बुधबार, वैशाख ३ गते २०८२    
बुधबार, वैशाख ३ २०८२
images
images

४ अर्ब ४५ करोडको लागतमा ५२.८ किलोमिटरको रुकुम-जाजरकोट सडकखण्ड स्तरोन्नति तथा नयाँ सडक निर्माण हुने

images
बिहीबार , साउन ११ २०८०
images
४ अर्ब ४५ करोडको लागतमा ५२.८ किलोमिटरको रुकुम-जाजरकोट सडकखण्ड स्तरोन्नति तथा नयाँ सडक निर्माण हुने
images
images

काठमाडौं- लुम्बिनी-रारा-मुगु सडकअन्तर्गत रुकुम-जाजरकोट सडकखण्ड स्तरोन्नति तथा नयाँ सडक निर्माण हुने भएको छ। ५२.८ किलोमिटर लामो सडक निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको छ।

images
images
images

जाजरकोट जिल्लाको कुसे गाउँपालिका वडा नम्बर ५, ७ र ८ नम्बरमा पर्ने सडकखण्ड निर्माणका लागि भन्दै वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको हो। सडक निर्माणका लागि भौतिक पू्र्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत योजना, अनुगमन तथा मूल्यांकन शाखा  सडक विभाग मार्फत वन तथा वातावरण मन्त्रालयमा रिपोर्ट पेस भएको थियो।

images
images

रुकुम-जाजरकोट सडक खण्ड कर्णाली प्रदेश, जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा नम्बर ५ मा पर्ने पाँचकाटीयाबाट सुरु भएर कुशे गाउँपालिका वडा नम्बर ७ समाकोट तथा नारे जस्ता बस्ती हुँदै कुशे गाउँपालिका वडा नम्बर ८ को बेहुलीढुङ्गामा अन्त्य हुनेछ। 

images
images

प्रस्तावि सडक लुम्बिनी-रारा-मुगु (लुम्बिनी, दाङ, सल्यान, चौरजहारी, जाजरकोट, जुम्ला, पंका, रारा, मुगु) अन्तर्गतको सहायक सडक खण्ड हो। यस सडक मध्य तथा उच्च पहाडी भूभागमा अवस्थित छ। सडक खण्ड बस्ती क्षेत्र, सरकारी र सामुदायिक वन, खेतियोग्य जमिन हुँदै जान्छ। प्रस्तावित सडकको चेनेज ०+००० देखि ५२+८०० सम्म रहेको छ। जसको कूल लम्बाइ ५२.८ किलोमिटर रहेको छ।

जसमध्ये चेनेज ०+००० देखि ३०+३०० सम्मको ३०.३ किलोमिटर  लम्बाई रहेको हालको औसत ४ मिटर चौडाइको सडकलाई स्तरोन्नति गर्ने र बाँकी रहेको चेनेज ३०+ ३०० देखि ५२+८०० सम्मको २२.५ किलोमिटर सडकको नयाँ ट्र्याक खोल्नु पर्नेछ। 

यस सडक खण्डलाई २ लेनको बनाई कालोपत्रे गर्न प्रस्तावित गरिएको छ।  १ मिटर को नाला सहित जम्मा सडकको चौडाई ११ मिटरको हुनेछ भने क्षेत्राधिकार ३० मिटर(सडकको बीच रेखाबाट दाँया बाँया १५/१५ मिटर) हुनेछ। उक्त सडक खण्डमा १२४ वटा ह्युम पाईप कल्भर्ट, ६ वटा स्ल्याब कल्भर्ट र चेनेज २१+५२५ मा ५० मिटर लम्बाई, चेनेज २४+१८० मा २० मिटर को पक्की पुल प्रस्ताव गरिएको छ।

यस सडकको सुधारबाट सुरक्षित पारवहन तथा सुदृढ यातायात तथा ट्राफिक व्यवस्थापन गरी सुरक्षित सडक निर्माण गर्ने योजना सडक विभाग अन्तर्गत योजना अनुगमन तथा मूल्याङ्कन शाखाको रहेको छ। यस आयोजनाको कुल लागत  ४ अर्ब ४५करोड १०लाख ९३ हजार ७ सय  रुपैयाँ प्रस्ताव गरिएको छ र अनुमानित वातावरणीय व्यवस्थापन कार्य योजनाको लागत ३ करोड ५ लाख ६० हजार रहेको छ। सडक निर्माणमा ४०.६८ हेक्टर बन क्षेत्र प्रयोग हुने छ। जसमा ६.२६ हेक्टर सामुदायिक वन पर्ने छ।

आयोजनाबाट प्रत्याक्ष प्रभावित क्षेत्रमा कुल जनसंख्या  १ हजार २ रहेको छ। सडक निर्माण २ वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको छ। ४ मिटर चौडाइबाट नाला सहित ९.५ मिटर बनाउँदा बस्ती क्षेत्रको ६.११ हेक्टर र निजी ५.२८  हेक्टर जग्गा स्थायी रुपमा आयोजनालाई आवश्यक पर्ने रिपोर्टमा उल्लेख छ। १ सय ५५ घरहरु प्रस्तावित सडक खण्ड निर्माणमा प्रभावित हुनेछन्। सडक निर्माणमा प्रतिकिलोमिटर ८ करोड ४२ लाख ९८ हजार रुपैयाँ लाग्ने छ।


प्रकाशित : बिहीबार , साउन ११ २०८००४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend