मंगलबार, वैशाख २५ गते २०८१    
images
images

रसुवागढी नाकाबाट एक वर्षमा भित्रिए १२ सय ८६ विद्युतीय कार, कुन ब्रान्डको कति?

images
images
images
रसुवागढी नाकाबाट एक वर्षमा भित्रिए १२ सय ८६ विद्युतीय कार, कुन ब्रान्डको कति?

आव २०७९/०८० मा एमजी जेडएस ईभी ५ सय वटा आयात भएको थियो।

images
images

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७९/८० मा १ सय किलोवाटभन्दा बढी पिकपावर भएका विद्युतीय कारमा कर बढाएपछि १ सय किलोवाटसम्मका विद्युतीय कारको आयात तथा बिक्री उल्लेख्य रुपमा बढेको छ। भारत तथा चीनबाट १ सय किलोवाटसम्म पिकपावर भएका विद्युतीय कारको आयात बढेको छ।

images
images
images

भारतपछि चीनबाट धेरै विद्युतीय कार आयात भएको तथ्यांक छ। चीनबाट विभिन्न ब्रान्डका विद्युतीय प्यासेन्जर र भ्यान/माइक्रोबस आयात भएका छन्। त्यसमध्ये अधिकांश रसुवागढी भन्सार नाकाबाट नै आयात भएका छन्। 

images

आव २०७९/०८० मा रसुवागढी नाकाबाट मात्रै १२ सय ८९ वटा विद्युतीय सवारी नेपाल भित्रिएको छ। सरकारले गत वर्ष पेट्रोलियम कारको आयातमा प्रतिबन्ध लगाएको र विद्युतीय कारमा दिइने कर्जा प्रवाहमा कडाइ नगरेकाले विद्युतीय कारको बिक्री उल्लेख्य बढेको हो। 

images

जसमा सबैभन्दा एमजीको विद्युतीय कार जेडएस ईभी नेपाल भित्रिएको छ। आव २०७९/०८० मा एमजी जेडएस ईभी ५ सय वटा आयात भएको थियो। आकर्षक डिजाइन, विशेषता तथा मूल्यका कारण जेडएस ईभीको माग बढेका हो। सोही कारण जेडएस ईभीको आयात धेरै भएको हो। जेडएस ईभी विभिन्न ४ भेरियन्टमा आएका थिए। 

images
images

यसैगरी बीवाईडी ४ सय ४ वटा विद्युतीय सवारी नेपाल भित्रिएको हुन्। बीवाईडीको एटो थ्री, ई सिक्स, डल्फिन र मिनिभ्यान एमथ्रीसहित ४ सय ४ वटा विद्युतीय कार आयात भएको तथ्यांक छ। 

रसुवागढी नाका हुँदै आव २०७९/०८० मा होजोन अटोको सब ब्रान्ड निटा भी ३ सय ६६ वटा आयात भएका हुन्। क्रसओभर सेगमेन्टको यो विद्युतीय कार धेरै उपभोक्ताको रोजाइमा परेको छ। 

ग्रेटवाल मोटरले उत्पादन गरेको ओरा ब्रान्डको एउटा विद्युतीय कार आयात भएको छ। ओराले गत महिना ओरा जिरो थ्रीको बुकिङ खुलाएको थियो। बुकिङ खुलाएसँगै धेरैले चासो देखाएकाले भीजी इम्पेक्सले ठूलै संख्यामा आयात गर्ने तयारी गरेको छ। ओरा जिरो थ्री युरोपिएन डिजाइन डीएनएमा बनेकाले निकै आकर्षक रहेको छ। 

त्यस्तै रेसेन्स ब्रान्डको मिनि ईभी रसुवागढी नाकाबाट गत आवमा १० वटा आयात भएको छ। रेसेन्सका दुई मोडलका विद्युतीय कार आयात भएका हुन्। 

यसका साथै एम नाइन, डेस्टेलो, जी टूका एक एक वटा विद्युतीय कार गत आवमा नेपाल आएका थिए। ह्वाजी ब्रान्डको दुईवटा ओमेगा मिनि विद्युतीय कार आयात भएको थियो। केवाईसीको भीफाइभ ७ सिटर विद्युतीय पिकअप आयात भएको छ। सो नाकाबाट आव २०७९/०८० मा ५ वटा पेट्रोलियम कार आयात भएको भन्सार कार्यालयको तथ्यांक छ। 

images

प्रकाशित : बुधबार, साउन ३ २०८००४:०६

प्रतिक्रिया दिनुहोस