बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

‘वर्तमान मापदण्डमा उद्योग विस्थापित गर्ने उद्देश्य देखिन्छ, तत्काल सुधार हुनुपर्छ’

images
मंगलबार, साउन २ २०८०
images
images
‘वर्तमान मापदण्डमा उद्योग विस्थापित गर्ने उद्देश्य देखिन्छ, तत्काल सुधार हुनुपर्छ’

ढुंगा, बालुवा र ग्राभेलजस्तो स्वदेशी कच्चापदार्थ, लगानी र उद्योग सञ्चालनमा देखिएको असहजता हटाउन यससम्बन्धी वर्तमान मापदण्ड तत्काल सुधार गर्नुपर्ने नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले जनाएको छ।

images
images

काठमाडौं- नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले ढुंगा, बालुवा र ग्राभेलजस्तो स्वदेशी कच्चापदार्थ, लगानी र उद्योग सञ्चालनमा देखिएको असहजता हटाउन यससम्बन्धी वर्तमान मापदण्ड तत्काल सुधारको खाँचो औँल्याएको छ।

images
images

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा महासंघका अध्यक्ष सीताराम न्यौपानेले हालको मापदण्ड उद्योग सञ्चालन गर्नेभन्दा बन्द गराउनेतर्फ लक्षित रहेको आरोप लगाए। उनले भने, 'मापदण्डमा उद्योग विस्थापित गर्ने उद्देश्य देखिन्छ, व्यवसायीले राज्यलाई तिर्नुपर्ने कर तिर्न मञ्जुर भए पनि नवीकरण गर्न नसकिएको अवस्था छ। राज्यको हितविपरीत तथा उद्योग र व्यवसायीलाई बदनाम गर्ने चेष्टाका साथ ल्याएको मापदण्ड तत्काल सुधार हुनुपर्छ।'

images
images

महासंघले समितिसमक्ष दिएको निवेदनका आधारमा छलफलका लागि बोलाइको बैठकमा महासंघका महासचिव पुरुषोत्तम रेग्मीले सम्पूर्ण हिसाबले स्वदेशी लगानी र कच्चापदार्थ रहेको रोडा, ढुंगा र गिट्टी सम्बन्धित उद्योग एवं व्यवसायको दर्ता नवीकरणका लागि सहज र सरल तुल्याउन आवश्यक रहेको बताए। उनले तीन तहका सरकार र विभिन्न सरोकारवाला मन्त्रालयबीच समन्वय अभाव तथा कानूनी अड्चनका कारण उद्योग दर्तामा निकै झन्झट ब्यहोर्नुपरेको घटनासहितको गुनासो सुनाए।

images
images

बैठकमा समितिका सदस्य सूर्यमान दोङले ढुंगा, बालुवा र गिट्टीजस्ता खानी तथा खनिजजन्य उद्योग व्यवसायको प्रवर्द्धनमा देखिएको कानूनी र व्यावहारिक अड्चन हटाउन समितिको अग्रसरतामा तत्कालै सरोकारवाला मन्त्रालय र निकायसँग गहन छलफलको आवश्यकता औँल्याए।

समितिका सदस्य लालप्रसाद लिम्बूले मुलुकभर करिब दुई खर्ब रूपैयाँको लगानी, दुई लाखलाई प्रत्यक्ष रोजगारी र वार्षिकरुपमा करिब चार अर्ब रूपैयाँ योगदान पुर्‍याएको उद्योग सञ्चालनका लागि संसदीय समिति सहयोगी बन्नुपर्ने धारणा राखे। उनले चुरेबाट बगेर हटाउनैपर्ने अवस्थामा रहेको मुलुकभर ठूलो मात्रामा गिट्टी, बालुवा र रोडाढुंगा रहेको हुँदा मुलुकको मागलाई आवश्यक पर्नेबाहेक अरू निकासीका लागि अनुमति दिँदा निकासी पैठारीमा देखिएको असन्तुलन कम गर्न सकिने बताए। रासस


प्रकाशित : मंगलबार, साउन २ २०८०११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend