आइतबार, भदौ २३ गते २०८१    
images
images

सेभ द चिल्ड्रेनले निर्माण गरेको जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी सरकारलाई हस्तान्तरण

images
मंगलबार, साउन १६ २०८०
images
images
सेभ द चिल्ड्रेनले निर्माण गरेको जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी सरकारलाई हस्तान्तरण

अत्याधुनिक सुविधासम्पन्न  उक्त नवनिर्मित प्रयोगशालाबाट कोभिड–१९ र क्षयरोग लगायत अन्य विविध खालका सरुवा रोगहरुको उच्चस्तरीय माइक्रोबायोलोजिकल र इम्युनोलोजिकल परीक्षणदेखि प्याथोलोजिकल  र विशिष्टकृत मलिक्युलर विश्लेषणसम्मका   सेवा प्रदान गरिनेछन् ।  

images
images

बुटवल- एड्स, क्षयरोग र मलेरियाविरुद्ध ग्लोबल फण्डको अनुदानमा लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवलमा नवनिर्मित प्रदेश जनस्वास्थ्य  प्रयोगशाला भवन सेभ द चिल्ड्रेनले लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।

images
images
images

८ करोड ७० लाख २० हजार ४ सय २० रुपैयाँको लागतमा निर्मित उक्त प्रदेश  जनस्वास्थ्य प्रयोगशाला ग्लोबल फण्डका  वरिष्ठ पोर्टफोलियो व्यवस्थापक  स्टेफन स्टोजानोभिक र सेद द चिल्ड्रेन नेपाल र भुटान कन्ट्री अफिसकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले संयुक्तरुपमा लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई सोमबार एक कार्यक्रमबीच विधिवतरुपमा हस्तान्तरण गरेका हुन्। 

अत्याधुनिक सुविधासम्पन्न  उक्त नवनिर्मित प्रयोगशालाबाट कोभिड–१९ र क्षयरोग लगायत अन्य विविध खालका सरुवा रोगहरुको उच्चस्तरीय माइक्रोबायोलोजिकल र इम्युनोलोजिकल परीक्षणदेखि प्याथोलोजिकल  र विशिष्टकृत मलिक्युलर विश्लेषणसम्मका   सेवा प्रदान गरिनेछन् ।  

हस्तान्तरण कार्यक्रममा बोल्दै सेद द चिल्ड्रेन  नेपाल र भुटान कन्ट्री अफिसकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले  प्रयोगशाला भवन लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेसँगै, सेवा दिने र काम गर्ने समुदायहरुको लागि स्थास्थ्य सेवा पहुँचयोग्य, गुणस्तर र सामयिक बनाई स्वास्थ्य सेवामा असमानता घटाउन निरन्तर सहयोग रहने र नेपाल सरकारसँग सहकार्य गर्ने हाम्रो प्रविबद्धतामा गरे। Photo 4.jpeg

images


प्रकाशित : मंगलबार, साउन १६ २०८००५:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend