आइतबार, वैशाख २३ गते २०८१    
images
images

नेपाली चियालाई दार्जिलिङको छायाबाट मुक्त गर्ने अभियानमा कस्सिएका नेपाली युवा

images
images
images
नेपाली चियालाई दार्जिलिङको छायाबाट मुक्त गर्ने अभियानमा कस्सिएका नेपाली युवा

नेपालको चियालाई मास ब्रान्ड होइन प्रिमियम ब्रान्डका रुपमा विश्व बजारमा बिक्री गर्नुपर्ने। मासमा जाँदा भारत र चीनजस्ता ठूला खेलाडीसँग प्रतिस्पर्धा कठिन हुने छ। 

images
images

काठमाडौं- मुलुकको अर्थतन्त्रमा पछिल्लो समय बाह्य क्षेत्रको असन्तुलन मुख्य चुनौतीको रुपमा देखिएको छ। बढ्दो व्यापार घाटाको खाडल पुर्नु सरकारका लागि स्थायी चिन्ता बनिरहेको छ।

images
images
images

ब्यापार घाटा न्यूनीकरण गर्नका लागि आन्तरिक उत्पादन बढाउने तथा निर्यात पनि गर्ने भनेर व्यापार रणनीति बन्न थालेको पनि तीन दशक भइसकेको छ। उदारीकरणपछिको उदार व्यापार नीतिमा बनेका यस्ता नीति असफल भइसकेका छन्। विश्व बजारमा प्रतिस्पर्धी बन्नसक्ने वस्तुको छनौट गरिए पनि त्यस्ता वस्तुको प्रगति भएको छैन। 

images

विश्व बजारमा बिक्री हुनसक्ने नेपालको आफ्नै एउटा उत्पादन हो चिया। नेपालमै गुणस्तरीय उत्पादन हुने भएपनि नेपाली चिया व्यापारको कथा भने राम्रो छैन। 

images

नेपाली चियाको व्यापार भारतसम्ममात्र सीमित रहेको छ। विश्व बजारको मुख्य निर्यातक देश भारतमै हाम्रो चियाको मुख्य बजार रहँदै आएको छ। नेपाली चियालाई नेपालकै पहिचान दिएर तेस्रो बजारमा निर्यात गर्नका लागि सरकार तथा निजी क्षेत्र असफल हुँदै आएको छ। अझ चियाको व्यावसायिक उत्पादनदेखि शैलीसम्म भारतको दार्जिङकै प्रभाव रहेको नेपाली चिया भारत गएर भारतीय पहिचानबाटै तेस्रो मुलुकमा जाने गरेको तीतो यथार्थ रहेको छ। तेस्रो मुलुकमा नेपाली चियाको प्रभावशाली पहिचान अझै बनिसकेको छैन। 

images
images

नेपालका उत्पादकहरू आफैले व्यक्तिगत पहलमा तेस्रो मुलुकमा निर्यात गरेपनि त्यसको व्यवस्थित र कर्पोरेट व्यवस्थापन भने हुन सकेको छैन। नेपाली चियाको पहिचान बनाएर विश्व बजारमा लैजाने प्रयास अझै प्रभावकारी भएको छैन। लामो समयदेखि नेपालको चिया जतिसुकै गुणस्तरीय भएपनि भारतीय छायाबाट उम्किन सकेको छैन। 

यही एउटा असफल अभियानलाई साकार पार्नका लागि नेपाली युवाहरूको एक टिम कस्सिएको छ। पुर्ख्यौली चियाको खेतीमा नजिक रहेका युवाले व्यक्तिगत रुपमा छ वर्षअघि स्थापना गरेको कम्पनी अहिले नेपाली चियाको आक्रामक ब्रान्डिङको महात्वकांक्षासहित अघि बढेको छ। 

निश्चल बाँस्कोटा र प्रतिक रिजालको नेतृत्वमा स्थापना भएको 'नेपाल टी कलेक्टिभ'मा अहिले अमिगो खड्गा पनि जोडिएका छन्। अमेरिकामा स्थापना भएको यो कम्पनीको सुरूमा पारिवारिक रुपमा उत्पादित चियालाई बिक्री गर्नु मुख्य उद्देश्य रहेको थियो। स्थापनाको पाँच वर्षसम्म यसैगरी चलेको कम्पनीमा खड्कासहितको टिम बनेपछि भने ब्रान्डिङ गरेरै चिया व्यापारमा नयाँ अध्याय सुरू गर्ने जमर्कोमा लागेको छ। 

