बुधबार, फागुन २८ गते २०८१    
बुधबार, फागुन २८ २०८१
images
images

गएको वर्ष सबैभन्दा धेरै कमाउने ७ नेपाली फिल्म, छक्का पञ्जा र जारीले कमाइ १७ करोड रूपैयाँ कटाए

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ५ २०८०
images
images
गएको वर्ष सबैभन्दा धेरै कमाउने ७ नेपाली फिल्म, छक्का पञ्जा र जारीले कमाइ १७ करोड रूपैयाँ कटाए
images
images

काठमाडौं- चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९/८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाईको तथ्यांक सार्वजनिक गरिएको छ। सो तथ्यांकअनुसार स्वदेशी ५७ र विदेशी ७८ चलचित्र प्रदर्शन भएका छन्। स्वदेशी ५७ चलचित्र प्रदर्शन भएबापत ७६ करोड ७२ लाख ५७ हजार रूपैयाँको व्यापार भएको छ।

images
images

स्वदेशी चलचित्रतर्फ सर्वाधिक व्यापार गर्न सफल चलचित्रको सूचीमा हेमराज विसीले निर्देशन गरेको ‘छक्का पञ्जा ४’ पहिलो स्थानमा छ। बोर्डको विवरणअनुसार ६ लाख २९ हजार ७ सय ५० टिकट बिक्री भएबापत ‘छक्का पञ्जा ४’ को १७ करोड ५२ लाख ९९ हजार १ सय ५९ रूपैयाँ ग्रस व्यापार भएको छ।

images
images

हास्यकलाकारको समूहले टेलिशृङ्खलामा पाइरहेको लोकप्रियतालाई ठूलो पर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत चलचित्र निर्माण सुरु गरेको थियो। त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृङ्खलालाई अगाडि बढाइरहेको छ।

images
images

सर्वाधिक कमाई गर्ने दोस्रो स्थानमा उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र ‘जारी’ रहेको छ। शनिबार प्रदर्शनको सय दिन पूरा गर्ने चलचित्रको गत असार ३१ सम्म बोर्डको विवरणअनुसार ६ लाख १९ हजार दुई सय २१ टिकट बिक्री भएबापत १७ करोड १७ लाख ९९ हजार १८ रूपैयाँ ग्रस व्यापार भएको छ।

सर्वाधिक कमाई गर्ने सूचीको तेस्रो स्थानमा सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको ‘प्रेमगीत ३’ रहेको छ। ‘प्रेम गीत’ को तेस्रो शृङ्खलाका रूपमा ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो। चलचित्रको नेपाली भाषामा २ लाख ६९ हजार ८ सय ८ टिकट बिक्री भएबापत ७ करोड ७० लाख ३५ हजार ५ सय ५८ रूपैयाँ र हिन्दी भाषामा ८३ हजार १ सय ६९ टिकट बिक्री भएबापत २ करोड २७ लाख २९ हजार ८ सय ६७ रूपैयाँको ग्रस व्यापार भएको छ।

चौथो नम्बरमा प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेको चलचित्र ‘महापुरुष’ रहेको छ। चलचित्रको दुई लाख ४७ हजार सात सय २८ टिकट बिक्री भएबापत सात करोड ३८ लाख ९१ हजार नौ सय २० को ग्रस व्यापार गरेको छ।

पाँचौँ स्थानमा रहेको दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेको चलचित्र ‘दुई नम्बरी’ को एक लाख ४१ हजार सात सय १३ टिकट बिक्री भएबापत तीन करोड ८४ लाख ७५ हजार सात सय ७० को ग्रस व्यापार भएको छ।

यस्तै छैटौँ स्थानमा रहेको रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ को एक लाख २६ हजार पाँच सय ४९ टिकट बिक्री भएबापत तीन करोड ५३ लाख २० हजार चार सय ७९ को ग्रस व्यापार भएको छ।

सार्वजनिक विवरणमा सर्वाधिक व्यापार गर्ने सातौँ स्थानमा रहेको ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘झिङ्गेदाउ’ को एक लाख २२ हजार तीन सय २७ टिकट बिक्री भएबापत तीन करोड ४१ लाख १३ हजार दुई सय २३ ग्रस व्यापार गरेको छ।

बोर्डले सार्वजनिक गरेको तथ्यांकले पनि दर्शकले स्वदेशी चलचित्रतर्फ मौलिक विषयवस्तुलाई रुचाएको प्रस्टिएको छ। रासस


प्रकाशित : शुक्रबार, साउन ५ २०८००६:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend