शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

१ खर्ब २३ अर्बमा बन्ने ४१७ मेगावाटको नलगाड हाडड्रोपावरको वातावरणीय प्रभाव मूल्यांकन सार्वजनिक, निर्माण सम्पन्न कहिले?

images
बुधबार, साउन १० २०८०
images
१ खर्ब २३ अर्बमा बन्ने ४१७ मेगावाटको नलगाड हाडड्रोपावरको वातावरणीय प्रभाव मूल्यांकन सार्वजनिक, निर्माण सम्पन्न कहिले?
images
images

काठमाडौं- वन तथा वातावरण मन्त्रालयले कर्णाली प्रदेशको जाजरकोट जिल्लामा निर्माण हुने नलस्याउगाड (नलगाड) जलविद्युत आयोजना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरेको छ।

images
images
images

जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नम्बर २,५, ७ र ८ र बारेकोट गाउँपालिको वडा नम्बर १, २, ५, ६, ७, ८ र ९ लाई प्रत्यक्ष प्रभावित पार्ने नलगाड हाडड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माण हुने प्रस्तावित नलस्याउगाड जलाशययुक्त ४ सय १७ मेगावाट आयोजनाको वातावरणीय प्रभाव रिपोर्ट सार्वजनिक गरिएको हो।

images
images

प्रस्तावित आयोजना तथा पहुँच सडक तथा विभिन संरचनाहरूको निर्माणका लागि ६२९.७९ हेक्टर जग्गा आवश्यक पर्ने रिपोर्टमा उल्लेख छ। जसमा निजी स्वामित्वको जग्गा ४३२ हेक्टर रहेको छ। त्यसमा पनि व्यक्तिगत जग्गा ४२९ हेक्टर रहेको छ भने आयोजनाको स्वामित्वमा भने २ हेक्टर मात्रै जग्गा रहेको छ। आयोजनाको लागि आवश्यक जग्गामध्ये १९८ हेक्टर जग्गा सरकारी जग्गा रहेको छ।

images
images

आयोजनाको इन्टेक साइट सम्मको जलाधार क्षेत्र ५६९ वर्गमिटर रहेको छ। रिपोर्टमा औसत वर्षा २ हजार १ सय २४ मिमि, बाढी डिस्चार्ज ६५३ घनमिटर प्रतिसेकेन्ड र १९७५ घनमिटर प्रतिसेकेन्ड सम्भावित अधिकतम बाढी ५ हजार ५१ घनमिटर प्रतिसेकेन्ड र जलाशयको क्षेत्रफल ६.०३ वर्गकिलोमिटर रहने प्रस्ताव गरिएको छ।

जलाशययुक्त आयोजनाको ऊर्जा उत्पादन क्षमता सुक्खा मौसममा ६०४.९ गिगावाट/प्रतिघण्टा रहेको छ। वार्षिक ऊर्जा उत्पादन क्षमता भने १२८०.४ गिगावाट प्रतिघण्टा रहेको छ। जलाशयको कुल भण्डारण क्षमता ४७४ मिलियन घनमिटर रहेको छ। आयोजनाबाट १ हजार १ सय ७२ घरपरिवारका ७ हजार २ सय ८४ जनसंख्या प्रभावित हुने रिपोर्टमा उल्लेख छ।

डीपीआर तयार

नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रतिवेदन तयार भएको छ। ३१ महिनाभित्र पूरा गर्नुपर्ने उक्त प्रतिवेदन सात वर्षपछि तयार भएको हो।

विसं २०७३ मा ३१ महिना भाका राखेर अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लुएच र नेपालको उदय जेभीले विस्तृत अध्ययन, बोलपत्र आह्वानको तयारी तथा डीपीआर बनाउने ठेक्का पाएको थियो। नियमानुसार विसं २०७६ मा नै डीपीआर तयार गरिसक्नुपर्नेमा सात वर्षपछि मात्र तयार भएको आयोजनाको भनाइ छ।

परामर्शदाताले दिएको अन्तिम प्रतिवेदन आयोजनाले जाँचका लागि नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) लाई उपलब्ध गराउँदा सकारात्मक प्रतिक्रिया दिएपछि डीपीआरको काम पूरा भएको हो। आयोजनाका अनुसार उक्त आयोजना निर्माणस्थल समुन्द्री सतहदेखि एक हजार पाँच सय ८० मिटरसम्मको उचाइमा पुग्नेछ। 

यहाँ पाँच सय ४५ मिटर चौडाइ र दुई सय १० मिटर अग्लो जलाशय बन्नेछ। आठ हजार तीन सय मिटर लामो भूमिगत सुरूङ निर्माण गरी चार सय १७ मेगावाट विद्युत् उत्पादन हुने डीपीआरमा उल्लेख गरिएको छ। १ खर्ब २३ अर्ब लागत अनुमान गरिएको आयोजनाको काम साढे ६ वर्षमा  निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

वातावरणीय व्यवस्थापनमा अनुमानित लागत ५६ अर्ब रूपैयाँ लाग्ने आयोजनाले बताएको छ।  प्रस्तावित आयोजनाको  मुख्य संरचानहरूमा पहुँच सडक र पुल, डाइभर्ज टनेल, कफर बाँध, मुख्य बाँध, इनटेक संरचना, स्पिलवे, हेडरेस टनेल, सर्ज  साफ्ट, भर्टिकल साफ्ट, हाइ प्रेसर टनेल, विद्युत गृह र टेलरेस निर्माण हुने रिपोर्टमा उल्लेख छ।


प्रकाशित : बुधबार, साउन १० २०८००४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend