बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

पाँच वर्षमा गोकर्ण रिसोर्टको नाफा १ अर्ब ३५ करोड, एक अर्ब लगानी थप्दै

images
मंगलबार, साउन १६ २०८०
images
images
पाँच वर्षमा गोकर्ण रिसोर्टको नाफा १ अर्ब ३५ करोड, एक अर्ब लगानी थप्दै
images
images

काठमाडौं- यती समूहको स्वामित्वमा संचालनमा रहेको गोकर्ण फरेस्ट रिसोर्ट प्राइभेट लिमिटेडले पछिल्लो ५ वर्षमा नै १ अर्ब ३५ करोड रुपैयाँ नाफा गरेको छ। गोकर्ण फरेस्ट रिसोर्टमा यती र थामसेर्कु ग्रुपको लगानी छ।

images
images

सन् १९९५ मा स्थापना भएको यो रिसोर्ट त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट ९ किलोमिटरको दुरीमा छ। रिसोर्टमा १ सय कोठा क्षमता रहेको छ। 

images
images

रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष सन् आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा नै २० करोड २० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। 

images
images

कम्पनीले झन्डै १ अर्ब लगानी थप गरेर भिल्ला र अन्तरर्राष्ट्रिय स्तरको सभाहलहरू निर्माण गरिरहेको छ। रिसोर्टको उक्त हल सन् २०२४ को अप्रिलदेखि सञ्चालन ल्याउने लक्ष्यसमेत राखेको छ।

ईक्राका अनुसार कम्पनीले वित्तीय वर्ष सन् २०१९ मा ४२ करोड ४० लाख रुपैयाँ, वित्तीय वर्ष सन् २०२० मा २६ करोड २० लाख रुपैयाँ, वित्तीय वर्ष सन् २०२१ मा १२ करोड ७० लाख रुपैयाँ र वित्तीय वर्ष सन् २०२२ मा ३३ करोड ९० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। कम्पनीले कुल व्यापारको ३० प्रतिशत हिस्सा बैंकवेटको व्यापारबाट आर्जन गरेको समेत इक्राले उल्लेख गरेको छ। 

कम्पनीको ६६ करोड ५१ लाख रुपैयाँको दीर्घकालीन कर्जा र ६ करोड ९७ लाख रुपैयाँको अल्पकालीन कर्जाको लागि रेटिङ गराएको छ। ईक्राले कम्पनीको दीर्घकालीन कर्जाको लागि 'डबल बी' र अल्पकालीन कर्जाको लागि 'ए फोर' रेटिङ दिएको छ।

थप १५ वटा भवन निर्माण हुँदै

गोकर्ण फरेस्ट रिसोर्टले थप रिसोर्टभित्र थप १५ वटा भवन थप गर्ने भएको छ। कुल ७० करोड रुपैयाँ लगानीमा क्षमता विस्तार गर्न लागेको रिसोर्टले जनाएको छ। रिसोर्टले सर्भिस अपार्टमेन्ट, भिल्ला, सभाहल र बैङ्क्केट हल निर्माण गर्ने जनाएको छ।

एक सय पाहुना कोठामा १६२ वटा बेड रहेका छन्। थप भएपछि गोकर्णमा पाहुना कोठाको संख्या १४८ पुग्नेछ। बेड संख्या भने २५२ पुग्ने छ। 

१५ वटा भवनमा तीन तलाको सर्भिस अर्पाटमेन्ट रहनेछ। जहाँ हरेक तलामा ८ वटा पाहुना कोठा निर्माणको योजना रिसोर्टले बनाएको छ। रिसोर्टले २/२ वटा पाहुना कोठासहितका १२ वटा भिल्ला बनाउने भएको छ। यसले कुल २४ वटा पाहुना कोठा थप हुने भएका छन्। 

गोकर्ण फरेस्ट रिसोर्ट रहेको जग्गा नेपाल ट्रष्टको हो। यती समूहको स्वामित्वमा रहेको गोकर्ण फरेस्ट रिसोर्ट प्रालिले जग्गा भाडामा लिएर सन् १९९५ देखि रिसोर्ट सञ्चालन गर्दै आएको छ। त्यसयता प्रालिले साढे दुई दशकपछि क्षमता बढाउन लागेको हो। रिसोर्ट कुल २ हजार ९ सय ९२ रोपनी क्षेत्रफलमा फैलिएको छ। 


प्रकाशित : मंगलबार, साउन १६ २०८०००:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend