शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

भारतमा वार्षिक ५ लाख विद्युतीय कार उत्पादन गर्नेगरी टेस्लाले राख्यो प्रस्ताव

images
बिहीबार , असार २८ २०८०
images
भारतमा वार्षिक ५ लाख विद्युतीय कार उत्पादन गर्नेगरी टेस्लाले राख्यो प्रस्ताव

विश्वकै सर्वाधिक धनी व्यक्त एलन मस्कको कम्पनी टेस्लाले भारतमा कार उत्पादन प्लान्ट स्थापना गरेर भारतसहित इन्डो-प्यासिफिक क्षेत्रमा कार निर्यात गर्ने योजना बनाएको छ।

images
images

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादन कम्पनी टेस्ला इंक भारत आउने निश्चित भएको छ। गत महिना अमेरिका भ्रमणमा भएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेस्लाका सीईओ एलन मस्कलाई भेटेका थिए। उक्त भेटपछि टेस्लाले भारतमा कार उत्पादनका लागि विभिन्न योजनासहितको प्रस्ताव भारत सरकारसमक्ष राखेको छ।

images
images
images

प्रस्तावसहित टेस्लाले भारतका सरकारी निकायहरुसँग छलफल थालेको छ। टेस्लाले सुरुवाती चरणमा भारतमा वार्षिक ५ लाख विद्युतीय कार उत्पादन गर्ने प्रस्ताव भारतसमक्ष राखेको रोयटर्सले लेखेको छ। बिहीबार उक्त कुरा द दाइम्स अफ इन्टियाले लेखेको हो। भारतमा उत्पादन हुने टेस्लाको सुरुवाती बिक्री मूल्य २० लाख भारु अर्थात २४ हजार ४ सय अमेरिकी डलर हुनेछ। 

images
images

एलन मस्कको कम्पनी टेस्लाले भारतमा कार उत्पादन प्लान्ट स्थापना गरेर भारतसहित इन्डो-प्यासिफिक क्षेत्रमा कार निर्यात गर्ने योजना बनाएको छ। 

images
images

गत वर्षसम्म टेस्लाले भारत सरकारलाई आयातित कारको कर घटाउन आग्रह गर्दै आएको थियो। भारतमा ४० हजार डलरभन्दा बढी मूल्यका तयारी कारको आयातमा १ सय प्रतिशतसम्म कर लाग्ने व्यवस्था छ। हाल टेस्लाले उत्पादन गर्दै आएका सबै कार भारत आइपुग्दा ४० हजार डलरभन्दा बढी नै पर्छन्।

त्यसैले टेस्लाले पहिलो चरणमा तयारी कार ल्याएर बिक्री गर्ने र त्यसपछि कार उत्पादन प्लान्ट स्थापना गर्ने प्रस्ताव भारत सरकारसमक्ष राखेको थियो। तर भारतले तयारी कारमा कर छुट दिन नसकिने र उत्पादन प्लान्टसहित नै आउनु पर्ने अडान कायम राखेको थियो। 

भारतलाई बलियो र दीर्घकालीन बजारका रुपमा देखेको टेस्लाले भारत सरकारको उत्पादन प्लान्टसहित आउनु पर्ने प्रस्तावमै सहमति जनायो। सोहीअनुसार मोदीको अमेरिका भ्रमणमा टेस्ला सीईओ मस्कले उनलाई भेटेका हुन्। उक्त भेटमा के कुरा भयो भन्ने बाहिर नआएपनि कुरा सकारात्मक थियो भन्न सकिन्छ। जुन कुराको पुष्टि टेस्लाले भारत सरकारलाई पछिल्लो पटक टेस्लाले गरेको वार्षिक ५ लाख कार उत्पादनको योजनासहित भारत आउन तयार भएको प्रस्तावले गर्छ। 

टेस्लाले भारतमा कार उत्पादन गरेर सुरुवाती चरणमा निर्यातमात्र गर्न चाहेको छ। भारतमा स्थानीय रुपमा उत्पादन गरेको कार त्यहाँबाट अन्यत्रको माग धान्नका लागि निर्यात गर्ने योजना टेस्लाको छ। 

टेस्लाले भारत सरकारलाई वार्षिक ५ लाख कार उत्पादन गर्ने प्लान्ट लिएर आउन तयार रहेको प्रस्तावमा सरकारले विद्युतीय कार र ब्याट्री उत्पादकलाई दिँदै आएको सहुलियत टेस्लालाई दिन सकिने हो वा होइनसमेत सोधेको छ। गत महिना मस्कलाई भेटेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महत्वपूर्ण लगानीका लागि आग्रह गरेका थिए। 


प्रकाशित : बिहीबार , असार २८ २०८००७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend