आइतबार, जेठ ६ गते २०८१    
images
images

'एफएटीएफको निगरानी सूचीको जोखिम तत्काललाई टर्‍यो', सुधारका लागि एक वर्षको समयसीमा 

images
बुधबार, साउन ३ २०८०
images
images
'एफएटीएफको निगरानी सूचीको जोखिम तत्काललाई टर्‍यो', सुधारका लागि एक वर्षको समयसीमा 

यद्यपि यो बीचमा नेपालले सुधारका लागि रफ्तारमा काम गर्नुपर्ने छ। यस्तो सुधारका प्रायसाको एपीजीले नियमित रिपोर्टिङ माग गर्नेछ।

images
images

काठमाडौं- नेपाल फाइनान्सियल एक्सन टास्कफोर्स एक्सन (एफएटीएफ) को निगरानी (ग्रे-लिस्ट) मा पर्ने जोखिम कम्तिमा एक वर्षका लागि टरेको छ। दश वर्षपछि भइरहेको पारस्परिक मूल्यांकनको प्रारम्भिक प्रतिवेदनले नेपाललाई निगरानीमा राख्न सकिने आधार प्रस्तुत गरेपनि नेपालको बलियो प्रतिरक्षाले यस्तो खतरा टारेको अधिकारीहरूले बताएका छन्। 

images
images
images

क्यानडामा सम्पन्न एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्ड्रिङ(एपीजी)को वार्षिक साधारणसभा तथा प्राविधिक समीक्षा बैठकमा नेपाली पक्षले उक्त प्रारम्भिक प्रतिवेदनमा उठाइएका प्रश्नको रक्षा गरेको थियो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलले सुधारको प्रतिबद्धतता गरेपछि कम्तिमा एक वर्षका लागि निगारानीमा राख्ने सम्भावना टरेको हो। 

images

एपीजीको प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिँदै सुधारका लागि केही समय आवश्यक हुने र यसअघि पनि सुधार गरेको आधार प्रस्तुत गरेपछि एपीजीका अधिकारीहरू विश्वस्त भएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए। 

images
images

‘उनीहरूले दिनसक्ने सुविधाभित्रै रहेर हामीले सुधारको समसीमा माग गरेका थियौं सोहीअनुसार तत्कालि निगरानीमा नराख्ने जस्तो देखिएको छ’ ती अधिकारीले बिजनेस न्युजसँग भने। 

images
images

नेपाल एफएटीएफ क्षेत्रीय विङको रुपमा रहेको अन्तरसरकारी बडी एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्ड्रिङ(एपीजी)को सदस्य हो। त्यसैले एपीजीले पछिल्लो एक वर्षदेखि मूल्यांकन गरिरहेको छ। एपीजीको टोली दुई पटक नेपालमै आएर स्थलगत अध्ययनसमेत गरेर प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ। 

प्रतिवेदनमा सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणमा हुनुपर्ने काम भए नभएको बारेमा गरिएको उक्त अध्ययन प्रतिवेदनमा नेपालले विभिन्न माध्यमबाट जवाफ तथा प्रतिरक्षा गरिरहेको छ। यही शिलशिलामा अहिले नेपालको प्रतिनिधिमण्डल प्रतिरक्षाका लागि क्यानडा पुगेको थियो। 

एपीजीले यसअघि नै तयार पारेको प्रतिवेदनले नेपालमा सिफारिस कार्यान्वयन तथा परिपालनाको अवस्था सन्तोषजनक नरहेको उल्लेख गरेको छ। यसअघि नै सिफारिसअनुसारका पर्याप्त कानून नबनेको, बनेका कानून अनुसारको संस्थागत क्षमता नभएको, भएका संस्थाको पनि सन्तोषजनक काम नभएको उल्लेख गरिएको छ। 

एपीजीले प्रत्येक १० वर्षमा सदस्य राष्ट्रको वित्तीय अनुशासनको मूल्यांकन गर्छ। यसले पारस्परिक मूल्यांकन गर्छ। नेपालका सन्दर्भमा एफएटीएफका सिफारिस ४० वटा छन्। अनुशासनका लागि यी कानून र नीतिनियमको व्यवस्था हुनुपर्छ भनिएको छ। के-के कानून चाहिन्छ भनेर उल्लेख गरिएको छ। 

एपीजीले दुई प्रकारले मूल्यांकन गर्छ। आफैले पेश गरेको रिपोर्ट जुन नीतिगत व्यवस्थाको कुरा हुन्छ। ४० वटा सिफारिस कार्यान्वयनका लागि हामीले यो यो व्यवस्था गरेका छौँ भनेर नेपाल आफैले प्रतिवेदन बनाएर पठाउँछ, यो प्रतिवेदन गत वर्ष जुलाइमा नेपालले पठाएको थियो। 

मूल्यांकनमा ११ सूचकमध्ये ८ वटामा न्यून मार्किङ गरिदिएको छ। कुनै पनि देश एफएटीएफको सदस्य भएपछि आतंकवादी गतिविधिलाई प्रतिबन्ध लगाएको हुनुपर्छ। त्यसलाई कानूनले दण्ड सजाय गर्नुपर्छ। आतंकवादी क्रियाकलापबाट कमाएको सम्पत्ति जफत गर्नेगरि कानून बनाउनुपर्छ। नेपालमा यस्तो कानून बनेको छैन। 

पछिल्लो समय निगरानी सूचीबाट बच्नका लागि सरकारले केही नेपाल ऐन संशोधनबाट कानूनी व्यवस्था गर्न खोजेपनि अहिलेसम्म पारित हुन सकेको छैन। अध्यादेशबाटै ल्याउन खोजिए पनि अहिलेसम्म संसद चलेकै ६ महिना पूरा हुँदा पनि पास भएको छैन। 

यो प्रतिरक्षापछि एपीजीले फेरि प्रतिवेदनमा अपडेट गर्छ र एफएटीएफको साधारणसभामा प्रस्तुत गर्छ। भदौ- असोजमा प्रकाशित हुने उक्त अन्तिम प्रतिवेदनमै नेपाल निगरानी सूचीमा पर्ने सम्भावना टरेको अधिकारीहरूले बताएका छन्। यद्यपि यो बीचमा नेपालले सुधारका लागि रफ्तारमा काम गर्नुपर्ने छ। यस्तो सुधारका प्रायसाको एपीजीले नियमित रिपोर्टिङ माग गर्नेछ। यदि  समयमा पनि सुधार नभएमा नेपाललाई ग्रे लिस्ट (निगरानी सूचीमा) राख्नसक्छ। 

यस्तो निगरानी सूचीमा नेपाल यसअघि पनि परिसकेको छ। सन् २०१४ मा मात्र यसबाट बाहिरिएको थियो। त्यतिबेला सुरुवाति कानूनी तथा संस्थागत व्यवस्थाका लागि निगरानीमा राखिएको थियो भने यतिबेला सोही अनुसारको कार्यान्वयन नभएकोमा प्रश्न उठिरहेको छ। 

यदि नेपाललाई निगारानी अर्थात् ग्रेलिस्टमा राखेको अवस्थामा निगरानी समिति बन्छ र त्यसले नियमित अनुगमन गर्छ। सुधार गर्नुपर्ने हुन्छ। यस्तो निगरानीको सूचीमा हुँदा नेपालले विदेशी बजारबाट ऋण ल्याउन नपर्ने भएपनि बहुपक्षीय दाताका सर्तहरू धेरै थपिन सक्छन्। 

समितिको गाइडमा पनि काम नभएको अवस्थामा सम्पत्ति शुद्धीकरणका लागि नीति निर्माणका केसमा अन्तर्राष्ट्रिय मुद्रा कोषले वित्तीय क्षेत्रमा अझै हस्तक्षेप बढाउनसक्छ। बहुपक्षीय दाताको ऋणमा निर्भर वैदेशिक स्रोत भएको नेपालको आन्तरिक नीति निर्माणमा अझै हस्तक्षेप बढ्ने सरोकारवालाहरूको भनाइ छ। 


प्रकाशित : बुधबार, साउन ३ २०८००३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend