शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

बम्पर बोनसको पर्खाईमा कृषि विकास बैंकका सेयरधनी

images
बुधबार, कात्तिक २४ २०७८
images
images
बम्पर बोनसको पर्खाईमा कृषि विकास बैंकका सेयरधनी

कृषि विकास बैंकका सेयरधनीहरु अहिले बम्पर बोनस पर्खाईमा छन्। बैंकको उत्कृष्ठ वित्तीय विवरणका कारण लामो समयदेखि बैंकको सेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिदै आएको छ।

images
images

काठमाडौं- कृषि विकास बैंकका सेयरधनीहरु अहिले बम्पर बोनस पर्खाईमा छन्। बैंकको उत्कृष्ट वित्तीय विवरणका कारण लामो समयदेखि बैंकको सेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिँदै आएको छ। प्रायः बुलमा खासै नचम्किने कृषि विकास बैंक तुलनात्मक रुपमा अन्य वाणिज्य बैंकहरु भन्दा राम्रो पोजिसनमा छ।

images
images
images

बजारमा तिव्र उतारचढाव हुँदा पनि बैंकको सेयरमा भने खासै उतारचढाव छैन। पछिल्लो तीन महिनाको औषत मूल्य ५१० रुपैयाँ रहेको कृषि विकास बैंकको सेयर मूल्य मंगलबार ५१५ रुपैयाँ छ।

यस अवधिमा बैंकको सेयर मूल्य सर्वाधिक ६२० रुपैयाँसम्म पुगेको थियो। विगत ६ महिनाको अवधिमा मात्रै बैंकको ४ अर्ब ९९ करोड रुपैयाँको खरिद बिक्री भएको देखिन्छ। तर सग्रमा हेर्ने हो भने सर्वाधिक कारोबार हुने ५०औं नम्बरमा रहेको छ।

images

बैंकले आर्थिक वर्ष २०७६/७७ मा १५ प्रतिशत बोनस सेयर दिएको थियो। तर गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाटबाट लाभांश घोषणा गरेको छैन। बैंकको वितरण योग्य नाफा भने जम्मा १ अर्ब रुपैयाँ मात्रै छ। तर बैंकले जगेडाकोषको प्रयोग गर्ने हो भने बोनस सेयर बढाउन सक्ने अवस्था रहन्छ।

images

हाल बैंकको चुक्ता पूँजी १० अर्ब ९८ करोड रुपैयाँ छ। नेपाल सरकारको ५ अर्ब ४३ करोड रुपैयाँको अग्राधिकार सेयर सहित भने १६ अर्ब ४२ करोड रुपैयाँ छ। बैंकको जगेडा कोषमा ११ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। यदि नाफा र जगेडा कोष प्रयोग भयो भने लाभांश बढ्न सक्ने छ।

बैंकले विगतका वर्षमा घोषणा गरेको लाभांश

krishi 2.png


प्रकाशित : बुधबार, कात्तिक २४ २०७८०१:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend