बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

साउनमा घट्यो बैंकहरूको आधार दर, कुनको कति ?

images
बुधबार, साउन १० २०८०
images
साउनमा घट्यो बैंकहरूको आधार दर, कुनको कति ?
images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो साउन महिनामा बैंकहरूको आधार दर घटेको छ। बैंकहरूको जेठसम्म तीन महिनाको औसत आधार दरको तुलनामा असारसम्ममा यस्तो औसत आधार दर ०.१६ प्रतिशत बिन्दुले घटेको छ। जेठसम्ममा यस्तो आधार दर ०.१० प्रतिशतले घटेको थियो। आधार दर घट्दा बैंकहरूले जारी गर्ने कर्जाको ब्याजदर समेत घट्छ।

images
images
images

यता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरमा कटौती गरेको छ। अस्थिर बन्दै गएको ब्याजदर नीतिमा स्थायित्व कायम गर्न राष्ट्र बैंकले नीतिगत दरमार्फत सुधारको संकेत गरेको छ। 

images
images

नीतिगत दरलाई ०.५ प्रतिशत घटाएर ६.५ प्रतिशतमा झारेको छ। योसँगै बैंकहरूलाई राष्ट्र बैंकले ब्याजदर घटाउने संकेत गरेको छ। राष्ट्र बैंकले निक्षेप बोलकबोल दरलाई एक प्रतिशत बिन्दुले घटाएको छ। ५.५ प्रतिशतसम्म बोली लगाउँदै आएका बैंकहरूले अब ४.५ प्रतिशतसम्म लगाउन पाउने छन्। राष्ट्र बैंकले बैंक दरलाई ७.५ प्रतिशतमा कायम राखेको छ।

images
images

अब आधारदर सस्तो भएका बैंकहरूको ऋणको ब्याजसमेत सस्तो हुनेछ। बैंकले कर्जामा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडिने छ। आधार दरमा केही प्रतिशत प्रिमियम थप गरेर बैंकहरूले ऋण लगानी गर्दछन्। त्यसैले बेस रेट बढ्दा ब्याजदर पनि बढ्दै जान्छ, आधार दर घट्दा ब्याजदर पनि घट्दै आउँछ। 

‘स्प्रेडदर घटाउनै पर्ने बाध्यताले पनि ऋणको ब्याजदर घट्दैछ,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने। निक्षेपको नघटे पनि ऋणको भने ब्याजदर घट्दो ट्रेण्डमा रहेको अध्यक्ष केसी बताउँछन्। अहिले आधारदर घटाएर सार्वजनिक गरिरहेकोले ऋणको ब्याजदर घट्ने निश्चित रहेको अध्यक्ष केसी बताउँछन्। ‘स्प्रेडदर ४‍.२ बाट ४ प्रतिशतमा ल्याउनुपर्ने भएकोले पनि ऋणको ब्याजदर घटेको हो,’ अध्यक्ष केसीले भने। 

चैत, बैशाख र जेठ महिनामा १६ वटा वाणिज्य बैंकको औसत आधारदर १०.३७ प्रतिशत रहेकोमा बैशाख, जेठ र असारको औसत आधार दर १०.२१ प्रतिशत छ। राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आउने महिनाको लागि त्यस अघिका हरेक तीन महिनाको औसत अनुसार आधार दर तय गर्न सक्ने व्यवस्था गरेको छ।

बैंक      असारको लागि  साउनको लागि
नबिल बैंक ९.६५   ९.५२
सानिमा बैंक १०.५२ १०.३६
एनएमबी बैंक  १०.४५  १०.३७
नेपाल एसबीआई १०.८५ १०.७४
कृषि विकास बैंक १०.२१ १०.१४
कुमारी बैंक १०.८८ १०.८७
सिटिजन्स बैंक १०.९५ १०.७२
प्राइम बैंक १०. ८४ १०.६९
सनराइज बैंक  ११.१४ १०.९३
माछापुच्छ्रे बैंक  १०.९२ १०.७४
एनआइसी एशिया बैंक १०.३५ १०.१८
ग्लोबल आइएमई बैंक १०.३७  १०.२
प्रभु बैंक  १०.३६ १०.०६
सिद्धार्थ  बैंक  १०.२१ १०.०३
राष्ट्रिय वाणिज्य बैंक  ८.२४ ८.०२
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १०.०६ ९.८४

      


प्रकाशित : बुधबार, साउन १० २०८००१:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend