आइतबार, भदौ २३ गते २०८१    
images
images

सरकारको १० हजार अनुदान लिन मंसिर १० गतेभित्र निवेदन दिनुपर्ने 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक २५ २०७८
images
images
सरकारको १० हजार अनुदान लिन मंसिर १० गतेभित्र निवेदन दिनुपर्ने 

कोरोना महामारीबाट प्रभावित पाँच लाख परिवारलाई यो वर्ष राहत स्वरुप १० हजार अनुदान दिने कार्यक्रम सरकारले ल्याएको थियो। 

images
images

काठमाडौं- कोरोनाबाट प्रभावित परिवारलाई १० हजार अनुदान दिने कार्यक्रमबाट लाभ लिनका लागि मंसिर १० गतेभित्र निवेदन दिनुपर्ने भएको छ। 

images
images
images

अर्थमन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अबको १५ दिनभित्र बसोबास गरिरहेको स्थानीय तहको वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको छ। 

कोरोना महामारीबाट प्रभावित पाँच लाख परिवारलाई यो वर्ष राहत स्वरुप १० हजार अनुदान दिने कार्यक्रम सरकारले ल्याएको थियो। 

कोरोनाका कारणले रोजगारी गुमाएका, श्रमिक, मजदुर, फुटपाथ व्यापारीहरूले यस्तो अनुदान पाउनेछन्। कोरोना लागेर परिवारको मुख्य व्यक्तिको निधन भइ गुजारा टार्न कठिन भएका जस्ता परिवारले यो अनुदान पाउनेछन्। 

images

अनुदान वितरणका लागि सरकारले कार्यविधि पारित गरिसकेको छ। सोही कार्यविधि अनुसार वितरण गरिने छ। 

यो पनि

 

 


प्रकाशित : बिहीबार , कात्तिक २५ २०७८०४:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend