आइतबार, मंसिर ९ गते २०८१    
images
images

उतारचढावमै रहेको सेयर बजारमा लगानीकर्ताले कमाए २ खर्ब १३ अर्ब, आगामी वर्ष सकारात्मक बन्ने अनुमान

images
सोमबार, साउन १ २०८०
images
images
उतारचढावमै रहेको सेयर बजारमा लगानीकर्ताले कमाए २ खर्ब १३ अर्ब, आगामी वर्ष सकारात्मक बन्ने अनुमान
images
images

काठमाडौं- आर्थिक वर्ष २०७९/८० सेयर लगानीकर्तालाई उत्साहजनक वर्ष रहेन। सेयर बजारमा अधिकांश लगानीकर्ताले कमाउनेभन्दा गुमाउने बढी भयो। चालु आर्थिक वर्षको अन्तिम दिन आइतबार ‍‍१२.१६ अंकले बढेर सेयर बजार २०९७.०९ बिन्दुमा पुगेको छ। 

images
images
images

आइतबार ९३ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ३७ करोड ६४ लाख २७ हजार रूपैयाँको कारोबार भएको छ।  चालु आर्थिक वर्ष २०८० असार ३१ गतेको अन्तिम दिन २०९७.०९ मा पुगेर बजार बन्द भएको छ भने बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५१ करोड ९५ लाख ५७ हजार ९ सय ९७ रुपैयाँ पुगेको छ। 

images

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को अन्तिम दिन असार ३१ गते शुक्रबार बजार २००९.४६ मा पुगेर रोकिएको थियो। बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब रुपैयाँ रहेको थियो। यो वर्ष पुँजीकरण २ खर्ब १३ अर्बले बढेको छ। विगतमा ४५ खर्बसम्म पुगेको पुँजीकरण घटेर २८ खर्बमा आएको थियो। यो वर्ष २ खर्ब मात्रै बढेको छ।

images

चालु आवको पहिलो दिन २ अंकले बढेर बजार सुरु भएको थियो। २०७९ साउन १ गते बजार २०११.४० बिन्दुमा पुगेको थियो। चालु आवको अन्तिम दिन असार ३१ गते २०९७.०९ बिन्दुमा पुगेर बजार बन्द भएको छ। चालु आवमा गएको असोज ९ गते सबैभन्दा कम १८१५.१४ बिन्दुमा झरेको थियो। सबैभन्दा बढी गएको पुस २५ गते सबैभन्दा बढी २२११.७७ बिन्दुमा बजार पुगेको थियो।

आगामी आर्थिक वर्षमा के होला? 

नेपाल राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्दै छ। बैंकहरूमा निक्षेप थुप्रिएकोले ऋण लगानी केही सहज बन्न सक्ने आँकलन गरिएको छ। बैंकहरूले कर्जाको ब्याजदर पनि घटाउँदै लगेका छन्। वित्तीय क्षेत्रमा ५ खर्ब ऋण लगानी गर्ने प्रर्याप्त पैसा देखिएको छ। राष्ट्र बैंकले कडाइ नै गर्दा पनि केही पैसा सेयर धितोको ऋणमा जाने अनुमान गरिएको छ। जसका कारण २०८०/८१ सेयर बजारका लागि राम्रो हुने अनुमान गरिएको छ। 

नेपाल बैंकर्स संघको कार्टेलिङ तोडिएपछि सबै बैंकहरूले आफ्नै भिन्न ब्याजदर सार्वजनिक गरेका छन्। आइतबार सार्वजनिक गरेका धेरैजसो वाणिज्य बैंकहरूले घटाएर मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् भने केहीले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन्। कतिपयले असारको भन्दा बढी दिनेगरी सार्वजनिक गरेका छन्। 

निक्षेप थुप्रिए पनि बैंकहरूले साउनमा निक्षेप तान्ने उद्देश्यले ब्याजदरमा ठूलो हेरफेर नगरी सार्वजनिक गरेका छन्। अब मौद्रिक नीतिमार्फत पनि साथ पाए सेयर बजारले नयाँ उचाइको बिन्दुतर्फ प्रवेश गर्ने बाटो पाउने छ। 

अर्थतन्त्रका सबै पाटा केलाउँदै सरकारले सार्वजनिक गर्ने वित्तीय नीतिलाई पनि आधार बनाएर मौद्रिक नीतिले अर्थतन्त्रको सन्तुलन कायमै राख्नका लागि नीति तर्जुमा गर्ने काम गर्छ। जसमा मौद्रिक नीतिका व्यवस्थाले सेयर बजार प्रत्यक्ष प्रभावित हुने गर्छ। यसैले पनि यसपटक मौद्रिक नीतिले साथ दिन्छ कि दिँदैन भन्ने पर्खाइमा लगानीकर्ता रहेको विश्लेषकहरू बताउँछन्। 

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। लगानीकर्ताले नीतिगत साथ पाए बजारले पुन: उचाइको बिन्दु लिनसक्ने विश्लेषकहरू बताउँछन्।


प्रकाशित : सोमबार, साउन १ २०८०००:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend