बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जनगणना : गणकमा बेरोजगार युवा धेरै, महिला पुरुष बराबर 

बुधबार, कात्तिक २४ २०७८
जनगणना : गणकमा बेरोजगार युवा धेरै, महिला पुरुष बराबर 

विभागले जनगणनाका लागि तय भएका प्रश्‍नावली लिएर फिल्डमा जाने ४० हजार गणक छनौट गरेको छ। 

काठमाडौं- भोलिदेखि सुरु हुने राष्ट्रिय जनगणनामा एउटा नयाँ देखिने छ। जनगणनामा खटिने जनशक्तिमा शिक्षकभन्दा विद्यार्थी प्राथमिकतामा पर्ने भएका छन्। 

केन्द्रीय तथ्यांक विभागले यो पटक गणक छनौट गर्दा शिक्षक तथा कर्मचारीभन्दा निश्‍चित शैक्षिक योग्‍यता पूरा गरेका वेरोजगार युवाहरूलाई प्राथमिकता दिएको जानकारी दिएको छ। 

पहिले  शिक्षक र कर्मचारीहरू गणकका रुपमा खटिन्थे। तर यो पटक सकेसम्म शैक्षिक योग्यता भएका बेरोजगार युवाहरूलाई प्राथमिकता दिन भनेपछि छनौटको मापदण्ड बनाइएको थियो। सोहीअनुसार छनौट गरेर चालिस हजार गणक छनौट गरिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए। 

विभागले यसअघि गरेका अन्य सर्वेक्षण तथा गणनामा पनि विद्यार्थी परिचालन गरेको थियो। यसरी विद्यार्थी परिचालन गर्दा तथ्यांक सङ्कलनको गुणस्तरमा कुनै बाधा नपरेपछि यसपटकको जनगणनामै संख्या बढाउने विश्वास बढेको रेग्मीको भनाइ छ।  

सरकारका लागि विद्यार्थीभन्दा शिक्षक खटाउँदा आर्थिक रुपमा फाइदा हुन्छ। शिक्षकलाई खटाउँदा काजमा लिइन्छ। यसरी लिँदा खाइपाइ आएको तलबको पचास प्रतिशतमात्र दिइन्छ। तर विद्यार्थी खटाउँदा भने एक महिनाका लागि खरिदार सरहको तलब दिइन्छ।

विभागले जनगणनाका लागि तय भएका प्रश्‍नावली लिएर फिल्डमा जाने ४० हजार गणक छनौट गरेको छ। 

जगणनामा गणक बाहेक ८ हजार ५ सय सुपरीवेक्षक खटिने छन्। गणक प्रशिक्षक तथा डेटा प्रशोधनमा खटिने जनशक्तिका लागि १ अर्ब ६० करोड रुपैयाँ पारिश्रमिकमा खर्च हुने छ। 

स्थानीय जिल्ला जनगणना कार्यालयमा भने शिक्षक तथा कर्मचारीहरू काजमा खटिने छन्। मंसिर ९ गते सम्पन्न हुने जनगणनामा दसैँअघि नै घरपरिवार सूचीकरण भइसकेको छ। 


प्रकाशित : बुधबार, कात्तिक २४ २०७८०८:५२
  • सम्बन्धित विषय:

  • # जनगणना
  • # जनगणना २०७८


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend