बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

निरन्तर सुधारतर्फ बढ्दैछ सेयर बजार, मौद्रिक नीतिको साथ पर्खंदै छन् लगानीकर्ता

मंगलबार, साउन २ २०८०
निरन्तर सुधारतर्फ बढ्दैछ सेयर बजार, मौद्रिक नीतिको साथ पर्खंदै छन् लगानीकर्ता

काठमाडौं- नेपाल राष्ट्र बैंकले यसैसाता मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा सेयर बजारका लगानीकर्ताहरू नीतिगत साथ पाउने अपेक्षामा देखिएका छन्। जसले सेयर बजारमा सुधारको संकेत देखिइरहेका छन्। 

यो साता आइतबार ‍‍१२.१६ अंकले बढेको बजारमा सोमबारसमेत व्यापक वृद्धि देखिएको थियो। सोमबार ४७.०७ अंकले बढेको बजारमा मंगलबार पनि सुधार देखियो। मंगलबार ९.९१ अंकले बढेर २१५४.०७ बिन्दुमा पुगेको छ। १०१ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रूपैयाँको कारोबार भएको छ। 

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्।

अर्थतन्त्रका सबै पाटा केलाउँदै सरकारले सार्वजनिक गर्ने वित्तीय नीतिलाई पनि आधार बनाएर मौद्रिक नीतिले अर्थतन्त्रको सन्तुलन कायमै राख्नका लागि नीति तर्जुमा गर्ने काम गर्छ। जसमा मौद्रिक नीतिका व्यवस्थाले सेयर बजार प्रत्यक्ष प्रभावित हुने गर्छ। यसैले पनि यसपटक मौद्रिक नीतिले साथ दिन्छ कि दिँदैन भन्ने पर्खाइमा लगानीकर्ता रहेको विश्लेषकहरू बताउँछन्। 

अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा रहेको र मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा रहेको विश्लेषकहरू बताउँछन्। नीतिगत साथ मिले अब बजार पुन: उचाइतर्फ लाग्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : मंगलबार, साउन २ २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend