सोमबार, वैशाख २४ गते २०८१    
images
images

बीएमडब्लूको विद्युतीय एसयूभी आईएक्स थ्री सार्वजनिक, मूल्य २ करोड २९ लाख ९६ हजार 

images
images
images
बीएमडब्लूको विद्युतीय एसयूभी आईएक्स थ्री सार्वजनिक, मूल्य २ करोड २९ लाख ९६ हजार 

लक्ष्मी समूह अन्तर्गको लक्ष्मी प्रिमियम मोटर्स प्रालिले २०७७ जेठमा पहिलोपटक नेपाली बजारमा आधिकारिक बिक्रेताका रुपमा बीएमडब्लूका कार भित्र्याएको थियो।

images
images

काठमाडौं- बीएमडब्लूको विद्युतीय एसयूभी आईएक्स थ्री नेपाली बजारमा सार्वजनिक भएको छ। जर्मन विलासी कार निर्माता कम्पनी बीएडब्लूको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले आईएक्स थ्रीको मूल्य २ करोड २९ लाख ९६ हजार रुपैयाँ तोकेको छ। 

images
images
images

लक्ष्मी प्रिमियमले बीएमडब्लूको एक्स सिरिजमा आधारित रहेको उत्पादन गरिएको विद्युतीय कार आईएक्स थ्री ल्याएको हो। कम्पनी सोमबार भर्चुअल माध्यमबाट आईएक्स थ्री सार्वजनिक गरेको हो। 

images

२ सय १० किलोवाट मोटर पावरयुक्त आईएक्स थ्री उच्च प्रविधियुक्त र विलासी कार हो। बीएमडब्लू आईएक्स थ्री एक पटकको फुल चार्जमा डब्लूएलटीपी प्रमाणित ४ सय ६० किलोमिटरभन्दा बढी रेन्ज दिने छ। २ सय १० किलोवाट मोटरपावर भएको आईएक्स थ्रीले ४ सय एनएम टर्क दिन्छ भने यो कारले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ६.८ सेकेन्डमा तय गर्न सक्छ। 

images

बीएमडब्लू आईएक्स थ्री ईभीको ग्राउन्ड क्लियरेन्स १ सय ७९ एमएम रहेको छ। यो विद्युतीय कारमा ८० किलोवाट आावरको ब्याट्री प्याक उपलब्ध छ। आईएक्स थ्रीको टप स्पीड १ सय ८० किलोमिरट प्रतिघण्टा रहेको छ।

images
images

उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डीसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्छ। यात्रालाई अस्मिरणीय बनाउन म्यूजिकको लागि १६ वटा स्पिकर प्रयोग गरिएको छ। हर्मोन कार्डनको साउन्ड सिस्टम भएको कारण यसमा संगितको उत्कृष्ट अनुभव लिन सकिन्छ। 

पानारोमीक ग्लास रुफको प्रयोग गरिएको कारण दिन र रातको समयमा खुल्ला आकासको दृश्यावलोकन गर्न सकिने छ। त्यसले कारलाई थप लक्जरी बनाएको छ। यसको ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ। वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर र्याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील, एम्बीयन्ट लाइटको कारण क्याविनले निकै प्रिमियम फिल गराउने छ।

भित्र जति सुन्दर क्याविन छ, बाहिर पनि आईएक्स थ्री त्यति नै सुन्दर छ। स्टाइलिस डिजाइनमा तयार भएको एसएभीमा २० इन्चको एरोडायनामिक ह्वील पाउन सकिन्छ। 

बीएमडब्लू अटोमोटिभ क्षेत्रमा पृथक र नवीन उत्पादनको लागि परिचित र अग्रणी कम्पनी हो। आफ्ना प्रत्येक उत्पादनमा दिगो इको सिस्टम निर्माण, असाधारण ड्राइभिङ अनुभव प्रदान र वातावरणीय फुटप्रिन्टमा आफुलाई अब्बल बनाउँदै आएको छ। त्यसकै परिणाम स्वरुप कम्पनीले ब्याट्री प्रविधि मार्फत दिगो वातावरण संरक्षणमा भूमिका खेलिरहेको छ। 

नवीकरणीय स्रोतहरूको चयन, ऊर्जा क्षेत्रमा कुशल प्रणालीको विकास र वातावरण सुधार तथा सुन्दर भविष्य निर्माण गर्ने आफ्नो प्रतिवद्धतालाई आईएक्स थ्री ले पूर्ण गरेको छ। 

काठमाडौंको तीनकुनेमा सुविधा सम्पन्न शोरुम संचालन गरिरहेको लक्ष्मी प्रिमियम मोटर्सले २०२० देखि बीएमडब्लूका विभिन्न उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ। 

पेट्रोलियमबाट चल्ने एक्स ३ मा बलियो उपस्थिति बनाएको बीएमडब्लूले आईएक्स थ्री को सहयोगले प्रिमियम विद्युतीय सेगमेन्टमा पनि आफुलाई बलियो बनाउने अपेक्षा कम्पनीले गरेको छ। 

लक्ष्मी समूह अन्तर्गको लक्ष्मी प्रिमिय मोटर्स प्रालिले २०७७ जेठमा पहिलोपटक नेपाली बजारमा आधिकारिक बिक्रेताका रुपमा बीएमडब्लूका कार भित्र्याएको थियो। 

सरकारले आगामी आर्थिक वर्षको बजेटबाट कम मोटर क्षमता भएका विद्युतीय कारमा कर बढाएर बढी मोटर क्षमता भएका विद्युतीय कारमा लाग्ने कर घटाएको हो। आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटबाट विलासी सेगमेन्टका विद्युतीय कारको कर घटाएको थियो। कर घटेसँगै महँगा विद्युतीय कार आउने थालेका हुन्।

images

प्रकाशित : सोमबार, साउन १ २०८००८:५३

प्रतिक्रिया दिनुहोस