बिहीबार , वैशाख २७ गते २०८१    
images
images

ककनीमा ६ करोड ४२ लाख लागतमा स्थापना गरिएको सौर्य मिनिग्रिडबाट १९१ घरमा पुग्यो विद्युत्

images
बिजनेस न्युज
images
images
ककनीमा ६ करोड ४२ लाख लागतमा स्थापना गरिएको सौर्य मिनिग्रिडबाट १९१ घरमा पुग्यो विद्युत्

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लागतमा मिनिग्रिड स्थापना गरिएको हो। मिनिग्रिडबाट ककनीका १९१ घरधुरीका साथै स्थानीय विद्यालय र स्वास्थ्य संस्थामा समेत विद्युत् जडान गरिएको छ।

images
images

ओखलढुंगा- ओखलढुंगामा सौर्य मिनिग्रिडबाट एक सय ९१ घरमा विद्युत उपलब्ध गराइएको छ। जिल्लाको अतिविकट मानिने सुनकोशी गाउँपालिका-९ को ककनी गाउँमा सौर्य मिनिग्रिडबाट विद्युत विस्तार गरिएको हो। ककनीमा ६ करोड ४२ लाख ८८ हजार नौ सय ३३ रूपैयाँको लागतमा स्थापना गरिएको सौर्य मिनिग्रिडबाट आजदेखि विद्युत उत्पादन सुरू गरिएको छ।

images
images
images

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले मिनिग्रिड उद्घाटन गर्दै यस मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा देशका विकट क्षेत्रमा पनि उज्यालो बनाउने अभियानमा सरकार जुटेको बताए। ककनी महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र भए पनि विद्युतको समस्या रहेकाले सौर्य मिनिग्रिड आयोजना सञ्चालन गरिएको उनको भनाइ थियो।

images

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सहायक निर्देशक डा लक्ष्मणप्रसाद घिमिरेले परियोजनाको विस्तृत विवरण प्रस्तुत गरे। उनले आकलन गरेभन्दा निकै कम ऊर्जा खपत हुने देखिएकाले विद्युत उपभोक्तालाई ऊर्जाको उच्चतम खपत गर्न लगाएर आर्थिकस्तर वृद्धि गर्न सुझाव दिए।

images

ककनीमा विद्युत उपलब्ध गराएर एउटा महत्वपूर्ण अभिभारा पूरा गरिएको वडाध्यक्ष हितराज कार्कीले बताए।

images
images

उज्यालो सुनकोशी अभियान थालेको स्थानीय सरकारले अघिल्लो कार्यकालमा रुद्र अधिकारीको नेतृत्वमा विद्युतीकरणको काम सुरू थियो। भौगोलिक विकटताका कारण केन्द्रीय विद्युत् विस्तार गर्न खर्चिलो हुने र तत्काल विद्युतीकरणको सम्भावना नहुने भएकाले वडा नं ९ का तत्कालीन वडाअध्यक्ष तथा ऊर्जा विकास उपसमितिका संयोजक झनककुमार कार्कीले सौर्य मिनिग्रिड स्थापनाको योजना बनाएर पहल गरेका थिए।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लागत गरी कुल छ करोड ४२ लाख लाख ८८ हजार नौ सय ३३ रूपैयाँको लागतमा मिनिग्रिड स्थापना गरिएको हो। मिनिग्रिडबाट ककनीका एक सय ९१ घरधुरीका साथै स्थानीय विद्यालय र स्वास्थ्य संस्थामा समेत विद्युत् जडान गरिएको छ।

मिनिग्रिड आयोजना २०७९ मंसिरदेखि सुरू गरिएको थियो। आयोजनामा गाउँपालिकाले ६० लाख र हाउस वायरिङका लागि वडा नं-९ ले दुई लाख रूपैयाँ उपलब्ध गराएको थियो। मिनिग्रीटको सुविधा नपुगेको १७ घरलाई भने ५० वाटका दरले सोलार वितरण गरिएको छ।

विद्युत् सुविधासँगै अन्य थुप्रै सम्भावनाका स्रोत पनि थपिएको स्थानीयवासी नरबहादुर सुनुवारले बताए। केही वर्षअघिसम्म विकास बजेट नै नपुग्ने ककनीमा सडक, विद्युत्, खानेपानी, स्वास्थ्य इकाइसहितका सेवा पुगेपछि छोटो समयमै सुगम बनेको छ। रासस

images

प्रकाशित : १०:३६
प्रतिक्रिया दिनुहोस