सोमबार, वैशाख १७ गते २०८१    
images
images

नेपाली चियालाई विश्व बजारमा लैजाने अभियानमा रहेको ‘नेपाल टी कलेक्टिभ’

images
बिजनेस न्युज
images
images
नेपाली चियालाई  विश्व बजारमा लैजाने अभियानमा रहेको ‘नेपाल टी कलेक्टिभ’

निश्चल बाँस्कोटा र प्रतिक रिजालले स्थापना गरेको यो कम्पनीले साना किसान तथा सामुदायिक स्तरमा उत्पादन भएको चियाको बजारीकरण गर्ने उद्देश्य लिएको छ। 

images
images

काठमाडौं- नेपाली चियाको स्वादलाई विश्वव्यापी विस्तारको अभियानका साथ अमेरिकामा स्थापना भएको नेपाल टी कमलेक्टिभले आफ्ना उत्पादन नेपाली बजारमा पनि उपलब्ध गराउने भएको छ। 

images
images
images

सन् २०१६ देखि नेपालमा उत्पादन भएको अर्गानिक र अर्थोडक्स चियालाई विश्वका ४२ बढी देशमा वितरण गरिरहेको कम्पनीले हालसम्म १ करोड कप बेचिसकेको जानकारी दिएको छ। 

images

यो कम्पनीले आफ्नो उत्पादन नेपाली बजारमा समेत उपलब्ध गराएको छ। 

images

निश्चल बाँस्कोटा र प्रतिक रिजालले स्थापना गरेको यो कम्पनीले साना किसान तथा सामुदायिक स्तरमा उत्पादन भएको चियाको बजारीकरण गर्ने उद्देश्य लिएको छ। 

images
images
Nepal Tea Collective_Kumari Gold Black Tea.jpg

विश्वर नेपाली स्वादको चियालाई विस्तार गर्दा नेपालीहरूले पनि रुचाउने भएकाले यहाँ बिक्री गर्न थालिएको कम्पनीले जानकारी दिएको छ। 

न्युयोर्क टाइम्स र फोर्ब्सले समेत फिचर गरेको यो कम्पनीले लुज लिफ र अर्गानिक मिश्रणमा चिनयाँ तयार पार्ने काम गर्छ। कम्पनीको यो मिश्रणले १२ वटा अन्तर्राष्ट्रिय  पुरस्कार पाएको सहसंस्थापक निश्चल बाँस्कोटाले बताएका छन्। 

कम्पनीले कालो, सेतो, हरियो र उलोङ चियाका साथै जडीबुटी सहितका मिश्रणयुक्त चिया उपलब्ध गराउँदै आएको छ।  यो कम्पनीका उत्पादन नेपाली उपभोक्ताले दराज डटकम वा कम्पनीकै वेबसाइटबाट पाउनसक्छन्। 

Co-founders Pratik Rijal and Nishchal Banskota.jpg

images

प्रकाशित : सोमबार, साउन १ २०८००१:०३
प्रतिक्रिया दिनुहोस