बिहीबार , वैशाख २० गते २०८१    
images
images

रोजगारीका लागि पहिलो गन्तव्य बन्यो मलेसिया, नयाँ कामका लागि जानेमध्ये ५४ प्रतिशत कामदार मलेसिया पुगे

व्यक्तिगत भिसामा सबैभन्दा बढी पुगे यूएई

images
images
images
रोजगारीका लागि पहिलो गन्तव्य बन्यो मलेसिया, नयाँ कामका लागि जानेमध्ये ५४ प्रतिशत कामदार मलेसिया पुगे
images
images

काठमाडौं- गत आर्थिक वर्ष २०७९/०८० मा नेपालबाट वैदेशिक रोजगारीका लागि ७ लाख ७१ हजार ३ सय २७ जना युवा विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार यो संख्या अहिलेसम्मकै धेरै हो। रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै युवाको रोजाइमा मलेसिया परेको छ।

images
images
images

विभागका अनुसार गत आवमा नेपालबाट नयाँ कामका लागि म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि विदेशिएकामध्ये सबैभन्दा बढी मलेसिया गएका हुन्। नयाँ कामका लागि नेपालबाट म्यानपावरमार्फत मलेसिया जाने युवाको संख्या २ लाख १९ हजार ८२ रहेको छ।

images

सम्रगमा गत आवमा नयाँ कामका लागि म्यानपावरमार्फत विदेश जाने युवाको संख्या ४ लाख ३ हजार ६ सय ४१ रहेको छ। नयाँ कामका लागि मलेसिया जानेको संख्या ५४ प्रतिशतभन्दा बढी हो। यसैगरी बिदामा नेपाल आएर पुन: मलेसिया नै जाने युवाको संख्या ४० हजार २ सय २३ रहेको छ। सम्रगमा मलेसियाको रोजगारीमा जानेको संख्या २ लाख ५९ हजार ५ सय ३४ रहेको छ। यो कुल संख्याको ३३.६४ प्रतिशत हो।

images

गत आवमा नै नेपालबाट रोजगारीका लागि विदेश जाने महिलाको संख्या ७२ हजार १ सय ३४ रहेको छ। जसमा म्यानपावरमार्फत रोजगारीका लागि ३६ हजार ७ सय २ जना महिला विदेश गएका छन्। यसैगरी बिदामा नेपाल आएर पुन: जाने महिला कामदारको संख्या भने १८ हजार ६ सय ३४ रहेको विभागको भनाइ छ। 

images
images

समग्रमा गत आवमा बिदामा नेपाल आएर पुन: वैदेशिक रोजगारीका लागि जाने कामदारको संख्या भने २ लाख ७७ हजार १ सय ३ रहेको छ। यो संख्या कुल रोजगारीमा जाने संख्याको ३६ प्रतिशत रहेको छ। यसैगरी व्यक्तिगत भिसामा जानेको संख्या ६९ हजार १ सय ७७ रहेको छ। विभागका अनुसार 'जी टु जी'मार्फत रोजगारीका लागि जाने युवाको संख्या २१ हजार ४ सय ६ जना रहेको छ।

मलेसियाको रोजगारी ठप्पदेखि पहिलो गन्तव्यसम्म

रोजगारीका लागि मलेसिया जाने श्रमिकबाट मेडिकल, भिसा सहजीकरण, भीएलएन, वायोमेट्रिकलगायतका नाममा अतिरिक्त शुल्क लिइएको र सिन्डिकेट अन्त्य हुनुपर्ने भन्दै सरकारले २०७५ जेठ १२ गतेबाट वैदेशिक रोजागरीका लागि मलेसिया कामदार नपठाउने निर्णय गर्‍यो। उक्त निर्णय तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरेका थिए।

मन्त्री विष्टले बढी शुल्क लिनेविरुद्ध कारबाहीको अभियान नै सुरु गरे। बढी शुल्क असुली गरेका आरोपमा केही व्यवसायी समातिए पनि। मुद्दा मामिला सुरु भयो। अन्तत: व्यवसायीले मुद्दा जिते। त्यस्तै मन्त्री विष्टले नयाँ श्रम स्वीकृति रोके।

नयाँ श्रम स्वीकृत नै रोकिएपछि मलेसिया सरकार श्रम समझदारीका लागि संवादमा आएको थियो। संवादकै क्रममा मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिर्नु नपर्ने र लागेको सबै शुल्क रोजगारदाताले नै व्यहोर्ने गरी ११ कात्तिक २०७५ मा मलेसिया सरकारसँग श्रम समझदारी भयो। तर मलेसियाले पुराना भेन्डरमार्फत नयाँ कामदारको भिसा प्रक्रिया अघि बढाउन चाह्यो। नेपालले त्यसमा सहमति जनाएन।

यसरी रोकिएको मलेसियाको रोजगारीमा पुनः कोरोनाले असर गर्‍यो। २०७८ चैतसम्म नयाँ श्रम स्वीकृत नै जारी भएन। २०७५ जेठ अघिसम्म नेपाली कामदारको पहिलो रोजगाइमा मलेसिया नै थियो। तर मलेसियाको रोजगारी बन्द भएसँगै युवाको रोजाइमा कतार पर्‍यो। तर २०७९ बैशाखमा पुन: नेपालबाट श्रम स्वीकृत लिएर मलेसिया कामदार जाने थाले।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकमा नै चैतसम्म नेपालबाट नयाँ कामका लागि म्यानपावरमार्फत श्रम स्वीकृत लिएर मलेसिया जानेका कामदारको संख्या शून्य नै थियो। त्यसपछि भने मलेसिया नै कामदारका लागि पहिलो रोजाइमा परेको छ। तर मलेसिया जाने कामदारसँग म्यानपावरले १० हजार रुपैयाँभन्दा बढी लिन नपाउने भएपनि अहिले सरदरमा २ लाख रुपैयाँ लिइरहेका छन्।

बढी कामदार जाने पाँच देश

विभागका अनुसार सबैभन्दा बढी कामदार मलेसिया पुगेका छन्। मलेसिया जाने कामदारको संख्या २ लाख ५९ हजा ५ सय ९४ रहेको छ। यो कुल संख्याको ३३.६५ प्रतिशत हो। तर नयाँ कामका लागि म्यानपावरमार्फत विदेश जाने कामदारको संख्या कुल संख्या ५४ प्रतिशत रहेको छ। 

यसैगरी कामदारको दोस्रो रोजगाइमा कतार परेको छ। कतारको रोजगारीमा जाने युवाको संख्या १ लाख ३३ हजार २ सय ६२ रहेको छ। नयाँ कामको खोजीमा म्यानपावरमार्फत कतार जाने युवाको संख्याभन्दा बिदामा नेपाल आएर पुन: कतार जानेको संख्या बढी छ। नयाँ कामका लागि म्यानपावरमार्फत कतार जाने युवाको संख्या ३३ हजार ६ सय २९ रहेको छ। जसमा ३ हजार ७ सय ६४ महिला कामदार रहेका छन्। यसैगरी बिदामा नेपाल आएर पुन: कतारको रोजगारीमा जाने युवाको संख्या ९२ हजार ७ सय ४५ रहेको छ। जसमा २ हजार ४ सय ८० जना महिला कामदार रहेका छन्। 

तेस्रो रोजाइमा यूएई परेको छ। यूएई जाने युवाको संख्या १ लाख १६ हजार १ सय ५९ रहेको छ। जसमा २४ हजार ९१ जना महिला रहेका छन्। जसमा म्यानपावरमार्फत जाने युवाको संख्या ४३ हजार ७ सय ४० रहेको छ। यसैगरी बिदामा नेपाल आएर पुन: फर्कनेको संख्या भने ५७ हजार ७ जना रहेका छन्। व्यक्तिगत भिसामा यूएई पुगनेको संख्या १५ हजार ४ सय १२ रहेको छ। व्यक्तिगत भिसामा यूएई जाने संख्या सबैभन्दा बढी हो।

यसैगरी चौथो बढी कामदार पुगेको देश साउदी अरब हो। साउदी अरब जाने कामदारको संख्या १ लाख १२ हजार ७ सय ७७ रहेको छ। जसमा ९ सय ३३ जना महिला कामदार रहेका छन्। साउदी अरब पुगेका मध्ये नयाँ कामका लागि म्यानपावरमार्फत जाने कामदारको संख्या ५५ हजार ६ सय २४ जना रहेको छ। जसमा महिलाको संख्या १ सय ५५ रहेको छ। यसैगरी बिदामा नेपाल आएर पुन: साउदी अरबकै रोजगारीमा फर्कनेको संख्या ५६ हजार ९ सय ८६ रहेको छ। यसैगरी व्यक्तिगत भिसामा जाने संख्या १ सय ७६ रहेको छ। 

पाँचौ बढी कामदार जाने देशमा कुवेत रहेको छ। कुवेत जाने युवाको संख्या ४३ हजार ५ सय ७ रहेको छ। जसमा ११ हजार ८ सय १६ महिला रहेका छन्। कुल रोजगारीम जाने संख्याको अनुपातमा कुवेतको रोजगारीमा जाने महिलाको संख्या सबै भन्दा बढी हो। कुवेतको रोजगारीमा गएको कुल कामदार संख्याको २७ प्रतिशत महिला कामदार रहेका छन्। यसैगरी विभागका अनुसार २२ हजार  ३३ जना दक्षिण कोरिया, १४ हजार २ सय २५ जना रोमानिया र ९ हजार ६ सय ४४  जना जापान पुगेका छन्। 

बढी कामदार पठाउने १० म्यानपावर

एक वर्षमा नै ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपावर २ वटा छन्। दी रिभर ओभर्सिसले मात्रै ५ हजार ५ सय ४६ जना कामदार पठाएको छ। यसैगरी इन्टरनेश्नल म्यानपावर रिकुर्मेन्टले पनि ५ हजार ३ सय ३५ पठाएको छ। ४ हजार माथि कामदार पठाउने म्यानपावर एउटा मात्रै छ। निलकमल ह्युमन रिसोर्स प्रालिले ४ हजार २ सय ३७ जना कामदार विदेश पठाएको छ। 

३ हजार माथि कामदार पठाउने  म्यानपावरको संख्या भने ६ वटा रहेको छ। वाइड स्पेसले ३ हजार ९ सय ७९ जना, मोन्टेज ओभरसिर्सले ३ हजार ६ सय ४९ जना, एक्सेस म्यानपावरले ३ हजार ५ सय ६४, एसोएसले ३ हजार ४ सय ५७ जना, मेरेडिएनले ३ हजार ३ सय ७८ जना र मास ह्युमन सर्भिसले ३ हजार १ सय ७९ जना कामदार विदेश पठाएको छ। यसैगरी फ्रन्टलाईन म्यानपावरले २ हजार ९ सय ७३ जना विदेश पठाएको छ। 

विभागका अनुसार १ सयभन्दा कम कामदार पठाउने म्यानपावरको संख्या १ सय ९७ रहेको छ। त्यसमा पनि पाँच वटा म्यानपावरले १ जना मात्रै कामदार विदेश पठाएका छन्। २ जना कामदार विदेश पठाउने म्यानपावरको संख्या ४ वटा रहेको ५ छ भने ३ जना कामदार विदेश पठाउने म्यानपावरको संख्या ३ वटा रहेको छ। 

images

प्रकाशित : सोमबार, साउन १५ २०८००५:२९

प्रतिक्रिया दिनुहोस