शनिबार, मंसिर ८ गते २०८१    
images
images

भरतपुर विमानस्थल विस्तारमा किन भइरहेको छ ढिलाइ?

नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि जग्गा प्राप्तिमा नै समस्या

images
मंगलबार, साउन २ २०८०
images
images
भरतपुर विमानस्थल विस्तारमा किन भइरहेको छ ढिलाइ?
images
images

काठमाडौं- चितवनको भरतपुर आन्तरिक विमानस्थल विस्तारको योजनामा एकपछि अर्को अड्चनका कारण ढिलाइ भएको छ। १३ सय मिटर लम्बाइ भएको भरतपुर विमानस्थल विस्तार गरेर १६ सय ५० मिटरको रन-वे बनाउने योजनासहित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरणको लागि जग्गा प्राप्तिमा ढिलासुस्ती भइरहँदा विमानस्थल विस्तारको योजना अलपत्र परेको छ।

images
images
images

विमानस्थल विस्तारको विषय उठान भएको पनि १० वर्षभन्दा बढी भइसकेको छ। पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पालामा यो विमानस्थल विस्तारको विषयमा अध्ययन गर्न समितिसमेत बनेको थियो। समितिले विमानस्थल विस्तार अपरिहार्य रहेको ठहरसहितको प्रतिवेदन बुझाएको थियो।

images

विमानस्थल विस्तारका लागि सबैभन्दा पहिले विमानस्थलको रन-वे नजिकै रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण हुनपर्ने सुझाव दिएको थियो। साथै अध्ययन कार्यदलले विमानस्थल आसपासमा रहेका अवरोधहरूसमेत हटाउन सुझाव दिएको थियो।

images

सोहीअनुसार नेपाल ट्रष्टको नाममा रहेको दियालो बंगलाको केही भाग जग्गा सेनालाई दिने विषय उठेको थियो। नेपाली सेनाले पनि नेपाल ट्रष्टको जग्गामा घोडा प्रजनन केन्द्र सार्न तयार भएको थियो। सोहीअनुसार घोटा प्रजनन केन्द्र नेपाल ट्रष्टको जग्गामा सार्ने विषयमा सहमति भएको थियो। 

नेपाल ट्रष्टले जग्गा दिने विषयमा प्रारम्भिक सहमति समेत दिएको थियो। तर नेपाल ट्रष्ट ऐनमा ट्रष्टको जग्गा सरकारी वा निजी कुनै पनि कम्पनीलाई बिक्री गर्न नपाइने व्यवस्था छ। जग्गा लिजमा दिन पाइने भएपनि सेनाले जग्गा भाडामा घोडा प्रजनन केन्द्र सञ्चालन नगर्ने आशय दिएको थियो। नेपाल ट्रष्टको जग्गा प्राप्तिमा असहजता भएका कारण विमानस्थल विस्तारको योजना रोकिएको प्राधिकरणका इञ्जिनियर नलविक्रम थापाले बताए।

उनका अनुसार घोडा प्रजनन केन्द्र चितवनको गणेशथान जंगल र नेपाल ट्रष्टको जग्गामा सार्ने विषयमा नै अहिले प्रक्रिया रोकिएको र टर्मिनल भवन विस्तारको काम भने सुरु भएको छ। वनको जग्गामा समस्या नभएपनि नेपाल ट्रष्टको जग्गा आयआर्जन बाहेकका लागि बिक्री तथा भाडामा दिन नमिल्ने कानूनका कारण समस्या भएको प्राधिकरणको भनाइ छ। 

नेपाली सेनालाई त्यहाँबाट नहटाउँदासम्म विमानस्थल विस्तारको काम सुरु गर्न नसकिने उनको भनाइ छ। प्राधिकरणले विस्तार नै गर्न परेपछि विमानस्थल आसपासमा रहेका व्यक्तिको घर सुरक्षा गर्दै विस्तार गर्ने योजनालाई प्राथमिकतामा राखेको छ। 

नेपाली सेनाको जग्गा लिएपछि विस्तारको कामका लागि आधा अर्ब खर्च हुने र साढे १ वर्षमा काम सकिने थापा बताउँछन्। १ अर्ब ७० करोड रुपैयाँको लागतमा भरतपुर विमानस्थलमा आधुनिक टर्मिनल भवन निर्माणको काम भने सुरु भइसकेको छ।


प्रकाशित : मंगलबार, साउन २ २०८००२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend