बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

सेयर कर्जामा साना ऋणीप्रति उदार राष्ट्र बैंक, ठूलामा अझै अंकुश

झुक्किए आइतबार उचालिएर सेयर खरिद गर्ने लगानीकर्ता

images
सोमबार, साउन ८ २०८०
images
सेयर कर्जामा साना ऋणीप्रति उदार राष्ट्र बैंक, ठूलामा अझै अंकुश
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा दुई वर्षदेखि जारी नीतिलाई थोरै संशोधन गर्दै कायम गरेका छन्। चालु आर्थिक वर्षको मौद्रिक नीति पनि सेयर धितो कर्जामा सानाप्रति उदार र ठूलालाई अंकुश लगाउनेगरी सार्वजनिक भएको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकले आइतबार सेयर कारोबार चलिरहेको समयमा मौद्रिक नीति सार्वजनिक गरेको थियो। जसमा दुई वर्षदेखि बजारमा देखिएको उतारचढावले आत्तिएको समयमा सेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई केही सम्बोधन गर्नेगरी विषय अमूर्त रुपमा आयो।

images
images

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा सेयर कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरेको थियो। सोही विषयलाई आधार मान्दै लगानीकर्ताहरूबीच आइतबार जोखिमभार १५० बाट १०० मा झर्ने हल्ला फिजाइयो। त्यसपछि लगानीकर्ताहरू पनि खरिदमा केन्द्रित भए। सेयर कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणासहित मौद्रिक नीति सार्वजनिक गरेसँगै उचालिएको बजारमा ६३.२४ अंकको वृद्धि भएको छ। 

images
images

आइतबार दिउँसो १ बजेर २० मिनेटसम्म धरमर गरिरहेको बजार मौद्रिक नीति सार्वजनिक भएसँगै वृद्धितर्फ लागेको थियो। ६३.२४ अंकले बढेर बजार २२२७.१६ बिन्दुमा पुगेको छ। १९९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार रूपैयाँको कारोबार भएको छ। 

लगानीकर्ता हौसिएर सेयर खरिदमा लागे पनि गभर्नर महाप्रसाद अधिकारीले आइतबार दिउँसो राखेको पत्रकार सम्मेलनमा फरक विषय उल्लेख गरिदिए। अधिकारीले ५० लाखको कर्जा सीमासम्म मात्रै १०० प्रतिशतको जोखिम भार कायम गरे ठूला ऋणीलाई १५० प्रतिशत नै कायम गरिएको बताए। ‘बाँकी थ्रेसहोल्डमा होइन, ५० लाखमाथिको कर्जामा होइन, नझुक्किनुहोला, आउनेवाला सर्कुलरले यसबारे स्पष्ट पार्नेछ,’ उनले भने।

राष्ट्र बैंकले यसअघि २५ लाखभन्दा कम सेयर धितोमा कर्जा लिँदा जोखिम भारको अनुपात १०० प्रतिशतमा झारिसकेको थियो। तर त्यसमाथिको सीमाको हकमा भने सेयर धितो कर्जा दिएबापत १५० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था थियो। बैंक तथा वित्तीय संस्थाहरू स्वयंको लागत बढेकाले पछिल्लो समय सेयर धितो कर्जा निरुत्साहित हुँदै थियो।

गभर्नर अधिकारीले यसअघि २५ लाखसम्मको सेयर कर्जामा मात्र सय प्रतिशत जोखिम भार रहेकोमा अबदेखि ५० लाखसम्मको ऋणमा जोखिम भार एक सय प्रतिशत हुने प्रष्ट पारे। तर आइतबार अब सबै १०० प्रतिशत झारिएको र १२ करोडको सीमासमेत हटेको भन्दै सेयर बजार उचाल्ने र उचालिएर किन्ने लगानीकर्ताहरू पुनः एकपटक फसेका छन्। ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा भने १५० प्रतिशत नै औसत जोखिम भार रहेको छ। 

अर्बौं ऋण सेयरमा लैजाने प्रयासमा अंकुश

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा पुनः अंशुक लगाउँदै साना लगानीकर्तालाई प्रोत्साहनको नीति लिएको छ। जोखिम भार घट्ने तथा १२ करोडको सीमा हट्ने चर्चाबीच नयाँ आर्थिक वर्षसँगै सेयर बजार उकालो लागेको थियो। पछिल्लो दुईवर्ष यता सकारात्मक लय नसमातेको सेयर बजारले अहिले निरन्तर उचाइको बाटो लिएको थियो। 

वाणिज्य बैंकहरूमा ५ खर्ब लगानीयोग्य रकम थुप्रिएकोले त्यसको केही प्रतिशत ऋण सेयर बजारमा जाने र दोस्रो बजार बढ्ने अनुमानसहित बजार लगातार बढिरहेको थियो। 

घरजग्गा र सेयर बजारमा जाने ऋणलाई खुकुलो बनाउन राष्ट्र बैंकमाथि दबाब बढिरहेको थियो। मौद्रिक नीतिमा निजी क्षेत्रले सेयर बजारको १२ करोडको सीमा हटाउन र ऋणको जोखिम भार कम गर्न गभर्नर महाप्रसाद अधिकारीसमक्ष माग गरेका थिए। 


प्रकाशित : सोमबार, साउन ८ २०८०००:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend