शनिबार, मंसिर ८ गते २०८१    
images
images

स्काई वाक टावरमाथि महानगरले थाल्यो छानबिन : पार्किङ, प्रवेश शुल्क, डिजाइन र गुणस्तरसम्म अध्ययन गर्दै

images
शुक्रबार, साउन १२ २०८०
images
images
स्काई वाक टावरमाथि महानगरले थाल्यो छानबिन : पार्किङ, प्रवेश शुल्क, डिजाइन र गुणस्तरसम्म अध्ययन गर्दै

प्रवक्ता मानन्धरका अनुसार संरचना निर्माणमा महानगरपालिकामा पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरे नगरेको विषयमा समेत अध्ययन भइरहेको छ।

images
images

काठमाडौं- काठमाडौंको कमलादीमा साहसिक पर्यटनको हव बनाउने भन्दै सञ्चालनमा आएको ७८.५ मिटर अग्लो स्काई वाक टावरबारे काठमाडौं महानगरपालिकाले अध्ययन सुरू गरेको छ। 

images
images
images

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार टावर निर्माण तथा सञ्चालनमा कानूनी प्रक्रिया पूरा भए नभएको, पार्किङलगायतको अन्य व्यवस्था साथै टावर अवलोकनमा गएकासँग लिइएको शुल्कसमेत सम्पूर्ण विषयमा अध्ययन सुरू भएको हो। 

images

प्रवक्ता मानन्धरका अनुसार संरचना निर्माणमा महानगरपालिकामा पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरे नगरेको विषयमा समेत अध्ययन भइरहेको छ। महानगरले टावरको विषयमा कम्पनीसँग सबै विवरण माग्ने तयारी गरेको छ।

images

स्काई वाक टावर वन्डर्स ग्रुप प्रालिले सञ्चालनमा ल्याएको हो। यो दक्षिण एसियाकै अग्लो स्काई वाक रहेको कम्पनीको दाबी छ। दक्षिण एसियाकै अग्लो टावरमा प्रयोग भएका सामान तथा उपकरणको गुणस्तर प्रमाण महानगरले खोजिरहेको छ। 

टावरको निर्माण २०७६ मंसिरमा सुरु भएको थियो। तर कोरोनाका कारण निर्माण ढिला भएको थियो। २२ औँ तल्लामा रहेको स्काई वाकको मजा लिन सर्वसाधरणले एक हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ। कम्पनीले ८० वर्षमाथिका जेष्ठ नागरिक र ३ फिटसम्म उचाइ भएकालाई नि:शुल्क, ७० देखि ८० वर्षसम्मलाई ५ सय रुपैयाँमा टिकट उपलब्ध गराउँदै आएको छ। स्काई वाकबाट ३६० डिग्रीमा काठमाडौं उपत्यकाको दृष्य अवलोकन गर्न पाइने बताइएको छ।

परियोजना १३ रोपनी २ आना जग्गामा फैलिएको छ। ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काई वाक गराइएको छ। परियोजनाका लागि करिब २ अर्ब रूपैयाँ लगानी लागेको कम्पनीको दाबी छ। 

२५ तला रहेको टावरमा २२ तलासम्म लिफ्टबाट र बाँकी तीन तलामा सिँढीमार्फत माथि जाने व्यवस्था छ। दुईवटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ। स्काइ वाक टावरको कम्पाउण्डमा एम्फी थिएटर र फास्ट फुड रेष्टुरेन्ट रहेको छ। टावरको २३ र २४ औँ तलामा रेष्टुरेन्ट र क्लब रहेको छ।  

कम्पनीका मालिक को?

कम्पनीको बोर्ड अफ डाइरेक्टरमा अध्यक्ष आकर्षण पोखरेलसहित तेजबहादुर सिंह, खेमराज न्यौपाने, पदम न्यौपाने, आशुतोष विक्रम सिंह र सोहन श्रेष्ठ रहेका छन्। यसबाहेक अन्य करिब ५ दर्जन व्यक्तिको लगानी रहेको बुझिएको छ।

स्काइ वाकको डिजाइन रिपल कम्पनी र त्यहाँका इन्जिनियर किरण आचार्य र क्ले कन्सल्टेन्सीका जियोटेक इन्जिनियर उदायराज न्यौपानेले गरेका हुन्। यही समूहले इलामको कन्याममा यसअघि नै स्काइ वाक चलाइसकेको छ भने धनकुटाको भेडेटारमा नयाँ स्काइ वाक बनाउने तयारी पनि गरिरहेको छ। 


प्रकाशित : शुक्रबार, साउन १२ २०८००५:३३
  • सम्बन्धित विषय:

  • # #skywalk


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend