शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

काठमाडौंमा हाइटेक जनगणना 

images
बुधबार, कात्तिक २४ २०७८
images
images
काठमाडौंमा हाइटेक जनगणना 

यसरी तथ्यांक संकलन गर्दा तथ्याङ्कलाई ल्याएर प्रणालीमा इन्ट्री गर्नुपर्ने लगायतका झन्झट हुँदैन। इन्ट्री र प्रशोधनमा लाग्ने लागत र समय यसबाट कटौती हुन्छ। 

images
images

काठमाडौं- भोलिदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ। केन्द्रीय तथ्यांक विभागले जनगणनाका लागि देशभर ४० हजार गणक र साढे ८ हजार सुपरीवेक्षक खटाउँदै छ। 

images
images

राष्ट्रिय जनगणनाको सुरु काठमाडौंमा केन्द्रीय तथ्यांक विभागले राष्ट्रपति कार्यालयबाट सुरु गर्दै छ। राष्ट्रपति कार्यालयमा बिहान साढे ९ बजे राष्ट्रपतिको तथ्यांक संकलन गरेर औपचारिक रुपमा गणना सुरु हुने छ। 

images
images

प्रत्येक १० वर्षमा हुने यो पटकको जनगणना १२ औँ संस्करण हो। यो पालिको गणनामा अघिल्ला गणनाको तुलनामा केही नयाँ विशेषता हुनेछन्। संघीयता कार्यान्वयनपछि पहिलोपटक हुन लागेको गणनामा कूल ८० वटा प्रश्नावली हुनेछन्। त्यस्तै सामुदायिक प्रश्न पनि थपिएका छन्। प्रश्नसँगै गणक छनौट लगायतका केही कुरामा नयाँ विशेषता रहेको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेवीनलाल श्रेष्ठले जानकारी दिएका छन्। 

images
images

'अवश्य केही नयाँ विशेषता भइहाल्छन्। समयसँगै प्रश्न अझ छोटो हुँदै जानुपर्ने भएपनि हाम्रोमा भने अझ बढेर गएका छन्। संगठित र स्वचालित तथ्याङ्कको अभाव तथा नयाँ संघीय प्रशासनिक संरचनाका कारण प्रश्न थपिएका छन्' उनले भने। 

भोलिदेखि सुरु हुने १२ औँ जनगणनामा प्रविधिको उच्च प्रयोग हुने अनुमान गरिएको थियो। देशव्यापी प्रविधिको प्रयोगबाट हाइटेक गणना गर्ने भनिएपनि अन्तिममा विभागले म्यानुअल शैली नै अपनाएको छ। तर सानो क्षेत्रमा भने हाइटेक गणना हुने छ। 

यो पालि काठमाडौंका केही क्षेत्रमा कागजी प्रश्नावलीको साटो ट्याबलेटबाट तथ्यांक संलकन हुने छ। विभागका महानिर्देशक श्रेष्ठका अनुसार काठमाडौं महानगरपालिकाभित्र ट्याबलेटबाट तथ्यांक संकलन हुने छ। त्यस्तै अरु छ वटा नगरपालिकामा पनि गणकहरु ट्याबलेट बोकेर घरदैलोमा पुग्नेछन्। 

यही सानो क्षेत्रमा गर्दा पनि ठूलो आर्थिक भार परेको र देशव्यापी गर्दा धेरै लागत पर्ने श्रेष्ठको भनाइ छ। 'यत्तिका लागि पनि हामीलाई २२ सय ट्याबलेट चाहिने भए। देशैभर गर्दा त यसमा धेरै खर्च आउने अवस्था हुन्छ' उनले भने' पूर्वाधार थपिँदै जाँदा भविष्यमा यो शैलीबाट जान सकिन्छ।' 

यसरी तथ्यांक संकलन गर्दा तथ्याङ्कलाई ल्याएर प्रणालीमा इन्ट्री गर्नुपर्ने लगायतका झन्झट हुँदैन। इन्ट्री र प्रशोधनमा लाग्ने लागत र समय यसबाट कटौती हुन्छ। 


प्रकाशित : बुधबार, कात्तिक २४ २०७८१०:३३
  • सम्बन्धित विषय:

  • # जनगणना
  • # जनगणना २०७८


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend