मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

१४ खर्ब २८ अर्ब भयो बजेट खर्च, चेक काटिएकोबाहेक नयाँ भुक्तानी आज नहुने 

आइतबार, असार ३१ २०८०
१४ खर्ब २८ अर्ब भयो बजेट खर्च, चेक काटिएकोबाहेक नयाँ भुक्तानी आज नहुने 

आम्दानीमा भने जम्मा ९ खर्ब ९५ अर्ब ६० करोडमात्र भएको छ। यसमा ९ खर्ब ३५ अर्ब राजस्व, ७ अर्ब ४२ करोड अनुदान र ५२ अर्ब ७० करोड अन्य आम्दानी भएको छ। 

काठमाडौं- चालु आर्थिक वर्षको अन्तिम दिन आज नयाँ भुक्तानी नहुने भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली अनुसार अन्तिम दिन कुनै पनि नयाँ भुक्तानी बन्द हुने व्यवस्था रहेको छ। 

यही व्यवस्था अनुसार सरकारले आज कुनै पनि नयाँ चेक जारी गर्न पाउने छैन। यद्यपि पहिलेको मितिमा चेक काट्ने र काटिएका चेकको भुक्तानी भने रोकिने छैन। 

चालु आर्थिक वर्षको असार ३० गतेसम्म कूल १४ खर्ब २८ अर्ब ८९ करोड रुपैयाँ बजेट खर्च भएको छ। यो हालसम्मकै उच्च बजेट खर्च हो।  विनियोजनको ७९.६६ प्रतिशत बजेट खर्च भएको छ। 

त्यस्तै यो बीचमा सरकारले विनियोजनको ६१ प्रतिशत अर्थात् २ खर्ब ३२ अर्ब ६८ करोड पुँजीगत खर्च भएको छ भने १ खर्ब ८९ अर्ब ४१ करोड वित्तीय व्यवस्थामा खर्च भएको छ। सरकारले सबैभन्दा धेरै १० खर्ब ६ अर्ब चालु खर्च गरेको छ। 

आम्दानीमा भने जम्मा ९ खर्ब ९५ अर्ब ६० करोडमात्र भएको छ। यसमा ९ खर्ब ३५ अर्ब राजस्व, ७ अर्ब ४२ करोड अनुदान र ५२ अर्ब ७० करोड अन्य आम्दानी भएको छ। 

खर्च र आम्दानी बीचको खाडल अर्थात् बजेट घाटा ४ खर्ब ३३ अर्ब पुगेको छ। आम्दानीमा राजस्व बाँडाफाँडको १ खर्ब ५० अर्ब घटाउँदा  बजेट घाटा ५ खर्ब ८३ अर्बभन्दा बढी भएको छ। बजेट घाटालाई पूर्ति गर्ने स्रोत आन्तरिक ऋणको २ खर्ब ५६ अर्ब र १ खर्ब ४० अर्बसम्मभ वैदेशिक ऋण जोड्दा पुग नपुग ४ खर्ब हुन्छ। यस बाहेकको करिब १ खर्ब ८० अर्बको संघीय सरकारको कोष ऋणात्मक भएको छ। 


प्रकाशित : आइतबार, असार ३१ २०८००३:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend