मंगलबार, जेठ ८ गते २०८१    
images
images

वायुसेवा कम्पनीले २५ अर्ब गुमाउँदा उड्डयन प्राधिकरणले पनि गुमायो १२ अर्ब

images
सोमबार, भदौ २१ २०७८
images
images
वायुसेवा कम्पनीले २५ अर्ब गुमाउँदा उड्डयन प्राधिकरणले पनि गुमायो १२ अर्ब

कोभिड १९ को संकट सुरू भएदेखि नागरिक उड्डयनको क्षेत्र अझै चलायमान हुन सकेको छैन। कोभिड सुरू भएसँगै बन्द भएका कतिपय अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन। आन्तरिक उडान भने केही मात्रामा सामान्य जस्तै हुन थालेको छ। 

images
images

काठमाडौं- कोभिड १९ को संकट सुरू भएदेखि नागरिक उड्डयनको क्षेत्र अझै चलायमान हुन सकेको छैन। कोभिड सुरू भएसँगै बन्द भएका कतिपय अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन। आन्तरिक उडान भने केही मात्रामा सामान्य जस्तै हुन थालेको छ। 

images
images
images

२०७६ चैतदेखि अन्तर्राष्ट्रिय उडान तथा आन्तरिक उडानमा कोरोनाले प्रत्यक्ष असर पारको थियो। कोभिड १९ सुरू भएसँगै वायुसेवा कम्पनीहरूको आम्दानीमा ठूलो कमी आएको छ।

images

उडानसँगै कोभिडका कारण नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित विकास निर्माणका काम पनि पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन। कोभिडका कारण पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काममा ठूलो असर गरेको छ।

images
images

वायुसेवाहरूले २०७६ चैतदेखि २०७८ असारसम्ममा करिब २५ अर्ब रूपैयाँ बराबरको आम्दानी गुमाएका छन्।

images
images

जसमा नेपाल वायुसेवा निगमले करिब झण्डै ७ अर्ब, हिमालय एयरलाइन्सले करिब ३ अर्ब तथा आन्तरिक वायुसेवा कम्पनीहरूले करिब १५ अर्ब बराबरको आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिक रिर्पाट २०७७/०७८ मा उल्लेख छ।

अहिले अन्तर्राष्ट्रिय उडानमा सरकारी स्वामित्वको नेपाल एयरलाइन्स र निजी हवाई सेवा प्रदायक कम्पनीहरूले उडान गर्दै आएका छन्। यसैगरी आन्तरिक उडानमा एक दर्जन हेलिकोप्टर कम्पनी बुद्ध, यती, श्री, सौर्य, सिता, तारा, समिट र गुण९सिम्रिक०ले उडान गर्दै आएका छन्।

कोभिड १९ का कारण २०७६ को चैत्र महिनादेखि २०७८ को असार महिनासम्म प्राधिकरणले पनि प्रक्षेपित आयभन्दा करिब १२ अर्ब बराबरको आम्दानी गुमाएको छ। प्राधिकरणको आम्दानीमा परेको प्रभावको कारण प्राधिकरणको श्रोतबाट हुने विकास निर्माणको कार्य प्रभावित भएका महानिर्देशक राजन पोखरेल बताउँछन्।

नेपाल सरकारको सञ्चालित ठूला आयोजनालाई भने बजेट अभाव नभए पनि आन्तरिक विमानस्थलहरूको विकास तथा स्तरोन्नतीको कार्यक्रम प्रभावित भएको पोखरेल स्वीकार गर्छन्।

अन्तर्राष्ट्रिय यात्रु ७३ प्रतिशतले घटे

प्राधिकरणले सार्वजनिक गरेको रिपोर्टअनुसार सन् २०१९ मा अन्तर्राष्ट्रिय उडानतर्फ हवाई यात्रु संख्या ४१ लाख ३८ हजार ५ सय ६३ रहेको थियो। सन् २०२० मा यो संख्या ७३।२७ प्रतिशतले घटेर ११ लाख ५ हजार ९ सय २९ कायम भएको छ।

त्यसैगरी आन्तरिक उडानतर्फ सन् २०१९ मा ३१ लाख ८८ हजार ४२९ हवाई यात्रु आवागमन भएकोमा सन् २०२० मा यो संख्या ५९।४६ प्रतिशतले घटेर १२ लाख ९२ हजार ५ सय २१ मा पुगेको प्राधिकरणले जनाएको छ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको हुँदा यस वर्ष उल्लेखनीय संख्यामा विदेशी यात्रुको आगमन हुने अपेक्षा गरिएको थियो। तर, कोभिड १९ का महामारीको कारण भ्रमण वर्ष स्थगित भयो। त्यसले पनि हवाई तथा पर्यटन क्षेत्र धराशायी जस्तै हुन पुगेको प्राधिकरणको रिर्पाटमा उल्लेख छ।

अझै १९ विमानस्थल बन्द

देशभर ५४ वटा विमानस्थल रहे पनि १९ वटा सञ्चालन हुन नसकेको प्राधिकरणले जनाएको छ। जसमा ३७ वटा विमानस्थलको धावनमार्ग पक्की रहेको छ। यसमध्ये ३५ वटा विमानस्थल संचालनमा रहेका छन्। १९ वटा विमानस्थल सञ्चालनमा छैनन्।

मुलुकमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेकोमा अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वरुप नै परिर्वतन

कोभिडको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकास तथा स्तरोन्नतिमा भने उल्लेखनीय काम भएको प्राधिकरणका महानिर्देशक पोखरेल बताउँछन्।

कोभिडै समयमा विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनलमा नवनिर्मित यात्रु आगमन कक्ष सञ्चालनमा आएको छ भने अन्तर्राष्ट्रिय एप्रोन र ३ सय मिटर रनवे विस्तारको काम पनि सम्पन्न भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्ने योजना अनुरुप अन्तराष्ट्रिय टर्मिनल भवन र आन्तरिक टर्मिनल भवनको पनि मर्मत भएको छ।

प्राधिकरणका अनुसार कोभिडकै समयमा अन्तर्राष्ट्रिय एप्रोनमा वायुयान क्षेत्रको मर्मत तथा विमानस्थलमा नेपाल प्रहरीको आवासको लागि आधुनिक व्यारेक भवनको निर्माण कार्य सम्पन्न भएको छ। यसैगरी, धावनमार्गमा वायुयानलाई सुरक्षित अवतरणका लागि मार्गदर्शन गर्न आधुनिक एप्रोच लाईटिंग सिष्टम जडानको काम पनि सम्पन्न भएको महानिर्देशक पोखरेल बताउँछन्।

आन्तरिक विमानस्थल विस्तारमा केही सुधार

प्राधिकरणले कोभिडकै समयमा आन्तरिक विमानस्थल विस्तारको कामलाई पनि निरन्तरता दिएको छ। प्राधिकरणले जनकपुर विमानस्थलमा आधुनिक टावर, टर्मिनल भवन निर्माण कार्य सम्पन्न गर्दै सञ्चालनमा ल्याएको छ।

यसैगरी चन्द्रगढी, तुम्लिङ्गटार, राजविराज तथा सिमिकोट विमानस्थलको धावनमार्ग, ट्याक्सी वे, एप्रोन ओभरले तथा डे«नेज सुधार कार्य सम्पन्न भएको महानिर्देशक पोखरेल बताउँछन्।

यसैगरी इलाम विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन कालोपत्रे,  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नवनिर्मित टावर टर्मिनल भवन जनकपुर विमानस्थलमा नवनिर्मित टर्मिनल टावर भवनसमेत निर्माण सम्पन्न भएको छ।


प्रकाशित : सोमबार, भदौ २१ २०७८०८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend