काठमाडौं- प्राइम लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५.८७ प्रतिशत लाभांश घोषणा गरेको छ। इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.८७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
मंगलबार बसेको सञ्चालक समितिको बैंठकले आगामी मंसिर १९ गते साधारणसभाको मिती समेत तय गरेको छ। साधारणसभाका लागि कम्पनीले मंसिर १० देखि बुक क्लोजको मिती समेत तय गरेको छ।