सोमबार, वैशाख १७ गते २०८१    
images
images

अनररी कन्सुलर कर्प्सको नयाँ डिनमा विष्णुकुमार अग्रवाल

images
images
images
अनररी कन्सुलर कर्प्सको नयाँ डिनमा विष्णुकुमार अग्रवाल

एचसीसीएनका नवनियुक्त डिन विष्णुकुमार अग्रवालले देशलाई आवश्यक परेको समयमा अनररी कन्सुलहरुले व्यक्तिगत स्वार्थबाट माथि उठेर नेपाल र आफूले प्रतिनिधित्व गर्ने मुलुकप्रतिको जिम्मेवारीलाई निर्वाह गरेको बताए।

images
images

काठमाडौं- अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरुको संगठन अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) को १६औँ  साधारणसभा तथा चार्टर डे काठमाडौंको र्‍याडिसन होटल, लाजिम्पाटमा सम्पन्न भएको छ।

images
images
images

साधारणसभाले चेक रिपब्लिकका अनररी कन्सुल जनरल विष्णुकुमार अग्रवाललाई नयाँ डिनका रुपमा नियुक्त गरेको छ।

images

सन् २०१० देखि चेक रिपब्लिकको अनररी कन्सुल रहेका अग्रवाललाई सन् २०१५ मा अनररी कन्सुल जनरलमा पदोन्नति गरिएको थियो  भर्खरै नेपाल उद्योग परिसंघको अध्यक्षको कार्यकाल सम्पन्न गरेका अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक समेत छन्। उनलाई सन् २०१९ मा चेक रिपब्लिकको प्रागमा आयोजना भएको वर्ल्ड अनररी कन्सुलमा संसारकै सर्वोत्कृष्ट कन्सुल अवार्डबाट सम्मान गरिएको थियो। 

images

साधारणसभाको उद्घाटन गर्दै उपराष्ट्रपति रामसाहय प्रसाद यादवले नेपालको द्वौत्य सम्बन्ध रहेका तर आवासीय राजदूतावास नभएका विभिन्न ५९ देशमा अनररी कन्सुलर कर्प्सले पुर्‍याएको योगदानप्रति कृतज्ञता व्यक्त गरे। ‘आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि सबै राष्ट्रसँग सुमधुर सम्बन्ध बनाई राख्नु आजको आवश्यकता हो। यसमा एचसीसीएनको सहयोग रहने अपेक्षा गरेका छौँ,’ उपराष्ट्रपति यादवले भने।

images
images

यस्तै परराष्ट्रमन्त्री एनपी साउदले एचसीसीएनका सदस्य मुलुकहरुलाई नेपाल भ्रमणका लागि मात्र गन्तव्य नभई लगानीको राम्रो गन्तव्य भएको सन्देश दिन आग्रह गरे।

कार्यक्रममा एचसीसीएनका डिन दिनेश श्रेष्ठले भियना कन्सभेनसनअन्तर्गत रहेर एचसीसीएन र यसका सदस्यहरुले आफ्नो जिम्मेबारी निर्वाह गरिरहन भएको बताए। उनले नेपाल भ्रमणमा रहेका एचसीसीएन सम्बन्ध नागरिकको सुरक्षा र हेरचाहमा कुनै कमी नल्याएको पनि बताए। ‘प्रविधि स्थानान्तरण, व्यापार व्यवसाय विस्तार तथा दिपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन हामीले भूमिका निर्वाह गरिरहेका छौँ', उनले भने।

एचसीसीएनका नवनियुक्त डिन अग्रवालले देशलाई आवश्यक परेको समयमा अनररी कन्सुलहरुले व्यक्तिगत स्वार्थबाट माथि उठेर नेपाल र आफूले प्रतिनिधित्व गर्ने मुलुकप्रतिको जिम्मेवारीलाई निर्वाह गरेको बताए। २०७२ को विनाशकारी भूकम्प र कोभिडको महामारीका बेलामा पनि एचसीसीएन सदस्यहरुले आफूले प्रतिनिधित्व गर्ने मुलुकका नागरिकको उद्धार गर्न र सुरक्षित रुपमा आफ्नो मुलुकमा फर्कन मद्दत गरेको उल्लेख गरे।

images

प्रकाशित : सोमबार, साउन ८ २०८००५:३७

प्रतिक्रिया दिनुहोस