आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

राष्ट्र बैंकले सहजीकरण गरिदिएपछि बैंकहरू ऋण उठाउन केन्द्रित, साउनमै २९ अर्ब ऋण असुली

बैंकहरूमा पौने ३ खर्ब लगानीयोग्य रकम

शुक्रबार, साउन १२ २०८०
राष्ट्र बैंकले सहजीकरण गरिदिएपछि बैंकहरू ऋण उठाउन केन्द्रित, साउनमै २९ अर्ब ऋण असुली

पछिल्लो १० दिनमा बैंकहरुले २९ अर्ब ऋण उठाएका छन्। यता लगातार घटेको निक्षेप फेरी बढ्न थालेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले साउन १५ गतेसम्मलाई ऋण उठाउन सहुलियत दिएपछि बैंकहरु धमाधम ऋण उठाउन केन्द्रित भएका छन्।  

असार ३१ गतेसम्म ४८ खर्ब ७९ अर्ब रूपैयाँ ऋण लगानी रहेकोमा अहिले घटेर ४८ खर्ब ५० अर्बमा आइपुगेको छ। साउन १५ सम्म किस्ता र ब्याज तिर्ने ऋणीहरुलाई जरिवना नलाग्ने व्यवस्था गरेसँगै बैकहरु पनि ऋण उठाउनमा केन्द्रित भएका हुन्।

पछिल्लो १० दिनमा बैंकहरुले २९ अर्ब ऋण उठाएका छन्। यता लगातार घटेको निक्षेप फेरी बढ्न थालेको छ। 

बैंक, वित्तीय संस्थामा निक्षेप ५ अर्ब रुपैयाँले बढेर ५६ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ। कर्जा भने ४ अर्ब रुपैयाँले घटेर ४८ खर्ब ५० अर्ब रुपैयाँ कायम भएको छ। बैंकहरूको कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) ८३. २१ प्रतिशत कायम भएको छ। बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने व्यवस्था छ। यो प्रावधानअनुसार वाणिज्य बैंंकहरूसँग ३ खर्ब ८१ अर्ब रुपैयाँ थप कर्जा विस्तार गर्न सक्ने क्षमता छ। 

गत असार ३१ सम्म सीडी रेसियो घटेर ८१.६१ प्रतिशतमा रहेकोमा बढेर ८३.२१ प्रतिशत पुगेको छ। यता अन्तरबैंक ब्याजदर असार ३१ सम्म ०.४४ प्रतिशत रहेकोमा बढेर ६.२० प्रतिशत पुगेको छ। 

गत वर्षको साउनमा सीडी रेसियो ८८.०७ प्रतिशत पुगेको थियो। आधा दर्जन बैैंकहरुले सीडी रेसियो ९० भन्दा माथि पुगेर जरिवानमै परेका थिए। तर यो वर्ष भने सहज स्थितीमा आइपुगेको छ। स्थानीय तहको ८५ प्रतिशतसम्मको निक्षेपमा गणना भएको रकम नेपाल राष्ट्र बैंकले तानेपछि बैंकहरूमा निक्षेप घटेको छ।

स्थानीय तहको ८५ प्रतिशतसम्मको निक्षेप असार मसान्तसम्म मात्रै गणना गर्न दिएको थियो। बैंकहरूमा निक्षेप थुप्रिएको भन्दा गणना गर्न नदिएपछि निक्षेप घटेको छ। 

कुन महिना कति सीडी रेसियो? 

cd.JPG
सीडी रेसियाे


प्रकाशित : शुक्रबार, साउन १२ २०८००४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend