शुक्रबार, असोज ४ गते २०८१    
images
images

ठेकेदारको लापरवाहीले जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक विस्तार ६ बर्षदेखि अलपत्र

images
शुक्रबार, कात्तिक २६ २०७८
images
images
ठेकेदारको लापरवाहीले जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक विस्तार ६ बर्षदेखि अलपत्र

जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक विस्तार सुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ।

images
images

काठमाडौं-जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक विस्तार सुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ।

images
images
images

काम सुरु गरेको छ वर्षमा पनि सम्पन्न हुन नसक्दा हिउँदमा धुलोले त्यस क्षेत्रको वायु प्रदूषण हुने गरेको छ। निर्माण भइरहेको धुलाम्य सडकमा निर्माण व्यवसायीले पानी पनि हाल्दैनन्।

गोकर्णेश्वर नगरपालिका-४ चौतारा खरिबोटकी राधा श्रेष्ठ आफ्नो घरअघि सधैँ पानी हाल्नुहुन्छ। सडकको धुलो उडेर घरमा बस्न नसकिने भएपछि पानी हाल्नुपरेको उहाँले सुनाउनुभयो । धुलोले नाक पोल्ने, घाँटी खसखसाउने समस्या हुने गरेको श्रेष्ठको गुनासो छ।

आर्थिक वर्ष २०७५\२०७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक छ वर्षदेखि अलपत्र छ। सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन। केन्द्रविन्दुबाट दायाँबायाँ ११\११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो। 

images

सात किमीको दुरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्काअनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ सात\सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११\११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए। यो सहमतिअनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौंदेखि स्थानीयवासी र यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले पीडित छन्।

नगरपालिकाले केन्द्रविन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने सहमति गरेको दुई वर्षसम्म पनि सडक अलपत्र छ। आर्थिक वर्ष २०७६\२०७७ मा सक्ने सहमति कार्यान्वयन नभई थप गरिएको एक वर्षमा पनि काम सकिएन। आर्थिक वर्ष २०७७\२०७८ को अन्त्यसम्म काम सक्ने गरी म्याद थपिएको थियो। त्यो अवधिमा पनि काम सकिएन।  ५८ करोड  लागतमा भइरहेको काममा बेला बखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन्। 

सङ्घीय सरकारले गरेको ठेक्का भएकाले निर्माण व्यवसायीले स्थानीय सरकारले छिटो काम गर्न गरेको अनुरोधलाई पनि वास्ता नगर्ने गरेको प्रवक्ता ढुङ्गानाको भनाइ छ। पछिल्लो समय कालोपत्र गर्न तयार पारे पनि अझै ढिलाइ भइरहेको स्थानीयवासी बताउँछन्। कालोपत्र गर्न ग्राभेल थुपारेको छ महिनासम्म पनि सडकमा बिच्छ्याइएको छैन। एक दिन काम भयो भने १० दिन काम रोकिने गरेको छ।

सडकको धुलोले धेरै स्थानीयवासीलाई घाँटी खसखसाउनेलगायत स्वास्थ्य समस्या देखिएको छ। यो समस्याबाट सडक छेउका धेरै स्थानीयवासी पीडित छन्। पछिल्लो समयमा सडक विस्तार आयोजनाका अधिकारीलाई छिटो काम गराउन अनुरोध गरी सम्पर्क गर्दा फोन नउठाउने गरेको स्थानीयवासी राजेन्द्र श्रेष्ठले बताए।

ढिलो चाँडो सडक विस्तार हुने भए पनि सात किमीको दूरीमा पर्ने यो खण्डका पाँच वटा ठूला साना खोलामा पुलको अत्तोपत्तो छैन। यस क्षेत्रका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरी र मेलम्चीको सुरुङ निस्कने खोल्सामा पुल नहुँदा सडक विस्तार भए पनि पुल साँघुरो भएकाले यातायात जाम हुने गरेको छ।

करोडौं लागतमा सडक विस्तार भए पनि पैदलमार्ग छैन। पैदलमार्ग नहुँदा सडक दुर्घटनाको जोखिम बढेको ओखरेनी माध्यमिक विद्यालयको शिक्षकसमेत रहनुभएका स्थानीय मुजुरा मासिकका सम्पादक अनन्त अर्यालले बताए। सडक विस्तार भएपछि सवारी तीव्र गतिमा कुदाउने चालकको सङ्ख्या बढ्न थालेको छ।

विशेषगरी किशोरवयकाले तीव्र गतिमा बाइक चलाउँदा दुर्घटना बढ्न थालेको हो। सवारीको गति नियन्त्रणका लागि ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक २६ २०७८०९:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend