बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

राष्ट्रपति भण्डारी परिवारको तथ्यांक लिँदै सुरु भयो जनगणना

बिहीबार , कात्तिक २५ २०७८
राष्ट्रपति भण्डारी परिवारको तथ्यांक लिँदै सुरु भयो जनगणना

बिहीबार बिहान शीतल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गरेकी हुन्।

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गरेकी छिन्। 

बिहीबार बिहान शीतल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गरेकी हुन्।

बिहीबारबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो। राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका गणकहरूले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिएकी थिइन्। केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली बुधबार बिहान राष्ट्रपति निवासमा पुगेका थिए।

जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरू समावेश गरिएको छ।  देशभर गणकहरू जनताका घरघरमा पुगेर जनगणना गरिरहेका छन्।

‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित आजदेखि सुरु भएको जनगणना मंसिर ९ गते सकिँदैछ। देशभरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ।


प्रकाशित : बिहीबार , कात्तिक २५ २०७८०६:२८
  • सम्बन्धित विषय:

  • # जनगणना
  • # जनगणना २०७८


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend