाको भनाइ छ। महाराजगञ्ज क्षेत्रको २ सय ४४ मिटरमा पर्ने २० घरको मुआब्जा निर्धारण गरेर सहमती भइसकेको छ।

सडक निर्माणस्थलमा रहेका खानेपानीको पाइप, ढललगायतका संरचना भने हटाइ सकिएको छ। त्यस्तै सो सडकमा रहेका २ हजार एक सय रुख काटिएको थियो।

स्वयम्भूमा रहेको स्तूपा नहटाई सडकको अलाइनमेन्टमा केही परिवर्तन गरि सडक विस्तार गर्ने सहमति भइसकेको छ। दोस्रो खण्ड कलंकी-धोवीखोला ११ दशमलव ६ किलोमिटर सडकको विस्तारका लागि निर्माणस्थल काम गर्न योग्य नभइ निर्माण कम्पनी नआउने जिकिर गरिरहेको छ।

चक्रपथको पहिलो खण्ड कोटेश्वदेखि कलंकीसम्म विस्तार चीन सरकारले नै गरेको हो। २०७१ मा सुरु भएको सडक निर्माण २०७२ मा आएको भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा केही समय निर्माण रोकिएको थियो।

विभिन्न अवरोधका कारण सडक निर्धारित अवधिभन्दा केही ढिलो सम्पन्न भएको थियो। चीन सरकारले २०७५ माघमा करिब १० किलोमिटरको कोटेश्वर-कलंकी खण्ड सरकारलाई हस्तारन्तरण गरेको थियो।

चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण सुरु गर्नु पहिले नै निर्माणस्थल खाली हुनुपर्ने सर्त राखेको थियो।

कोटेश्वर-कलंकी खण्डमा सडक विभागले निर्माण गर्नुपर्ने सर्भिस ट्र्याक हालसम्म पनि बन्न सकेको छैन। चीन सरकारले ८ लेनको मुख्य सडक निर्माण गर्ने र सडकको दुवैतिर सर्भिस ट्र्याक निर्माण भने नेपाल सरकारले गर्नुपर्ने छ। कलंकी धोवीखोला खण्डमा पनि चीन सरकारले ८ लेनको बनाउने र ट्र्याक सरकारले बनाउने छ।


प्रकाशित : सोमबार, भदौ २१ २०७८१०:१२
  • सम्बन्धित विषय:

  • # चक्रपथ विस्तार
  • # कल‌की धाेवीखाेला
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend