सोमबार, वैशाख १७ गते २०८१    
images
images

म्याग्दीमा पहिलोपटक बर्खायाममा बन्दा उत्पादन

images
images
images
म्याग्दीमा पहिलोपटक बर्खायाममा बन्दा उत्पादन

बाख्रापालनबाट फार्म सुरु गरेका दलवीर पुन तीन वर्षयता टमाटर र बेमौसमी तरकारी खेतीमा केन्द्रित भएका छन्।

images
images

बुकेनी- म्याग्दीको मंगला गाउँपालिका-४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेका छन्।

images
images
images

समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो। ३७ वर्षीय पुनले १५ रोपनी बरामीमा ‘ग्रिन क्रोनेट’ जातको बन्दाखेती गरेको बताए।

images

'बेमौसममा खेती गर्न सकिने जातको बन्दा परीक्षणका लागि भित्र्याएको हो', उनले भने, 'बैशाखमा लगाएको बिरुवा हुर्किएर बन्दाको आकार लिएको छ। साउन पहिलो हप्तादेखि बजार पठाउने तयारीमा छु।' पानी खप्न सक्ने र चिसो हावापानीमा गर्न सकिने ग्रिन क्रोनेट जातको बेमौसमी बन्दा खेतीले पुनको फार्म हराभरा भएको छ।

images

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले जिल्लामा पहिलो पटक बर्खायाममा बन्दा उत्पादन भएको बताए। 'बन्दा हिउँदे तरकारी बाली हो, अहिले बर्खामा पनि खेती गर्न सकिने जातको विकास भएको छ', उनले भने, 'बेमौसममा उत्पादन भएको बन्दाले बजार र मूल्य राम्रो पाउँछ।'

images
images

तीन वर्षदेखि टमाटरखेती गर्दै आएका पुनले यस वर्ष बेमौसमी बन्दाखेती गरेका हुन्। उनको फार्ममा हाल पाँच वटा सेमी हाइटेक टनेलमा टमाटर उत्पादन भएको छ। खुला टनेलमा हावाहुरी र असिनाले क्षति गरेपछि कृषि ज्ञान केन्द्रको सहयोगमा सेमी हाइटेक टनेल बनाएको पुनले बताए।

पुन विसं २०५७ देखि २०६८ सम्म तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा जनमुक्ति सेनाका रुपमा सहभागी भएका थिए। नेकपा (माओवादी केन्द्र) को वडा कमिटी अध्यक्ष रहेका पुन दहवन शिविरबाट स्वेच्छिक अवकाश लिएपछि करिब पाँच वर्ष रोल्पामै व्यापार, व्यवसाय गरेका थिए। सात वर्षअघि घर फर्किएर २१ रोपनी जग्गा किनेर कृषि फार्म स्थापना गरेका थिए।

बाख्रापालनबाट फार्म सुरु गरेका पुन तीन वर्षयता टमाटर र बेमौसमी तरकारी खेतीमा केन्द्रित भएका छन्। फार्ममा हालसम्म ५० लाख रूपैयाँ लगानी भएको पुनले बताए। 'कृषिमार्फत नै समृद्धि हासिल गर्न सकिन्छ भन्ने सोचेर विदेश जान छाडेर यही खेती गरेर बसेको हुँ', उनले भने, 'आम्दानीबाट सन्तुष्ट छु। फार्मको पूर्वाधारमा लगानी विस्तार गरेको छु।'

उनले तरकारी खेतीको आम्दानीबाटै दुई जना छोराछोरीलाई बेनीमा निजी विद्यालयमा पढाएका छन्। बिहान झिसमिसेदेखि साँझसम्म फार्ममा काम गर्ने पुनले आवश्यकताअनुसार स्थानीय मजदुरलाई ज्यालामा काम गराउँदै आएका छन्। मसलेदार फल टिम्मुर पनि खेती गरेका पुनको जडीबुटी खेती गर्ने योजना बनाएका छन्।

सिँचाइ सुविधा र चिसो हावापानी भएकाले तरकारी खेती प्रभावकारी भएको छ। सडक पुगे पनि यातायातको असुविधाका कारण ढुवानीमा धेरै खर्च हुने, बजारमा व्यापारीले भनेको मूल्यमा सामान बेच्नुपर्दा समस्या भएको पुनले बताए। बेनी, बागलुङमा खपत नभएको तरकारी पोखरा पठाउने गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत तरकारीको बजारी गरेको पुनले बताए। रासस

images

प्रकाशित : बिहीबार , असार २८ २०८००८:३४

प्रतिक्रिया दिनुहोस