शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images
२०७९/८० मा वित्तीय प्रणाली

वाणिज्य बैंकहरूले ५ खर्ब २५ अर्ब निक्षेप संकलन गर्दा १ खर्बमात्रै ऋण प्रवाह, अन्तरबैंक ब्याजदर ८ प्रतिशतले घट्यो

images
मंगलबार, साउन २ २०८०
images
वाणिज्य बैंकहरूले ५ खर्ब २५ अर्ब निक्षेप संकलन गर्दा १ खर्बमात्रै ऋण प्रवाह, अन्तरबैंक ब्याजदर ८ प्रतिशतले घट्यो
images
images

काठमाडौं- वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७९/८० मा ५ खर्ब २५ अर्ब निक्षेप संकलन गरेका छन्। आर्थिक वर्ष २०७८/७९ मा ३ खर्ब ४० अर्बमात्रै निक्षेप संकलन गरेको थियो। निक्षेप बढ्दा गएको आर्थिक वर्षमा कर्जा विस्तार भने सुस्त देखिएको छ। 

images
images
images

२०७८/७९ मा ४ खर्ब ५४ अर्ब कर्जा प्रवाह हुँदा २०७९/८० मा १ खर्ब १९ अर्बमात्रै कर्जा प्रवाह भएको छ। २०७८/७९ मा असार मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब ४१ अर्ब पुगेकोमा २०७९/८० मा बढेर ५० खर्ब ६६ अर्ब पुगेको छ। जुन २०७८/७९ को भन्दा ५ खर्ब २५ अर्बले बढेको हो। यता ऋण विस्तार भने २०७८/७९ मा ४१ खर्ब ७५ अर्ब रहेकोमा २०७९/८० मा १ खर्ब १९ अर्बमात्रै थपिएर ४२ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। 

images
images

अधिक तरलताले अन्तरबैंक ब्याजदर २०७९/८० मा ०.४७ प्रतिशतमा झरेको छ। जब कि २०७८/७९ को असार मसान्तमा ८.५ प्रतिशतसम्म पुगेको थियो। २०७८/७९ मा बैंकहरूलाई निक्षेप-ऋण (सीडी) रेसियो ९० मा मिलाउन हम्मे हम्मे परेको थियो। कतिपय बैंकहरू राष्ट्र बैंकको कारबाहीमा समेत परेको थिए। तर २०७९/८० को असार मसान्तमा सीडी रेसियो घटेर ८१.६२ प्रतिशतमा झरेको छ। अहिले बैंकहरूको ऋण लगानी गर्न सक्ने क्षमता झन्डै ५ खर्ब पुगेको छ। 

images
images

तरलता बढी हुँदा मुद्रा बजारको ब्याज पनि घटेको छ। वर्षकै न्यून अंकमा ट्रेजरी बिलको ब्याज आएको छ। राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरी बिलको ब्याज ४.१६ प्रतिशत छ भने ९१ दिनेको ५.१८ प्रतिशत छ।

नेपाल राष्ट्र बैंकका अनुसार समग्र वित्तीय प्रणालीमा ५७ खर्ब ४० अर्ब निक्षेप पुगेको छ भने ऋण प्रवाह ४८ खर्ब ५५ अर्ब पुगेको छ। 


प्रकाशित : मंगलबार, साउन २ २०८००५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend