शनिबार, साउन १२ गते २०८१    
images
images
images

पोखरा महानगरका १९१ बाख्रापालक कृषकलाई ४४ लाख अनुदान

images
मंगलबार, साउन ९ २०८०
images
images
पोखरा महानगरका १९१ बाख्रापालक कृषकलाई  ४४ लाख अनुदान

पोखरा महानगरपालिकाले ‘मेयरमैत्री बाख्रा पकेट’ कार्यक्रमअन्तर्गत महानगरका एक सय ९१ कृषकलाई ४४ लाख २० हजार रूपैयाँ अनुदान रकम प्रदान गरेको हो।

images

कास्की- पोखरा महानगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरेको छ। व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका कृषक यसबाट लाभान्वित भएका छन्। महानगरले ‘मेयरमैत्री बाख्रा पकेट’ कार्यक्रमअन्तर्गत महानगरका एक सय ९१ कृषकलाई ४४ लाख २० हजार रूपैयाँ अनुदान रकम प्रदान गरेको हो।

images
images

पोखरा महानगर वडा नं १९ का २४ कृषकलाई छ लाख २० हजार रूपैयाँ, वडा नं २० का ३२ कृषकलाई सात लाख २० हजार र वडा नं २१ का ४३ कृष्णकलाई १० लाख रूपैयाँ रकम प्रदान गरिएको छ।

images

यसैगरी वडा नं २४ का ३७ जनालाई आठ लाख २० हजार, वडा नं २५ का २३ जनालाई चार लाख ८० हजार र वडा नं २८ का ३२ जनालाई सात लाख ६० हजार नगद अनुदान प्रदान गरिएको महानगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले बताए। अनुदान प्राप्त गर्न योग्य सबै कृषकलाई महानगर प्रमुख धनराज आचार्यले सोमबार रकम प्रदान गरेका हुन्।

वडास्तरमा गठन गरिएका कृषि सञ्जाल र अनुदान प्राप्त गर्ने कृषकले महानगरको सहयोगप्रति खुसी व्यक्त गरेका छन्। कृषकका समस्या समाधानका साथै आफूहरूको हौसला वृद्धिका लागि यस प्रकारका कार्यक्रमको निरन्तरतामा उनीहरूले जोड दिएका छन्।

images

सो अवसरमा महानगर प्रमुख आचार्यले अनुदानले कृषकलाई हौसला मिल्ने विश्वास व्यक्त गरे। उनले भने, 'महानगरपालिका कृषकको सहायताका लागि सदैव सकारात्मक छ। महानगरको समृद्धिसँग कृषकको समृद्धि पनि जोडिनुपर्दछ, आत्मसम्मानका साथ उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्ने वातावरणको सिर्जना गर्न महानगरपालिका प्रतिबद्ध छ।'

कृषिजन्य उत्पादनमा आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भरतातर्फ उन्मुख बनाउन कृषकको योगदान उल्लेखनीय हुने भएकाले आफ्नो उत्पादनको स्वच्छतामा समेत ध्यान दिन उनले आम कृषकलाई अनुरोध गरे। कृषकलाई राज्यको तर्फबाट दिनुपर्ने संरक्षण, बजारको सुनिश्चितता र बजारीकरणका लागि आफूहरू प्रतिबद्ध रहेको उनले बताए।

'तपाईँहरू उत्पादनमा केन्द्रित हुनुहोस्, त्यो उत्पादनको बजार सुनिश्चितता हामी गर्छौँ', उनले भने। उत्पादनका क्रममा हुने लगानीको सुनिश्चितता गरिने भएकाले कृषकलाई निराश हुने वातावरण सिर्जना नगरिने उनले विश्वास दिलाए।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा बाख्रापालन कार्यक्रम निकै प्रभावकारी र उपलब्धिमूलक भइरहेको बताए।

बाख्रापालनप्रति कृषकले देखाएको चासो र उनीहरूले प्राप्त गरेको लाभले आफूहरूलाई यस क्षेत्रमा थप कामका लागि हौसला मिलिरहेको उनले बताए। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका पशु विकास अधिकृत सहदेव पौडेलले विभिन्न प्रकोपका कारण समस्यामा रहेका कृषकलाई यस प्रकारको अनुदानले राहत मिल्ने विश्वास व्यक्त गरे। रासस


प्रकाशित : मंगलबार, साउन ९ २०८००५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend