आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर चार दशककै न्यून 

images
बिहीबार , साउन ११ २०८०
images
निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर चार दशककै न्यून 

न्यून सरकारी खर्च, अर्थतन्त्रमा देखिएको शिथिलता, तरलता अभावका कारणले बढेको ब्याजदरका कारणले गर्दा कर्जा प्रवाह अपेक्षित नभएको राष्ट्र बैंकले उल्लेख गरेको छ। 

images
images

काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा निजी क्षेत्रमा जाने ऋणको वृद्धिदर पछिल्लो चार दशककै न्यून हुने भएको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकको गरेको प्रक्षेपणअनुसार गएको आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा ४८ खर्ब ७७ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। गएको आर्थिक वर्षमा कुल १ खर्ब ८८ अर्ब ३३ करोड रुपैयाँ कर्जा निजी क्षेत्रमा प्रवाह भएको छ। 

images
images

आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म ४६ खर्ब ८८ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। सो वर्ष कुल ५ खर्ब ४९ अर्ब ४४ करोड कर्जा प्रवाह भएको थियो। 

images
images

आर्थिक वर्ष २०७८/७९ को तुलनामा गएको आर्थिक वर्षमा ४ प्रतिशतले निजी क्षेत्रमा जाने कर्जा बढेको छ। यो पछिल्लो चार दशककै न्यून वृद्धिदर हो। यसअघि आर्थिक वर्ष २०३९/४० मा २ प्रतिशतले यस्तो कर्जा विस्तार भएको थियो। 

२०४६ सालको राजनीतिक परिवर्तनपछिको उदार आर्थिक व्यवस्था सुरू भएपछि यसअघि एक पटकमात्र एकल अंकमा निजी क्षेत्रमा जाने ऋणको वृद्धिदर सीमित भएको थियो। आर्थिक वर्ष २०५८/५९ मा ५.२ प्रतिशतले ऋणको वृद्धिदर कायम भएको थियो। 

त्यसपछि भूकम्प तथा कोरोना महामारीको समयमा पनि एकल अंकमा वृद्धिदर सीमित भएको थिएन। जुन गएको आर्थिक वर्षमा ऋणको वृद्धिदर चार प्रतिशतमा सीमित हुने भएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार गएको आर्थिक वर्षमा विविध कारणले गर्दा ऋणको विस्तार अपेक्षित नभएको हो। राष्ट्र बैंकले गएको वर्ष १२.५ प्रतिशतले कर्जा विस्तारको लक्ष्य लिएको थियो। न्यून सरकारी खर्च, अर्थतन्त्रमा देखिएको शिथिलता, तरलता अभावका कारणले बढेको ब्याजदरका कारणले गर्दा कर्जा प्रवाह अपेक्षित नभएको राष्ट्र बैंकले उल्लेख गरेको छ। 


प्रकाशित : बिहीबार , साउन ११ २०८०००:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend