शनिबार, असोज ५ गते २०८१    
images
images

टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौँ रकम

images
शनिबार, साउन १३ २०८०
images
images
टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौँ रकम

भन्सार विभागका अनुसार गत आवमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमा दुई करोड रूपैयाँभन्दा बढी रकम बाहिरिएको छ।

images
images

काठमाडौं- अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ। कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादनबिना सुदृढ हुने अवस्था रहँदैन। अझ निरन्तर ठूलो व्यापार घाटा व्यहोरिरहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ।

images
images
images

तर हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ। भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिन्छ।

पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा एक करोड रूपैयाँभन्दा बढी मूल्यको दाँत कोट्याउने सिन्को (टुथपिक) आयात भएको देखिन्छ। विभागका अनुसार गत आवमा एक करोड १३ लाख ३७ हजार रूपैयाँ मूल्य बराबरको दाँत कोट्याउने सिन्को आयात भएको छ। बाँस र काठबाट बनेको यस्तो सिन्का मुख्यतया चीनबाट भित्रिने गरेको। त्यस्तै करिब एक करोड रूपैयाँ बराबरको कपडा झुण्ड्याउने ह्यांगर आयात भएको छ। विभागका अनुसार गत आवमा दुई करोड पाँच लाख ४९ हजार रूपैयाँ मूल्य बराबरको ह्यांगर निर्यात पनि भएको छ । 

दुई करोड रूपैयाँको सियो र सेफ्टी पिन आयात

images

विभागका अनुसार गत आवमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमा दुई करोड रूपैयाँभन्दा बढी रकम बाहिरिएको छ। गत आवमा एक करोड ७३ लाख ९१ हजार रूपैयाँको सेफ्टी पिन र ६३ लाख १० हजार रूपैयाँ मूल्य बराबरको सियो आयात भएको छ। जसबाट सरकारले ६७ लाख ४९ हजार रूपैयाँ बराबरको राजस्व संकलन गरेको छ । 

एक अर्ब रूपैयाँभन्दा बढीको नटबोल्ट र स्क्रु आयात

विभिन्न यन्त्र उपकरण तथा सवारी साधानमा प्रयोग हुने नटबोल्ट र पेचकिलाजन्य वस्तु आयातमा समेत अर्बौँ रकम मुलुकबाट बाहिरिरहेको छ। सार्वजनिक विवरणअनुसार गत आवमा एक अर्ब रूपैयाँभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएका छन्। एक वर्षमा एक अर्ब २६ करोड ५४ लाख रूपैयाँभन्दा बढी मूल्य बराबरका पेचकिला (स्क्रुु) तथा बोल्ट र १४ करोड ९४ लाख ३५ हजार रूपैयाँ मूल्य बराबरको नट आयात भएको छ। विभागका अनुसार गत आवमा १५ कारोड ८५ लाख रूपैयाँ बराबरको फलाम तथा स्टिलको किला आयात भएको छ। रासस


प्रकाशित : शनिबार, साउन १३ २०८००५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend