शनिबार, असोज ५ गते २०८१    
images
images

काठमाडौंमा दोबरले बढ्यो बैंकिङ कसुरको मुद्दा, एक वर्षमा सात हजारभन्दा बढी मुद्दा दर्ता

चोरीका घटनामा पनि वृद्धि

images
सोमबार, साउन १ २०८०
images
images
काठमाडौंमा दोबरले बढ्यो बैंकिङ कसुरको मुद्दा, एक वर्षमा सात हजारभन्दा बढी मुद्दा दर्ता

आव २०७८/७९ मा तीन हजार सात सय १५ मुद्दा दर्ता भएको थियो। आव २०७९/८० मा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन्।

images
images

काठमाडौं- काठमाडौं जिल्लामा एक वर्षमा बैंकिङ कसुरमा सात हजार एकसय एक मुद्दा दर्ता भएका छन्।

images
images
images

जिल्ला प्रहरी परिसर काठमाडौं आज पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७९/८० को एक वर्षमा काठमाडौंभित्र बैंकिङ कसुरसम्बन्धी सात हजार एकसय एक मुद्दा दर्ता भएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा बैंकिङ कसुरको मुद्दा दोबर बढेको जानकारी दिए। 'आव २०७८/७९ मा तीन हजार सात सय १५ मुद्दा दर्ता भएको थियो। आव २०७९/८० मा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन्, अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दर्ता भएका मुद्दाको संख्या झन्डै दोबर हो', उनले भने।

यस्तै, आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा चोरीको घटनामा समेत वृद्धि भएको छ। आव २०७८/७९ मा चार सय ६० चोरीका घटना दर्ता भएका थिए भने आव २०७९/८० मा छ सय ४७ चोरीका घटना दर्ता भएको परिसरले जनाएको छ।

images

यसैगरी, आव २०७९/८० मा लागुऔषधमा तीन सय ६८ मुद्दा दर्ता भएका छन्। सोही आवमा काठमाडौंभित्र तीन सय ४१ जनाले आत्महत्या गरेको तथ्यांक छ। ज्यानसम्बन्धी कसुर आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा घटेको छ।

आव २०७८/७९ मा ३७ जनाको हत्या भएको थियो भने आव २०७९/८० मा २७ जनाको हत्या भएको परिसरका प्रमुख कार्कीले बताए। काठमाडौंमा अपराध अनुसन्धानमा महत्त्वपूर्ण साधन मानिने सिसिटिभी बिग्रिएका कारणले सोचेजस्तो काम हुन नसकेको उनको भनाइ छ।

जिल्ला प्रहरी परिसर काठमाडौं मातहतमा एक हजार ७७ सिसिटिभी जडान भएको भए पनि हाल जम्मा पाँच सय ३२ सिसिटिभीमात्र चालु अवस्थामा रहेका छन्। सिसिटिभी जडानका लागि हालैमात्र काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले प्रहरीसँग सम्झौता गरेर काम अगाडि बढाइसकेको छ। रासस


प्रकाशित : सोमबार, साउन १ २०८०१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend