शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

डोल्पामा १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने, लागत कति?

images
मंगलबार, साउन ९ २०८०
images
डोल्पामा १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने, लागत कति?
images
images

काठमाडौं- कर्णाली प्रदेशको डोल्लामा १ सय ६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ। वन तथा वातावरण मन्त्रालयले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन राय सुझावका लागि सार्वजनिक गरेको छ।

images
images
images

विद्युत विकास विभागमार्फत ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले रिपोर्ट वन मन्त्रालयमा पेस गरेको हो। प्रस्तावक जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ। आयोजनाको कुल लागत १९ अर्ब ९० करोड र प्रतिमेगावाट लागत १८ करोड ७६ लाख रहेको छ। 

images
images

नेपालका प्राय जलविद्युत आयोजनाहरू नदी प्रवाहमा आधारित भएको अवस्थामा हिउँद र सुक्खा मौसममा राष्ट्रिय उत्पादन र मागबीचको असन्तुलनको समस्याको समाधान गर्दै बढ्दो ऊर्जाको माग परिपूर्ति गर्नका लागि मूलतः विद्युतको उच्च माग हुने समयमा विद्युत उत्पादन गर्ने अर्धजलाशय प्रकृतिको जलविद्युत आयोजना आवश्यक देखिन्छ।

images
images

जलविद्युतको कुल जडित क्षमता र उत्पादन वृद्धि गर्ने, विदेशबाट आयात घटाउने र स्वच्छ ऊर्जाको प्रबर्द्धन गर्ने नेपाल सरकारको लक्ष्य हासिल गर्न सहयोग पुर्‍उने गरी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा १०६ मेगावाट क्षमताको जगदुल्ला अर्थ जलाशययुक्त जलविद्युत आयोजनाको प्रस्ताव गरेको हो।

विद्युत उत्पादन कम्पनी लिमिटेडले आफ्नो सब्सिडियरी कम्पनी को रुपमा  २०७४ मा जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडको स्थापना गरेको थियो। एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड परामर्शदाता रहेको प्रस्तावित आयोजना कर्णाली प्रदेशको डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा प्रस्ताव गरिएको छ। 

प्रस्तावित आयोजनाको मुख्य बाँध आकस्मिक स्पिल्वे प्रकारको, नदीको पिंधको स्तरबाट २३ मिटर अग्लो हुनेछ। आयोजनाको जलाशयको सतहको कुल क्षेत्रफल ४८ हजार २ सय ७६ वर्गमिटर हुनेछ। जलाशयको व्याक्वाटर करिब ५ सय मिटर लम्बाइमा फैलिएको हुनेछ। 

पूर्ण आपूर्ति स्तरमा जलाशयको कुल क्षमता/आयतन ४ लाख ६५ हजार ९ सय ७० घनमिटर हुनेछ जसअन्तर्गत जलाशयको लाइभ स्टॉरेज क्षमता २ लाख ६० हजार ७० घनमिटर र डेड स्टोरेज क्षमता २ लाख ५ हजार,९ सय घनमिटर हुने रिपोर्टमा उल्लेख छ।

३.८ मिटर व्यास र ६.१३५ मिटर लम्बाई भएको हेडरेस सुरुंगहरूमार्फत जगदुल्ला नदीको पानी विद्युतगृहमा स्थान्तरण गरि ७६७.७१४ मिटर को कुल हेड उपयोग गरेर कुल १०६ मेगावाट बिजुली उत्पादन गरिने रिपोर्टमा उल्लेख छ। ६१५. ३२ गिगावाट घण्टावार्षिक औसत ऊर्जामध्ये सुक्खायाममा २ प्रतिशत र वर्षायाममा ५ प्रतिशतले हुने कमी घटाउँदा कुल ८१.०५ गिगावाट घण्टा बिक्री योग्य ऊर्जा उत्पादन हुनेछ। 

प्रस्तावित आयोजना क्षेत्रमा सडकको पहुँचलाई जुनसुकै मौसममा सञ्चालनमा ल्याउन १२ वटा बेलिबृजहरू प्रस्तावित छन्। उपयुक्त प्रविधिको प्रयोग गरी पुलहरूलाई सुरक्षित,भरपर्दो र लागत प्रभावकारी बनाउने योजना रहेको रिपोर्टमा उल्लेख छ। जनशक्तिको उपलब्धता, निर्माण सामाग्री, पहुँचको अवस्था र अन्य प्रचलित कार्य गर्ने अवस्थालाई समेत ध्यानमा राखेर पुल निर्माण गरिने रिपोर्टमा उल्लेख छ।


प्रकाशित : मंगलबार, साउन ९ २०८००६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend