शनिबार, साउन १२ गते २०८१    
images
images
images

लम्पी स्किनले भक्तपुरमा ५ सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १४ २०८०
images
images
लम्पी स्किनले भक्तपुरमा ५ सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित

लम्की स्किन लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन निकै घट्ने, छालामा गिर्खा देखिने, र्‍याल सिँगान बस्ने स्ता लक्षण देखिन्छ। 

images

भक्तपुर- पशुमा देखिएको लम्पी स्किनको सङ्क्रमणका कारण भक्तपुरमा पाँच सय ८६ चौपाया मरेका छन्। जिल्लाका चार नगरपालिका मध्ये सबैभन्दा धेरै चाँगुनारायण नगरपालिकामा ५११ गाई र तीन भैँसी गरी कूल पाँच सय १४ चौपाया मरेका छन् भने सूर्यविनायक नगरपालिकामा ६५ र मध्यपुरथिमि नगरपालिकामा १० पशुको मृत्यु भएको नगरपालिकाले जनाएको छ।

images
images

जिल्लाको चाँगुनारायण नगरपालिकामा सबैभन्दा धेरै पशुपालन व्यवसाय रहेको छ। नगरभित्र ठूला ठूला डेरी सञ्चालनमा रहेकोले पनि यहाँ पशुपालन व्यवसाय फस्टाएको हो। अहिले लम्पी स्किनको महामारीले सबैभन्दा धेरै क्षती पनि चाँगुनारायणमा नै भएको नगरालिकाको पशु सेवा शाखा प्रमुख खड्ककुमार मैनालीले बताए। उनका अनुसार चाँगुनारायणमा अझै चार भैँसी र एक हजार १३२ गाई गरी एक हजार १३६ संक्रमति छन भने ५ हजार ६ सय पशु प्रभावित छन्।

images

गाईभैँसीमा लम्पी स्किनको सङ्क्रमण बढेपछि चाँगुनारायण नगरपालिकाले एक हजार पाँच सय डोज खोप खरिद गरी गाईभैँसीलाई लगाएको मैनालीले बताए। लम्पी स्किनको सङ्क्रकण उच्च देखिएपछि त्यसको निराकरणका लागि बागमती प्रदेश कृषि तथा पशुपंक्षी मन्त्रालयबाट प्राप्त एक लाखबाट पशु चिकित्सक, औषधिसहितको प्राविधिक टोली प्रत्येक टोलको घर घर गएर निरीक्षण गर्नुका साथै खोप लगाइ दिएको उनले जानकारी दिए।

'टोलीले पशुको स्वास्थ्य जाँच गरी आवश्यकताअनुसार भिटामिन, ज्वरोको औषधि, प्रोटिन दिइ खोप लगाउने कार्य गर्दै आइरहेको छ। खटिरा सरसफाइको लागि आवश्यक औषधि वितरण गरेको छ', उनले भने।

images

यसैगरी सूर्यविनायक नगरपालिकामा तीन सय ८५ गाईभैँसीमा लम्पी स्किनको सङ्क्रमण देखिएको नगरपालिकाको पशुसेवा शाखा प्र्रमुख मिनल शाक्यले जानकारी दिए। उनका अनुसार सूर्यविनायकमा एक हजार आठ २५ गाईभैँसीलाई लम्पी स्किन सङ्क्रमण विरुद्धको खोप लगाइ सकेको छ।

यहाँ सङ्क्रमित हुन नदिन पशुलाई मल्टी भिटामिन, पारा सिटामोल, गुल्कोज, घाउ सफा गर्न मलम र पाउडर वितरण गरेको उनले बताए। मध्यपुर थिमिमा एक सय पशुमा लम्पी स्किनको सङ्क्रमण देखिएको र यसबाट प्रभावित पशुको सङ्ख्या सात सय पुगेको नगरपालिकाको पशुसेवा शाखाका प्रमुख थरकुमार थापाले बताए। मध्यपुर थिमिमा रहेको करिब एक हजार दुई सय पशुमध्ये एक हजार एक सय पशुलाई खोप लगाइएको उनले जानकारी दिए।

सङ्क्रमण रोकथामका लागि पशु सेवा विज्ञ केन्द्र लगनखेलको प्राविधिक सहयोगका साथै औषधि कृषकलाई निःशुल्क वितरण गरिएको उनले बताए। पशुपालन क्षेत्रमा देखिएको रोगबारे कृषकलाई परामर्श तथा त्यसको रोकथामका उपाय विभिन्न माध्यमबाट जानकारी गराएको बताउँदै उनले पशुपालनले मानवीय स्वास्थ्यलाई मध्येनजर गरी रोग व्यवस्थापन गरी व्यवसाय सञ्चानल गर्न सचेतना अभियान थालेको जानकारी दिए।

भक्तपुर नगरपालिकाको पशुसेवा शाखाका पशुसेवा प्राविधिक पार्वती योञ्जनले नगरभित्र एक वटा गाईमा लम्पी स्किनको सङ्क्रमण देखिएकोमा उपचार गरी निको पारिएको बताए। पशुमा देखिएको लम्पी स्किनको उपचारका लागि चारै नगरपालिकालाई बागमती प्रदेशको कृषि तथा पशुपंक्षी मन्त्रालयबाट नगद एक/एक लाख दिएको बताउँदै उनले सोही रकमले आवश्यक औषधि खरिद गरेको जानकारी दिए।

लम्की स्किन लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन निकै घट्ने, छालामा गिर्खा देखिने, र्‍याल सिँगान बस्ने स्ता लक्षण देखिन्छ। रासस


प्रकाशित : आइतबार, साउन १४ २०८०१३:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend