शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

बैंकहरूलाई गभर्नरले भने- ऐन नियममा छिद्र खोजेर आफूखुसी नगरौँ, हस्तक्षेप गर्नु नपरोस्

images
मंगलबार, कात्तिक २३ २०७८
images
images
बैंकहरूलाई गभर्नरले भने- ऐन नियममा छिद्र खोजेर आफूखुसी नगरौँ, हस्तक्षेप गर्नु नपरोस्
images
images

काठमाडौं-  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन नियममा छिद्र खोजेर आफूखुसी काम नगर्न बैंकहरूलाई सचेत गराएका छन्। 

images
images
images

मंगलबार नेपाल बैंकर संघको अधिवेसनमा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्र खोजेर तथा गलत व्याख्या गरेर उपभोक्ता र सरोकारवालाको अपेक्षालाई नजरअन्दाज गरी आफूखुसी काम नगर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेका हुन्।

उनले बैंकहरूले बजार र उपभोक्तालाई हेरेर काम गर्नुपर्नेमा जोड दिए। उनले बैंकहरूले त्यसरी काम गरे वित्तीय प्रणालीमा जोखिम थपिने भएकाले बैंकहरूलाई सजग गराएका हुन्। बैंकहरूको अस्वस्थ प्रतिस्पर्धाको कारण नै राष्ट्र बैंकले बाध्य भएर हस्तक्षेप गर्नुपरेको उल्लेख गर्दै उनले हस्तक्षेप गर्ने अवस्था आउन नदिने गरी काम गर्नसमेत आग्रह गरे।

images

बैकिङ प्रणाली चुस्त बनाउन बैंकले सहयोग गर्नुपर्ने बताउँदै गभर्नर अधिकारीले बैंकहरू प्रतिस्पर्धाबाटै चल्नुपर्नेमा प्रतिस्पर्धाको नाममा अस्वस्थ प्रतिस्पर्धा भने हुन नहुने बताए। 

images

 


प्रकाशित : मंगलबार, कात्तिक २३ २०७८१३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend