काठमाडौं- अरुण काबेली पावरले हकप्रद निश्कासन प्रकृया अन्तिम चरणमा पुगेको जनाएको छ। कम्पनीले सतप्रतिशत हकप्रद दिन लागेको छ। कम्पनीले विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई चयन गरेको जनाएको छ।
कम्पनीले भदौ २६ गते सम्पन्न ११ औं वार्षिक साधारण सभामार्फत यस वर्षका लागि पारित गरेको १७ प्रतिशत बोनस सेयरपछि कायम चुक्तापूँजीको आधारमा सतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो।
कम्पनीले १ अर्ब ५८ करोड ५६ लाख ५० हजारको आधारमा १७ प्रतिशत बोनस सेयर वितरण गरेको हो।
कम्पनीले मेची पाँचथर र ताप्लेजुङ जिल्ला बीच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि-१ जलविद्युत् आयोजनाको सञ्चालनमा ल्याइसकेको छ।