मंगलबार, वैशाख २५ गते २०८१    
images
images

सुजुकी जिम्नी र फंक्सको मूल्य सार्वजनिक, कुनको कति?

images
images
images
सुजुकी जिम्नी र फंक्सको मूल्य सार्वजनिक, कुनको कति?

जिम्नीको टर्क ४ हजार आरपीएममा १ सय ३० एनएम, माइलेज १६ किलोमिटर प्रतिलिटर, अधिकतम गति १ सय ४५ किलोमिरट प्रतिघण्टा रहेको छ।

images
images

काठमाडौं- सुजुकीको नयाँ दुई एसयूभी जिम्नी र फंक्सको मूल्य सार्वजनिक भएको छ। दुई साता बुकिङ खोलिएका दुई एसयूभीको मूल्य सार्वजनिक भएको हो। 

images
images
images

सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आकर्षक एसयूभी जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रूपैयाँ र फंक्सको सुरुवाती मूल्य ३९ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। 

images

सुजुकी जिम्नी दुई भेरियन्ट जिटाको ५९ लाख ९९ हजार र अल्फाको मूल्य ६४ लाख ४९ हजार रूपैयाँ तोकिएको छ। त्यस्तै सुजुकी फंक्स तीन भेरियन्टमा उपलब्ध हुनेछ। फंक्स सिग्माको मूल्य ३९ लाख ९९ हजार, डेल्टाको. ४१ लख ९९ हजार र डेल्टा प्लसको ४२ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। 

images

सीजी मोटोकर्पले दुई साताअघि सुजुकी नयाँ एसयूभी फ्रंक्स र एक साताअघि जिम्नीको बुकिङ खुलाएको थियो। खाल्डाखुल्डीयुक्त बाटो तथा उपभोक्ताको एसयूभी सेगमेन्टका सवारीमा रुची बढ्दै गएकाले सीजी मोटोकर्पले सुजुकीले उत्पादन गरेका नयाँ नयाँ एसयूभी नेपाली उपभोक्तामाझ ल्याइरहेको हो। 

images
images

केही महिनाअघि सीजी मोटोकर्पले नयाँ ब्रेजा र ग्रान्ड भिटारा सार्वजनिक गरेको थियो। कम्पनीले एकैसाथ दुई नयाँ एसयूभी फ्रंक्स र जिम्नी ल्याएको हो। 

कम्पनीले साउन ८ गते दुवै एसयूभीको नेपाली बजार मूल्य सार्वजनिक गर्ने घोषणा गरेको थियो। सोहीअनुसार आज सीजी मोटोकर्पले दुवै एसयूभीको मूल्य सार्वजनिक गरेको हो। ‘अल्टिमेट अफ रोड’ एसयूभीका रुपमा कम्पनीले यो कार बजारमा ल्याएको छ। आकर्षक डिजाइन र विशेषतायुक्त यो एसयूभी उपभोक्ताको रोजाइमा पर्ने विश्वास कम्पनीको छ। 

१४ सय ६२ सीसीयुक्त शक्तिशाली इन्जिनमा उपलब्ध जिम्नी विभिन्न ४ रंगमा उपलब्ध रहेको छ। जिम्नीको ग्राउन्ड क्लियरेन्स २ सय १० एमएम तथा ६ हजार आरपीएममा १ सय एचपी पावर दिनेछ। 

Rabor.jpg

त्यस्तै जिम्नीको टर्क ४ हजार आरपीएममा १ सय ३० एनएम, माइलेज १६ किलोमिटर प्रतिलिटर, अधिकतम गति १ सय ४५ किलोमिरट प्रतिघण्टा रहेको छ। 

सुजुकी फ्रंक्स १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो इन्जिनमा उपलब्ध छ। यो एसयूभी सिंग्मा, डेल्टा, डेल्टा प्लस, जिटा, अल्फा र अल्फा डीटी भेरियन्टमा उपलब्ध रहेको छ। नेपाली बजारमा भने ३ भेरियन्टमा मात्र उपलब्ध रहेको छ। 

फ्रंक्स एसयूभीले प्रतिलिटर पेट्रालले २० किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ। अटोमेटिक ट्रान्समिसन भएको यो एसयूभीमा ३ सय ८ लिटरको बुट स्पेस र ३७ लिटरको इन्धन ट्यांकी उपलब्ध छ। 

सुजुकीले भारतमा उत्पादन गरेको यो उत्कृष्ट एसयूभी हो। भारतीय बजारमा एसयूभी सेगमेन्टका कार खरिद गर्ने उपभोक्ताको संख्या बढेसँगै मारुती सुजुकीले एसयूभी उत्पादनलाई प्राथमिकता दिएको छ। 

images

प्रकाशित : सोमबार, साउन ८ २०८००६:५३

प्रतिक्रिया दिनुहोस