शनिबार, साउन १२ गते २०८१    
images
images
images

प्रादेशिक उडानमा बुद्धको छलाङ, एकैदिन ८ हजार यात्रु

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
images
images
प्रादेशिक उडानमा बुद्धको छलाङ, एकैदिन ८ हजार यात्रु

अत्याधिक वर्षाका कारण बुद्ध एयरले सुरु गरेको प्रादेशिक उडानमा यात्रु खचाखच भएका छन्। बुद्धको प्रादेशिक उडान सुरु गरेसँगै आइतबार मात्रै बुद्धले १४० उडान\अवतरण गरेको छ। बुद्ध एयरले दिएको जानकारीअनुसार कोभिडको दोस्रो लहरपछि आइतबार सबैभन्दा बढी ८ हजार यात्रुलाई सेवा दिएको समेत जनाएको छ।  

images

काठमाडौं- अत्याधिक वर्षाका कारण बुद्ध एयरले सुरु गरेको प्रादेशिक उडानमा यात्रु खचाखच भएका छन्। बुद्धको प्रादेशिक उडान सुरु गरेसँगै आइतबार मात्रै बुद्धले १४० उडान\अवतरण गरेको छ। बुद्ध एयरले दिएको जानकारीअनुसार कोभिडको दोस्रो लहरपछि आइतबार सबैभन्दा बढी ८ हजार यात्रुलाई सेवा दिएको समेत जनाएको छ।  

images
images

पोखरालाई हब बनाएर प्रादेशिक (क्षेत्रीय) उडानमा आक्रमक ढंगले लागेको बुद्ध एयरले नयाँ गन्तव्य पोखरा-सिमरा उडान सुरुसमेत गरिसकेको छ। बुद्ध एयरले भदौ १६ गतेदेखि आइतबार, बुधबार र शुक्रबार नियमित उडान सुरु गरेको थियो। बुद्धले सातामा तीन दिन पोखरा-सिमरा उडान भरिरहेको एयरलाइन्सका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए। ‘बाढी पहिरोका कारण पनि प्रादेशिक उडानमा चाप देखिएको छ,’ कर्णले भने। गण्डकी प्रदेश र २ नम्बर प्रदेशबीच सिधा उडानले दुबै प्रदेशलाई नजिक ल्याएको पर्यटन व्यवसायीले बताएका छन्। 

images

बुद्धको पोखरा-सिमरा उडानले पूर्वी नेपालका स्थानीय र सिमावर्ती भारतीय शहरका पर्यटकलाई पोखरा, मुक्तिनाथ, अन्तपूर्ण लगायत गन्तव्यमा घुफपिर गर्नका लागि यात्रा सहज बनाएको छ। पोखरा-भैरहवा उडानले भारतीय पर्यटकको आवागमन बढाउने र आन्तरिक पर्यटनमा पनि सघाउ पुर्‍याउने बुद्ध एयरको विश्वास छ। यो उडानबाट दुबै प्रदेशका जनता लाभान्वित हुनेछन्। र दुबै ठाउँको पर्यटकीय स्थलमा पर्यटकको चहलपहल बढ्ने बुद्ध एयरले जनाएको छ। यस्तै, देशकै ठूलो औद्योगिक करिडोर बारा-पर्सामा व्यापारिक गतिविधि बढाउन पनि उडानले सघाउ पुर्‍याउने विश्वास लिइएको जनाएको छ।

बुद्ध एयरले उपत्यकाबाहिर पोखरा-भैरहवा, पोखरा-भरतपुर, पोखरा-नेपालगञ्ज, भरतपुर-भैरहवा र विराटनगर-तुम्लिङटार क्षेत्रिय उडान भरिरहेको छ। बुद्धले भरतपुर र भैरहवालाई पनि हवाई सम्पर्कबाट जोडेको छ। बुद्धले यही साउन ३१ गतेदेखि भरतपुर-भैरहवा उडान सुरु गरेको हो। बुद्ध एयरका प्रवक्ता कर्णका अनुसार, आइतबार, बुधबार र शुक्रबार भरतपुर-भैरहवा उडान हुनेछ। बुद्धले १८ सिट क्षमताको बिचक्राफ्ट १९०० डी जहाजबाट क्षेत्रिय उडानहरु भरिरहेको छ।

images

बुद्धले पोखराबाट नेपालगञ्ज उडान साउन १६ गतेदेखि सुरु गरेको हो। सुरुमा हप्ताको तीन दिन आइतबार, बुधबार र शुक्रबार उडान तालिका बनाए पनि यात्रुको चाप बढेपछि सोमबार र बिहीबार पनि उडान थपेको कर्ण बताउँछन्। यो उडानले पोखरा-नेपालगञ्ज १४ घण्टा लामो बसको झन्झटपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको छ।  

अहिले १८ सिटको बिचक्राफ्ट पोखरा-नेपालगञ्ज उडान भरिरहेको बुद्धले पर्यटकीय गतिविधि बढ्न थालेपछि ठूलो जहाजबाट पनि उडान गर्ने तयारी छ। बुद्ध एयरले अहिले काठमाडौंबाट भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी, सिमरा, जनकपुर, राजविराज, विराटनगर, तुम्लिङटार र भद्रपुरमा नियमित उडान गरिरहेको छ।


प्रकाशित : सोमबार, भदौ २१ २०७८०७:४८
  • सम्बन्धित विषय:

  • # बुद्ध एयर
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend