मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

३ दिनमै नेप्सेमा १५८ अंकको गिरावट, किन घटिरहेछ बजार?

images
बिहीबार , कात्तिक २५ २०७८
images
images
३ दिनमै नेप्सेमा १५८ अंकको गिरावट, किन घटिरहेछ बजार?
images
images

काठमाडौं- तिहारपछि कारोबार भएको लगातार तीन दिन २२, २३ र २५ गते नै सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।

images
images

कात्तिक १७ गते तिहारअघि कारोबारको अन्तिम दिन बुधबार नेप्से ५.२२ अंकले बढेर २८४८.८४ बिन्दुमा रोकिएको थियो। तिहारपछि सेयर बजारमा  उत्साह आउने आँकलन भएको थियो। तर तिहारपछि तीन दिन नै सेयर बजारमा लगातर दोहोरो अंकमा गिरावट आएको छ।

images
images

वाणिज्य बैंक, विकास बैंक, बीमा कम्पनी, लघुवित्त कम्पनीहरूले लाभांश घोषणा गरिरहे पनि बजार बढ्न सकेको छैन।

images
images
images

कात्तिक २५ गते बिहीबार पनि नेप्से ५९.५७ अंकले घटेको २६९०.२९ बिन्दुमा रोकिएको छ। 

बिहीबार ५ अर्ब ११ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कुल १ सय ८७ कम्पनीको कारोबार हुँदा १६ कम्पनीको सेयर बढेको छ। १७१ कम्पनीको सेयर घटेको छ। तीन दिनमै  सेयर बजारमा १५८.५६ अंकको गिरावट आएको छ।

तिहारपछि पहिलो  दिन २२ गते सोमबार नेप्से १९.२० अंकले घटेर २८२९.६५ बिन्दुमा रोकिएको थियो।

यसैगरी सोमबार १९ अंकले घटेको बजार मंगलबार झनै घटेको थियो। मंगलबार सेयर बजार परिसूचक नेप्से ७९.७९ अंकले घटेर २७४९.८६ बिन्दुमा रोकिएको थियो।

बढ्ने अनुमान गरिएको बजार घटिरहेको भए पनि यसमा कुनै ठूलो कारण नरहेको विश्लेषक विष्णु प्रसाद बस्याल बताउँछन्।

‘बजार सिधै एकैपटकमा माथि जाने भन्ने पनि होइन र सिधै तल झर्ने पनि होइन’, उनले भने ‘२४८० देखि २८८० सम्म ४ सय अंकले बजार बढेपछि केही करेक्सन त अवश्य पनि हुन्छ। अहिले २ सय अंक पनि घटेको छैन। घटनु नराम्रो पनि होइन, बजार घट्न पनि पाउँछ नि।’

बजार घट्नुमा मौद्रिक नीतिको समीक्षाको पर्खाइ र प्राविधिक कमजोरी जे भन्दा पनि फरक नपर्ने उनको तर्क छ।


प्रकाशित : बिहीबार , कात्तिक २५ २०७८०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend