शुक्रबार, असोज १२ गते २०८०    

आफ्नो उडान नभएका ठाउँमा सेवा दिन नेपाल एयरलाइन्सले गर्‍यो चार एयरलाइन्ससँग सम्झौता 

images
बिजनेस न्युज
आफ्नो उडान नभएका ठाउँमा सेवा दिन नेपाल एयरलाइन्सले गर्‍यो चार एयरलाइन्ससँग सम्झौता 

यात्रु ओसारपसार तथा साटफेरिका लागि एयरलाइन्सले विभिन्न चार एयरलाइन्ससँग सम्झौता गरेको हो। 

images

काठमाडौं- नेपाल एयरलाइन्सले ९ गन्तव्यका लागि चार एयरलाइन्ससँग द्विपक्षीय सम्झौता गरेको छ। 

images

यात्रु ओसारपसार तथा साटफेरिका लागि एयरलाइन्सले विभिन्न चार एयरलाइन्ससँग सम्झौता गरेको हो। 

images

अष्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र वहराइनका लागि एयरलाइन्सले विभिन्न एयरलाइन्ससँग 'स्पेशल प्रोरोयट एग्रिमेन्ट(एसपीए)' गरेको हो। 

images

जापानको टोकियो, बेलायतको लन्डन, जर्मनको फ्र्यांकफर्ट, फ्रान्सको पेरिसका लागि एयरलान्सले सम्झौता गरेको हो। 

images

नेपाल एयरलाइन्सले आफ्नो उडान नभएका ठाउँमा पनि यात्रुलाई सेवा दिनका लागि यस्तो सम्झौता गरेको हो। यसमा नेपाल एयरलाइन्सले काठमाडौंबाट लन्डनका लागि टिकट काट्ने छ। जसमा नेपाल एयरलाइन्सको जहाजमा यहाँबाट लन्डनसम्म लिनेछ भने त्यहाँबाट एमिरेट्स एयरलाइन्सले यात्रु लिनेछ। त्यस्तै एमिरेट्सले लन्डनबाट ल्याएर दुबईबाट नेपाल एयरलाइन्सले काठमाडौं ल्याउने छ। 

images

प्रकाशित : बिहीबार , कात्तिक २५ २०७८०४:३१
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