‘पारिवारिक उत्पादनको बिक्रीको लक्ष्यसहितमात्र अघि बढेको कम्पनी अब नेपाली चियाको पहिचान स्थापित गरेर विश्व बजारमा पठाउने उद्देश्यसहित अघि बढेका छौँ’ सहसंस्थापक अमिगो खड्काले भने। 

कुनै पनि वस्तु व्यापारमा गुणस्तर र फेभर मुख्य कुरा भएपनि लिगेसी र आकार पनि उत्तिकै महत्वपूर्ण हुन्छ। नेपालका सन्दर्भमा यी कुनै पनि कुरामा त्यति सुविधाजनक भएनन्। चियाका ठूला जायन्ट चीन र भारत नेपालका छिमेकमा छन्। विरासत र अहिलेको बजार साथै उत्पादन सबै हिसाबले भारत र चीन संसारकै ठूला हुन्। 

tea.jpeg

यति ठूला उत्पादकको बीचमा रहेको नेपाली चियाले आफ्नो पहिचान बनाउन अझै संघर्ष गरिरहेको छ। कठिन व्यापारिक चक्र तोडिएर संसारमा इन्टरनेटमा आधारित व्यापारको युग सुरू भइसक्दा पनि नेपाली चिया अझै पनि भारतीय बजारकै लागि संघर्ष गरिरहेको छ। 

चियाका सबैभन्दा ठूला बजार पनि एसियामै रहेका छन्। एउटा तथ्यांकअनुसार चीनको चियाको बजार लगभग सय अर्ब डलरको छ। त्यस्तै दोस्रोमा भारतमा १५ अर्ब र जापानको १४ अर्बको छ। तेस्रोमा अमेरिका १३, ब्राजिल ११, टर्की ६ अर्ब डलरको छ। ५ अर्ब र ४ अर्बसहित थाइल्यान्ड र इन्डोनेसिया रहेका छन्। सर्वव्यापी पेयको मान्यता पाएको चियाको विश्व बजार रफ्तारमा छ। निर्यात बजारले पनि उत्तिकै तीव्रता पाएको छ। 

चियाको बजार पनि छ, नेपालसँग उत्पादन पनि छ र गुणस्तरीय पनि छ। ‘त्यतिमात्र होइन हामीसँग युनिक स्वादको चिया पनि छ। जब सबथोक छ भने हामीले किन बजारीकरण नगर्ने’  खड्का भन्छन्, 'गुणस्तर राम्रो छ तर विश्व बजारमा ब्रान्डिङ गर्न कठिन छ। भारतबाट आउने ट्रकमा उनीहरूकै मोलमा दिन नेपाली किसान बाध्य हुन्छन्। भारत आफै ठूलो निर्यातक हो। उसले दार्जिलिङ चिया भनेर बिक्री गर्छ। हाम्रै चिया अरुको नामबाट युरोप तथा अमेरिकी बजारमा गएको छ। यस्तोमा हामी आफैले नेपाली पहिचान दिनुपर्छ र सकिन्छ भन्ने विश्वासमा म यो कम्पनीमा जोडिएको हुँ।’ 

उपाय सिटी कार्गको सफल स्थापना गरिसकेको अनुभव भएका खड्का नेपाली चियालाई विश्व बजारमा स्थापित गरेरै छाड्नै अठोटमा छन्। 

कुनै पनि खानाको स्वाद भनेको ‘एब्सुलुट’ हुँदैन। व्यक्तिगत रुची र अवस्थामा भर पर्छ। नेपालको चिया संसारकै गुणस्तरीय भन्ने कुरा पनि हुँदैन। तर नेपाल टी कलेक्टिभको चियाले अहिलेसम्म ब्लाइन्ड टेस्टमा एक दर्जन अवार्ड पनि जितिसकेको छ। 

अहिलेसम्म एक करोड कप चिया बिक्री गरिसक्दा उपभोक्ताको रेटिङ राम्रो रहेको उनको भनाइ छ। अमेरिकालक्षित बजारीकरण गरिरहेको कम्पनीले पछिल्लो दुई वर्षमा राम्रो रेस्पोन्स पाएको उनले बताए। यो कम्पनीले अहिलेसम्म कञ्चनजंघा टी स्टेटलगायत सातवटा फार्मबाट उत्पादन भएको चियालाई प्याकेजिङ गरेर अमेरिका, क्यानडा पठाउने गरेको छ। 

नेपाल टी कलेक्टिभले अमेरिकी बजारलाई लक्षित गरेर कारोबार गरिरहेको छ। कम्पनीको मुख्य उद्देश्य भनेको नेपाली चियाको ब्रान्डिङ गर्नु हो। चियाको ब्रान्डिङ गरेर विश्व बजारमा पहिचान बनाउनका लागि आफूहरू लागिपरेको खड्कको भनाइ छ। 

ब्रान्डिङ सजिलो भने छैन। नेपालमा व्यावसायिक रुपमा चियाको उत्पादनको लामो समय र निर्यात र बजारीकरणमा लागेका व्यवसायीको ठूलै संख्या छ। तर अधिकांशले सजिलो बाटो समातेका छन्। बोरामा हालेर कि भारतीय बजारमा बिक्री गर्छन् कि त नेपालमै बिक्री गर्छन्। तेस्रो मुलुकमा निर्यात गर्नेहरूले पनि मूल्यमै मख्ख पर्छन्, ब्रान्डिङको झन्झटमा लागेका छैनन्। 

‘जबकि संसारको हाइ अल्टिच्युडमा उत्पादन हुने चिया हाम्रोमै हुन्छ। स्वादमा पनि अलि फरक छ। यस्ता कयौँ कुरा छन् जसबाट हामी ब्रान्डिङ गर्न सक्छौँ’ खड्का भन्छन्। 

नेपाल टी कलेक्टिभले अहिले अमेरिकी बजारमा यस्तै काम गरिरहेको उनको भनाइ छ। यो कम्पनीले नेपालमा चिया संकलन गरेर प्याकेजिङ र ब्रान्डिङ गर्छ। त्यसलाई अमेरिकी बजारमा लैजान्छ। विभिन्न उपकरणको प्रयोगमार्फत ग्राहकसम्म पुग्छ। 

चियासँगै स्टोरी टेलिङले गर्दा पनि उत्पादनप्रतिको आकर्षण बढाइरहेको खड्काको भनाइ छ। 

‘चियाको प्याकेटसँगै हामी त्यसको स्टोरी पनि भन्छौँ। कुनै पनि अमेरिकी उभपोक्ताले चियाको प्याकेट खरिद गरेपछि त्यो चिया कहाँ र कसले उत्पादन गरेको हो, कुन हावापानीमा उत्पादन भएको हो भन्नेसम्मको जानकारी हुन्छ। त्यस्ता स्टोरीले एउटा अट्याचमेन्ट सिर्जना गर्छ’ खड्का भन्छन्,’त्यस्तै ठूला कर्पोरेट कम्पनीमा चिया टेष्टका लागि हामी पठाउँछौँ र त्यसपछि उनीहरूलाई चिया उत्पादकसँग अनलाइनबाट जोड्छौँ। यस्ता कथाले पनि चियाको ब्रान्डिङ भइरहेको छ।’ 

बजारीकरण र ब्रान्डिङमा अहिलेसम्मको भएको उपलब्धीबाट खड्काको टिम उत्साहित छ।

नेपालको चियालाई मास ब्रान्ड होइन प्रिमियम ब्रान्डका रुपमा विश्व बजारमा बिक्री गर्नुपर्ने खड्काको भनाइ छ। मासमा जाँदा भारत र चीनजस्ता ठूला खेलाडीसँग प्रतिस्पर्धा कठिन हुने उनको बुझाइ छ। 

‘नेपालमा उत्कृष्ट चिया उत्पादन हुन्छ तर त्यो महँगो हुन्छ र राम्रो पनि हुन्छ यही सन्देश दिने हो’ उनले भने, 'स्थापित ब्रान्डसँग पनि प्रतिस्पर्धा हुनसक्छ जस्तो स्कच ह्विस्कीका पारखीहरूले अन्य देशको ह्विस्की पनि लिइरहेका हुन्छन् र अरुले पनि आफ्नो पहिचान बनाएका छन्। ठीक यसैगरि हामीले नेपाली चियाको ब्रान्ड बनाउन सक्छौँ।’

