बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

साउन लागेपछि निक्षेप सवा एक खर्बले घट्यो, अन्तरबैंक ब्याजदर ६.८८ प्रतिशत पुग्यो

images
सोमबार, साउन ८ २०८०
images
साउन लागेपछि निक्षेप सवा एक खर्बले घट्यो, अन्तरबैंक ब्याजदर ६.८८ प्रतिशत पुग्यो

यता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरमा कटौती गरेको छ। अस्थिर बन्दै गएको ब्याजदर नीतिमा स्थायित्व कायम गर्न राष्ट्र बैंकले नीतिगत दरमार्फत सुधारको संकेत गरेको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्ष सुरु भएसँगै लगातार वित्तीय प्रणालीमा निक्षेप घट्दै गएको छ। पछिल्लो एकसातामा १ खर्ब २८ अर्ब रूपैयाँ निक्षेप घटेको छ। गत असार ३१ गतेसम्म वित्तीय संस्थाहरूको निक्षेप ५७ खर्ब ६७ अर्ब पुगेको थियो। तर साउन ७ गतेसम्म प्रणालीमा घटेर ५६ खर्ब ३९ अर्बमा झरेको छ। 

images
images
images

निक्षेप ठूलो मात्रमा निकालेको भएपनि ऋण २२ अर्बले घटेको छ। असार ३१ गतेसम्म ४८ खर्ब ७९ अर्ब रूपैयाँ ऋण लगानी रहेकोमा घटेर अहिले ४८ खर्ब ५७ अर्बमा आइपुगेको छ। 

images
images

गत असार ३१ सम्म सीडी रेसियो घटेर ८१.६१ प्रतिशतमा रहेकोमा बढेर ८३.०८ प्रतिशत पुगेको छ। यता अन्तरबैंक ब्याजदर असार ३१ सम्म ०.४४ प्रतिशत रहेकोमा बढेर ६.८८ प्रतिशत पुगेको छ। 

images
images

यता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरमा कटौती गरेको छ। अस्थिर बन्दै गएको ब्याजदर नीतिमा स्थायित्व कायम गर्न राष्ट्र बैंकले नीतिगत दरमार्फत सुधारको संकेत गरेको छ। 

नीतिगत दरलाई ०.५ प्रतिशत घटाएर ६.५ प्रतिशतमा झारेको छ। योसँगै बैंकहरूलाई राष्ट्र बैंकले ब्याजदर घटाउने संकेत गरेको छ। राष्ट्र बैंकले निक्षेप बोलकबोल दरलाई एक प्रतिशत बिन्दुले घटाएको छ। ५.५ प्रतिशतसम्म बोली लगाउँदै आएका बैंकहरूले अब ४.५ प्रतिशतसम्म लगाउन पाउने छन्। राष्ट्र बैंकले बैंक दरलाई ७.५ प्रतिशतमा कायम राखेको छ।

राष्ट्र बैंकले सञ्चालन लक्ष्यको रुपमा लिएको भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप संकलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गर्ने भएको छ। साथै बैंक दरमा स्थायी तरलता सुविधा, नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई भने यथावत् राखेको छ।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिने छ। अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : सोमबार, साउन ८ २०८००६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend