आइतबार, भदौ २३ गते २०८१    
images
images

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य

images
बुधबार, कात्तिक २४ २०७८
images
images
कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य

मंगलबार सम्पन्न बैंकको पन्ध्रौ वार्षिक साधारणसभाले सुदीप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी, देबकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुबेदी  सहित छ जना संचालक निर्बिरोध निर्बाचित गरेको थियो।

images
images

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडको अध्यक्षमा पुन : सुदीप आचार्य  चयन भएका छन्।

images
images
images

मंगलबार सम्पन्न बैंकको पन्ध्रौ वार्षिक साधारणसभाले सुदीप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी, देबकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुबेदी  सहित छ जना संचालक निर्बिरोध निर्बाचित गरेको थियो।

साधारणसभामा बैंकको चुक्तापूँजीको झण्डै ५४.७४ प्रतिशत भन्दा बढी सेयरधनीको प्रतिनिधित्वहुने गरी २५० जना मात्र सेयरधनीको उपस्थिति रहेको थियो भने १०० जना भन्दा बढी सेयरधनीहरु भर्चुअल मार्फत जोडिएका थिए।


साधारण सभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १८.५० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.९७ प्रतिशत समेत गरी कुूल१९.४७ प्रतिशत लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ।

images

उक्त सभामा बैंककाअध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिकप्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७७\०७८कोवासलात, नाफा-नोक्सानहिसाब, नगद प्रवाहविवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७८/०७९ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरणर भावी कार्ययोजना प्रस्तुत गरेका  थिए। 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिलहुने गरीकार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दै बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल वकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताए।

 


प्रकाशित : बुधबार, कात्तिक २४ २०७८०२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend