सोमबार, वैशाख १७ गते २०८१    
images
images

पशुपालनमा कृषकको आकर्षण बढेसँगै मासु, अण्डा र दूधमा आत्मनिर्भर बन्दै तनहुँ

images
images
images
पशुपालनमा कृषकको आकर्षण बढेसँगै मासु, अण्डा र दूधमा आत्मनिर्भर बन्दै तनहुँ

पशुपालनबाट मनग्य आम्दानी हुने भएपछि विदेशबाट फर्किएका युवाहरु यसतर्फ आकर्षित भएका छन्। विदेशबाट फर्किएका स्थानीय पाँच युवाले एग्रो प्रालि दर्ता गरी व्यावसायिकरुपमा पशुपालन गरिरहेका छन्।

images
images

दमौली- पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ।

images
images
images

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन्। जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए। आत्मनिर्भर बनेसँगै यहाँ उत्पादन भएका दूध, मासु र अण्डा जिल्ला बाहिर पनि निर्यात हुन थालेको उनको भनाइ थियो। उनका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा एक सय १८ दशमलव ५४ लिटर उपलब्धता छ। 

images

त्यस्तै प्रतिव्यक्ति प्रतिवर्ष ९४ केजी मासु आवश्यक पर्नेमा ९४.४१ केजी मासु उपलब्धता छ भने ४८ वटा अण्डा आवश्यक पर्नेमा ८२.५९ वटा अण्डा उपलब्धता रहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए। यस हिसाबले प्रतिव्यक्तिका लागि दूधमा २७.५४ लिटर, मासुमा ०.४९ केजी र अण्डामा ३४.५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ।

images

आर्थिक वर्ष २०७८/७९ मा दूध ३८ हजार आठ सय ३८ र मासु चार हजार सात सय ४३ मेट्रिकटन उत्पादन भएको छ। अण्डा दुई करोड ७० लाख ६० हजार वटा उत्पादन भएको छ। कार्यालयका अनुसार दूधको २९ हजार सात सय ८२ र मासुको चार हजार पाँच सय ८१ मेट्रिक टन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ।

images
images

दूध नौ हजार ५६ र मासु एक सय ६२ मेट्रिक टन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए। आर्थिक वर्ष २०७७/७८ मा दूध ३७ हजार नौ सय २८, मासु चार हजार पाँच सय ७६ मेट्रिकटन उत्पादन भएको थियो भने अण्डा दुई करोड ५९ लाख ९५ हजार गोटा उत्पादन भएको कार्यालयले जनाएको छ।

जिल्लामा पशुपक्षीको संख्यामा पनि वृद्धि भएको छ। आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार गाईको संख्या ५२ हजार आठ सय तीन, भैँसीको संख्या ५७ हजार पाँच सय ४४, भेडाको संख्या सात सय २६, बाख्राको संख्या ३९ हजार चार सय ३४, कुखुराको संख्या एक लाख ९५, हाँसको संख्या १२ हजार छ सय ९४, बंगुरको संख्या ४८ हजार तीन सय ११ थियो। 

केन्द्र प्रमुख डा श्रेष्ठका अनुसार जिल्लामा व्यावसायिक पशुपक्षी फार्म दर्ता पनि बढेको छ। जिल्लामा दुई सय १९ गाई, ८६ भैँसी, तीन सय ४१ बाख्रा, एक सय १३ बंगुर, दुई सय ५५ कुखुरा, ५४ माछा र ३५ घाँस, पशुपक्षी फार्म सञ्चालनमा छन्।

दूध उत्पादन बढेपछि जिल्लाका विभिन्न ठाउँमा दूध सहकारी संकलन केन्द्रसमेत खोलिएका छन्। सहकारीमार्फत कृषकलाई दूध बजारीकरणमा सहयोग पुगेको शुक्लागण्डकी नगरपालिका-४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले जनाएको छ। उक्त सहकारीले दैनिक एक हजार लिटर दूध बिक्री वितरण गर्दै आएको सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए। उनका अनुसार सहकारीले कृषकलाई भैँसीको दूध एक सय र गाईको दूध ९० रूपैयाँ प्रतिलिटर उपलब्ध गराउँदै आएको छ।

'दूध बिक्री वितरणका लागि सहकारीले गाडी पठाएर गाउँबाट दूध संकलन गर्दै आएको छ। दूध संकलनका लागि छ ठाउँमा संकलन केन्द्र स्थापना गरेका छौँ', सिक्देलले भने, 'दूध बिक्रीका लागि बजारको समस्या छैन। स्थानीय बजारमै दूध खपत हुन्छ।' दुई हजार पाँच सय सेयर सदस्य आबद्ध सहकारीबाट एक सय कृषकले दूध बिक्रीवितरण गर्दै आएका छन।

दूध बिक्री गरेर कृषकले मासिक एक लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्। म्याग्दे गाउँपालिकाबाट यस वर्षमात्रै एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ। म्याग्दे दुग्ध उत्पादक सहकारीले एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ सहित अन्य दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दुग्ध बिक्री गरेका छन्।

पशुपालनबाट मनग्य आम्दानी हुने भएपछि विदेशबाट फर्किएका युवा यसमा आकर्षित भएका हुन्। विदेशबाट फर्किएका स्थानीय पाँच युवाले एग्रो प्रालि दर्ता गरी व्यावसायिकरुपमा पशुपालन गरिरहेका छन्। उक्त एग्रोमा हाल एक सय ५० गाईभैँसी रहेका प्रालिका व्यवस्थापक विशाल पौडेलले जानकारी दिए। उनका अनुसार फार्ममा ३० वटा गाई छन्।

'फार्ममा ५० भैँसी र ३० गाई दुधालु छन्', पौडलले भने, 'फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ।' दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्यसहित ६० गाई थप्ने योजना रहेको उनले बताए। रासस

images

प्रकाशित : बिहीबार , असार २८ २०८००७:१०

प्रतिक्रिया दिनुहोस