नेपाली चियाको ब्रान्डलाई विश्वमा पुर्‍याउने भनेर कस्सिएको नेपाल टी कलेक्टिभका लागि वित्तीय स्रोत अर्को चुनौती हो। यो कम्पनीले पहिलो चरणमा ७ करोड रुपैयाँसम्म लगानी उठाउने योजना बनाएको थियो। जसमा पाँच करोड रुपैयाँसम्म भइसकेको छ। लगानीका हिसाबले समस्या नरहेको खड्काको भनाइ छ। 

tea.jpeg
कम्पनीको टी टुरिज्म अन्तर्गत बगानमा रमाएका विदेशी 

चियाको बजारीकरण त्यो पनि विश्व बजारमा भन्ने कुरा यति लगानी र संरचनाबाट पक्कै पनि सम्भव छैन। यसका लागि चियाको गुणस्तरीय भण्डारण, उत्पादकहरूको सञ्जाल र उनीहरूको लाभको पनि ग्यारेन्टी हुनुपर्छ। यो सबैका लागि कम्पनीसँग योजना तयार छ। पछिल्लो दुई वर्षदेखि कम्पनीले जब आक्रामक रणनीति लियो त्यसपछि दोबर आम्दानी बढिरहेको छ। गएको वर्षमात्र पाँच करोडको व्यापार गरेको यो कम्पनी यो वर्ष पनि दोबर नै बढ्ने विश्वासमा छ। 

अहिलेको आम्दानीसँगै लगानी विस्तार गर्ने र प्रणाली र पूर्वाधार बनाउने योजना सञ्चालकहरूको छ। तर पनि विश्व बजारको अभियानका लागि आवश्यक लगानी भने अपर्याप्त छ। यसका लागि एउटा फुलफिलमेन्ट सेन्टरको आवश्यकता कम्पनीका लागि छ। यो सेन्टर भनेको कुनै पनि चिया उत्पादकले ल्याएर भण्डारण गर्न सक्छन् कम्पनी आफैले लामो समयका लागि भण्डारण गर्न सक्छ। यस्तो भण्डारणको व्यवस्था भएपछि बजारमा माग धेरै हुँदा पठाउने न्यून हुँदा होल्ड गर्नसक्छ। तर यस्तो सेन्टर कम्पनी आफैले निर्माण गर्नेभन्दा पनि साझेदारीको अपेक्षा गरेको छ। जसका लागि तयारी अघि बढिसकेको खड्काले जानकारी दिए। 

‘यो सँगै नेपालको विश्वव्यापी हुने उत्पादनमा चिया एउटा हो। दहीमा ग्रिक योगर्ट भन्ने हुन्छ, पाकिस्तानको लेदर र भारतको मसला हुन्छ। त्यस्तै नेपालको चिया भनेपछि पहिचान बनाउने भन्ने हाम्रो भिजन छ। यसमा हामी सफल हुन्छौँ’ खड्काले भने। 

यो कम्पनीले चियाको विश्व बजारमा व्यापारमात्र होइन। विश्वका चियाका पारखीहरूलाई अनुभव पनि साट्न खोजेको टी टुरिज्मको माध्यमबाट। यसको प्याकेज बनाएरै कम्पनीले बिक्री गरिरहेको छ। कुनै पनि विदेशीले यस्तो प्याकेजको टिकेट र भिसाबाहेक ३३ सय डलर तिर्नुपर्छ। यो प्याकेज लिनेहरूले नेपालकै चिया बगानसम्म पुग्छन् चिया कसरी र कसले उत्पादन गर्छ आफै हेर्छन् र अनुभव लिन्छन्। हालसम्म यस्तो प्याकेज २६ जनाले लिइसकेका छन्। 

यसबाट पनि नेपाली चियाको पहिचान विस्तार हुने खड्काको भनाइ छ। सँगै चिया उत्पादकहरूका लागि पनि आम्दानीको स्रोत बन्छ। यस्तो प्याकेजमा जानेहरूले खाँदा बस्दा तिर्ने खर्च उनीहरूको आम्दानी हुन्छ। उत्पादकहरूको पनि लाभ हुनेछ। 

कम्पनीले आफ्ना उत्पादन नेपाली बजारका लागि पनि उपलब्ध गराएको छ। विश्व बजारसँगै नेपालकै उपभोक्ताले पनि स्वाद लिच चाहेमा दराज डटकम वा कम्पनीकै वेबसाइटबाट पाउनसक्छन्। 

 

images

प्रकाशित : बुधबार, साउन १० २०८००३:३२

प्रतिक्रिया दिनुहोस